"भित्री मधेश" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति १५:
 
== [[चितवन जिल्ला|चितवन उपत्यका]] (नरायणी पूर्वी राप्ती उपत्यका) ==
नेपालको मध्यभागमा पर्ने चितवन उपत्यकालाई नारायणी पुर्बीपूर्वी राप्ती उपत्यका पनि भनीन्छ। पूर्वमा [[मकवानपुर जिल्ला]]को हेटौडा देखि पश्चिममा दाउन्ने पहाड तथा दक्षिणमा माडी उपत्यका छुटयाउने चुरे श्रृङखला सम्म फैलीएको यो उपत्यका नेपालको केन्द्र भागमा पर्दछ। दुई मुख्य नदी हरू नरायणी उत्तरबाट पश्चिम तर्फ बगेको छ भने राप्ती पूर्वबाट मध्यभाग हुदै पश्चिम पुगेर नारायणीमा मिल्न पुगेको छ। यी दुई प्रमुख नदी बाहेक उपत्यकाको पूर्वमा लोथर र मनहरी खोलाहरू प्रवाहीत भइ राप्ती नदीमा मिसीएका छन। त्यसै गरी मध्य भागमा बुढी राप्ती खगेरी आदी खोलाहरू प्रवाहीत हुदै राप्ती नदीमा मिसिएका छन। त्यसै गरी पश्चिम क्षेत्रमा केरूङगा खोला राप्तीमा मिसीएको छ भने भरतपुर नगर क्षेत्रको जंगलबाट निस्केर नारायणगढ बजार हुदै पुंगी खोला नारायणी नदीमा मिसीएको छ। जुगेडी खोला, लब्धीखोला लगायतका अरू खोला पनि नारायणी नदीमा मिसिएका छन। त्यसैगरी नारायणी नदी पारी पट्टीको क्षेत्रमा बढी नदी खोला चितवन उपत्यकामा रहेका छन। राम्रै जल प्रवाह भएका विनयी खोला,अरूण खोला,गीरवारी खोला साथै साना खोला जयश्री,झरे,बहुलाह, ज्यामीरे लगायत पनि पश्चिमबाट पूर्व बगी नारायणी नदीमा मिल्दछन। चितवन उपत्यकामा नन्द भाउजु, [[विस हजारी ताल]] लगायतका सानठूला थुप्रै ताल तथा पोखरी समेत रहेका छन। यहांको बिसहजारी ताल बिश्व प्रसिध्द सिमसार क्षेत्र समेत हो। ठूलो भूभाग जंगलै जंगलले ढाकीएकको चितवन उपत्यका जैवीक विविधतामा धनी मानीन्छ। चितवन राष्ट्रिय निकुन्जको मुख्य संरक्षीत क्षेत्र समेत यसै उपत्यकामा रहेकाले चितवन काठमाडौँ र पोखरा पछि नेपाल कै तेस्रो ठूलो पर्यटक गन्तव्य हो।
 
बर्तमान नेपालमा चितवन उपत्यकाको भूभाग दुई अन्चल नारायणी र लुम्विनी तथा तिन जिल्ला चितवन,नवलपरासी तथा मकवानपुरमा प्रसासनीक बिभाजनमा परेको छ। पूर्वको हेटुडाबाट शुरू भइ पश्चिम दाउन्ने पहाडको फेदी दुम्कीवास सम्म तथा उत्तरमा माहाभारत र दक्षीण चुरे सम्म कती चाक्लो र कतै सांगुरो हुदै यो उपत्यका फैलीएको छ। नारायणी नदी पश्चिमको भूभाग लुम्विनी अञ्चल तथा नवलपरासी जिल्ला तथा नारायणी नदीको पूर्वपट्टी चितवन जिल्ला तथा सुदुर पूर्वी क्षेत्रमा मकवानपुर जिल्लाका रूपमा रहेको छ। अत्यन्त उव्जाउ जमीन तथा पर्याप्त जलक्षेत्र रहेको चितवन उपत्यकाको मुख्य केन्द्रीय चितवन जिल्लाको भूभाग जंगल कटान गरी २०१४ सालदेखि मानव बसोवास का लागि खुल्ला गरीएको हो। चितवन उपत्यकामा मुख्य दुई नहर प्रणाली खगेरी र नारायणी लिफ्ट सिंचाइ योजना वाहेक अन्य साना ठूला नहर तथा कुला प्रणालीहरू खेतहरू सिंचित गर्न उपयो गरीएका छन। कृषि उद्यममा उपत्यका अग्रणी मानिन्छ।
 
