"बिदुर नगरपालिका" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा →जनसङ्ख्या |
सा रोबोट : हिज्जे मिलाउँदै |
||
पङ्क्ति २७:
नुवाकोट विजयपछि यसलाई दास्रो राजधानीका रूपमा लिई कान्तिपुर उपत्यकाको हालखबर बुझन सजिलो भएको थियो। जसको परिणामस्वरूप वि.सं.१८२५ मार् इन्द्रजात्राको दिन कान्तिपुर शहर गोरखाली सेनाको हातमा पर्यो। यस प्रकार क्रमिक रूपमा एकीकरण अभियान अघि बढ्यो। साथै वि.सं.१८३१मा बडा महाराजको र्स्वर्गवास हुन गएकोले उनको उत्तराधिकारी शासकका अतिरिक्त बलभद्र, भीमसेन थापा, अमरसिंह जस्ता वीर योद्घाहरूले यस अभियानलाई अझै व्यापक बनाए। यद्यपि भारतमा साम्राज्य फैलाईरहेका अङ्ग्रेज शासकहरू यसबाट सशङ्कित बने जसबाट वि.सं.१८३७मा सम्पन्न [[सुगौली सन्धि]]का कारण नेपालले पर्वमा मेची र पश्चिममा राप्ती र कर्णाली पारिका भू-भागहरू गुमाउनु पर्यो।
यी विभिन्न कारणहरूले नेपालको सिमाना विस्तार हुने क्रम सुगौली सन्धिपछि अवरुद्ध हुन गयो। यद्यपि इसं १८५७मा भारतका सिपाही विद्रोह दबाउन तत्कालीन शासक [[जंगबहादुर राणा]]ले अङ्ग्रेजलाई
गोरखालाई नुवाकोटसँग सर्म्पर्क बढाउने
बडामहाराजद्वारा ललितपुरका कालिगढ झिकाई वि.सं.१८१९मा भव्य नौतले दरबार बनाउन लगाए। पछि नब्बे सालको महा- भूकम्पले गर्दा दुई तल्ला भत्किएर साततले मात्र हुन पुगेको थियो। पुरातात्विकविद् डा.साफल्य अमात्यका अनुसार तत्कालीन अवस्थामा मल्ल राजाहरूले पाँच तल्ला र र्सवसाधारण जनताले तीन तल्लासम्मको घर बनाउने गरेका थिए तर उपत्यकाका मल्ला राजाहरूको घमण्ड तोड्नकै लागि पृथ्वी नारायण शाहले मन्दिर शैलीको नौतले दरबार बनाउन लगाएका हुन। स्मरणीय छ कि यसलाई गृष्मकालिन दरबारका रूपमा उपयोग गरी अर्को शीतकालिन दरबारका रूपमा वि.सं.१८२२मा [[शेरा दरबार]]को निर्माण भएको थियो। साततले रहेको बार्दलीबाट आक्रमणकारीलाई टाढैबाट देख्न सकिने र युद्घ बन्दिका लागि थुन्ने खोरका साथे दरबारको वास्तुकलालाई लिइन्छ। यस दरबार अघिल्तिरको तिलिङ्गा घर जसलाई पछि गएर गारद घर भन्न थालियो। साथै उत्तर पर्ूव कुनाको रणबहादुर शाहको बैठक घर पनि शाह कालमा निर्माण भएको थियो। यसको पुनः निर्माणतर्फसरकारले चासो राखेको देखिदैन। मल्लकालिन धार्मिक तथा सांस्कृतिक सम्पदाका रूपमा प्रसिद्घ भैरवी मन्दिर र सिन्दुर जात्रा लगायत तलेजु मन्दिर, नारायण तथा विष्णुको मन्दिर, नारायण जात्रा, सिपाही जात्रा, रोपाइ जात्रा, [[टाकटुके जात्रा]] र लाखे जात्रा आदि प्रमुख मानिन्छ। यी बाहेक अन्य मन्दिर, पाटी-पौवा, डबलीहरू पनि यहाँ नभएका हैनन्। गत वि.सं.२०२० सालको सदरमुकाम स्थानान्तरणसँगसँगै केही साँस्कृतिक परम्पराहरू लोप हुदै गएका छन्। जुन दुःख लाग्दो विषय हो। मल्लकालमा उपत्याकाबाट बसाँइ सरी आएका नेवार समुदायले आफ्ना टोल बजारको नाम काठमाडौंको जस्तै [[इन्द्रचोक, काठमाडौं|इन्द्रचोक]], ब्रहृमटोल, भूटोल आदि राखेका थिए। जुन अद्यपि कायम छ। यी नेवार जातिमध्ये कतिपय [[साततले दरबार (नुवाकोट)|साततले नुवाकोट दरबार]]को निर्माणका लागि आएका हुनसक्ने अनुमान गर्न सकिन्छ।
नेपाल अधिराज्यलाई १४ अञ्चल र ७५ जिल्लामा विभाजन गर्नु अघिसम्म "पश्चिम १ नम्बर" अर्न्तगत रहेको यस जिल्लाको नामाकरण गोपालवंशिय शासनकालदेखि नवकोट, नवकोट्य, नवक्वाथ, नौकोटबाट अपभ्रंश हुँदै हालको नुवाकोट रहन गउको ऐतिहासिक अनुश्रुति रहेको छ। नुवाकोट जिल्लाको नामाकरण नौं कोटबाट भएको भएतापनि सल्यानकोट र धुवाँकोट पश्चिम. १ नं.
प्रशासनिक आधारमा तीनवटा संसदीय निर्वाचन क्षेत्रशरु, १३ वटा इलाका, ६१ गाविस तथा एक नगरपालिका र ५६० वडाहरूमा विभक्त यस जिल्लामा १२०० भन्दा अधिक बस्तीहरू रहेका छन्। विगतमा नुवाकोट दुबार पसिरसमा रहेको जिल्ला सदरमुकाम विदुरमा रहेको छ।
|