नेपालको पूर्व पश्चिम जोडने महेन्द्र राजमार्गको लामो खण्ड (झण्डै १४० कि.मी) यस उपत्यकाको हेटौडा देखि दुम्कीवाससम्म पर्दछ। हाल चल्तीमा कम रहेपनी नेपाल कै पुरानो उत्तर दक्षीण राजमार्ग त्रिभुवन राजपथ यसै उपत्यकाको पूर्वी क्षेत्र हेटौडा हुदै काठमाडौँ गएको छ भने उपत्यकालाई काठमाडौँ र पोखरा उपत्यका तथा देशको पहाडी क्षेत्र जोडने अत्यन्त चल्तीको नारयणगढ मुग्लिङ सडक रहेको छ। साथमा [[भरतपुर (नारायणी)|भरतपुर]] रामपुर भरतपुर माडी सडकको भरतपुर पटीहानी खण्ड, हेटौडा हर्नामाडी टांडी (रत्ननगर) सोराहा लगायतका साहायक मार्ग पक्की रहेका छन त्यसै गरी [[भरतपुर (नारायणी)|भरतपुर]] [[हेटौंडाहेटौँडा उपमहानगरपालिका|हेटौडा]] तथा रत्ननगर नगरपालीका भित्रका शहरी सडक सञ्जालको ठूलो हिस्सा पक्की रहेको छ। त्यसवाहेक कावसोती पहाडी क्षेत्र सडक, भरतपुर शक्तिखोर [[उपरदांग गढी]] सहायक सडक मार्ग, टाडी विरेन्द्रनगर शक्तिखोर सडक ,भरतपुर मेघोली सडकको केही खण्ड हेटौडा फापरवारी सडक कान्ती राजपथ लगायत ठूला कच्ची सडक मार्गले उपत्यका अन्य क्षेत्रसँग जोडीएको छ।
 
सञ्चारका सबै (फोन,फ्याक्स,इमेल,इन्टरनेट) सुविद्या यस उपत्यकाको सहरी क्षेत्रमा उपलब्ध छ। चितवन उपत्यकामा ठूला सना थुप्रै वाणीज्य केन्द्र रहेका छन। उद्योग वाणिज्यको राम्रै विकास भएको यस उपत्यकामा तिन नगरपालीका [[भरतपुर (नारायणी)|भरतपुर]],[[हेटौंडाहेटौँडा उपमहानगरपालिका|हेटौडा]] र [[रत्ननगर नगरपालिका|रत्ननगर]] रहेका छन। भरतपुर हेटौडा लगायतका ठूला वाणिज्य तथा उद्योग क्षेत्र मध्यम खालका रत्न नगर, पर्सा (खैरहनी) मनहरी रामपुर , गितानगर पार्वतीपुर , गैडाकोट रजहर,कावासोती , चोरमारा , अरूण खोला , तथा दुम्कीवास लगायतका केन्द्रले उपत्यका तथा त्यस वरपरका अन्चल जिल्लाका जनतालाई वाणिज्य सेवा दई रहेका छन। उपत्यकाको झन्डै केन्द्रमा रहेको भरतपुर नगरपालीका उपत्यकाको सबै भन्दा ठूलो सहर हो। १२५१११ जनसङ्ख्या रहेको यो सहर नेपालकै [[काठमाडौँ]],[[पोखरा महानगरपालिका|पोखरा]],[[ललितपुर जिल्ला|ललीतपुर]],[[बिराटनगर महानगरपालिका|विराटनगर]],विरगंज तथा [[धरान उपमहानगरपालिका|धरान]] पछिको सतौ ठूलो सहर हो।
 
त्यसैगरी चितवन उपत्यकाको पूर्वी छेउमा अवस्थीत [[हेटौंडाहेटौँडा उपमहानगरपालिका|हेटौडा]] चितवन उपत्यकाको दोस्रो तथा ८४,८०० जनसङ्ख्याका साथमा काठमाडौँ,[[पोखरा महानगरपालिका|पोखरा]],[[ललितपुर जिल्ला|ललीतपुर]],[[बिराटनगर महानगरपालिका|विराटनगर]],विरगंज [[धरान उपमहानगरपालिका|धरान]] [[भरतपुर (नारायणी)|भरतपुर]] [[महेन्द्रनग]] र [[बुटवल उपमहानगरपालिका|बुटवल]] पछि नेपाल कै दस नं. सहरको रूपमा रहेको छ। उद्योग कलकारखानाले भरीपूर्ण हेटौडा देश कै प्रमुख औद्योगिकइन्डस्ट्रीयल सिटी हो। उपत्यकाको तेस्रो केन्द्र [[रत्ननगर नगरपालिका|रत्ननगर]] पयर्टकहरूको [[चितवन राष्ट्रिय निकुञ्ज|चितवन राष्ट्रिय निकुन्ज]] पस्ने प्रवेशद्वार हो।
चितवन उपत्यका सम्बन्धी अझ बढी जानकारी निम्न वेभसाइट मार्फत पाउन सकीने छ।
 
पङ्क्ति ३१:
सिन्धुली उपत्यकालाई मरीनखोला खोला उपत्यका पनि भनिन्छ। वाग्मती नदी काटेपछिको पाहडी क्षेत्रको पूर्वपट्टी मरीनखोला उपत्यका शुरू हुन्छ मरीन खोलाले बनाएको यो सांगुरो उपत्यका पूर्वमा कमला त्रियुगा उपत्यका का डांडा सम्म पुगेको छ। अझै सम्म कमै मात्र विकासका संरचना देख्न पाएको यो उपत्यका [[मकवानपुर जिल्ला]] पश्चिम तथा [[सिन्धुली जिल्ला]] पूर्वमा विभाजीत छ।
== [[उदयपुर (स्पष्टता)|उदयपुर]] (कमला उपत्यका) ==
कमला नदी सिंचीत यो उपत्यकाको मुख्य नदी पनि कमला नै हो। तर त्रियुगा लगायतका अन्य नदीहरू पनि यहाँ प्रवाहीत छन। उत्तरमा माहाभारत तथा दक्षीणामा चुरे पाहाडको सबैभन्दा होचो खण्डले घेरीएको यो उपत्यका सगरमाथा र जनकपुर अन्चल तथा सिन्धुली र उदयपुर दुई जिल्लाको प्रशासनीक संरचनामा रहेको छ। सिन्धुली (कमलामाई) तथा गाइघाट (त्रियुगा) जस्ता नगरपालीका भएको यस उपत्यकामा कटारी घुर्मी , भिमान लगायतका बजार समेत छन। महेन्द्रराजमार्गको लाहानबाट गाइघाट हुदै माथी जाने निमार्णधीन सगरमाथा राजमार्गले तथा पश्चिम खन्डमा काठमाडौँ जोडन बनाइदै गरेको वि. पि. कोइराला राजमार्ग (वर्दीवास धुलीखेलराजमार्ग)ले उपत्यकाको यातायत सुचारू छ। तर दुई महत्वपूर्णमहत्त्वपूर्ण नगरपालिका सिन्धुली माढी (कमलामाई) र गाइघाट (त्रियुगा ) जोडने पुरानो सडकमार्ग अझैपनी कच्ची नै रहेको छ। ६९,३४० जनसङ्ख्या रहेको त्रियुगा नगरपालिका (गाइघाट) यो उपत्यकाको सबैभन्दा ठूलो नगरहरू हो भने ३६,४४० जनसङ्ख्या भएको सिन्धुलीमाढी (कमलामाई) दोस्रो ठूलो नगरपालिका हो। फलफुल तथा खेतीपातीको उत्पादनका लागि प्रसीद्व यो उपत्यका द्रुत गतीमा विकास भइरहेको छ।
 
==बाह्य लिङ्कहरू==
"https://ne.wikipedia.org/wiki/भित्री_मधेश" बाट अनुप्रेषित