"प्रेमेजुङ" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति १५:
==हावापानी ==
[[File:charchare fall.JPG|thumb|left|200px|'''छरछरे झरना''' प्रेमेजुङको एक आकर्षण]]
यहाँको हावापानी एकदमै अनुकुल छ। जाडोमा धेरै जाडो तथा गर्मीमा धेरै गर्मी नहुने समशीतोष्ण हावापानी यहाँको विशेषता हो। तर उचाइ तथा अवस्थितिका कारण गाउँको पुछारमा अवस्थित सुँगुरे बेंसी र सिरानमा अवस्थित गुप्ती एवं गुराँसे बीच हावापानीमा केही अन्तर भने पाइन्छ। यस गाउँमा मुख्यतया जेठ देखि भदौसम्म वर्षा हुने गर्दछ। अत्याधिक वर्षा हुने असार र साउन महिनामा छरछरे, ढाँडे जस्ता केही गाउँहरू बाढी पहिरोको त्रासमा पर्दछन्। तर विगत २० बर्षयतावर्षयता बाढी पहिरोले गाउँमा खासै नोक्सान पुर्‍याएको पाइँदैन।
==बासिन्दा ==
[[File:mailau.jpg|thumb|right|122px|'''माइलाउ''' प्रेमेजुङ निवासी एक सक्रिय व्यक्ति]]
पङ्क्ति ४६:
[[कृषि|खेती]] र [[पशु पालन|पशुपालन]] यहाँका बासिन्दाको मुख्य पेसा हो। [[व्यापार]], [[नोकरी]] र [[राजनीति]] तर्फ पनि विस्तारै यहाँका मानिसहरू आकर्षित हुँदै गैरहेका छन्।
सुरू सुरूमा गाउँमा कुनै आर्थिक गतिविधि नदेखेका गाउँलेहरू पर्म तथा ज्यालामा काम गर्ने गर्दथे। तर ज्यालाको रकम पैसामा नभै बाली अथवा वस्तुको रूपमा भुक्तान गरिन्थ्यो। पछि वि.सं. १९९६ ताका गाउँको ग्राफाइट खानी खुलेपछि त्यसै खानीमा काम गर्ने ज्यामीहरूले सम्भवतः पहिलोपटक ज्याला स्वरूप पैसा प्राप्त गरेका थिए।
[[इलाम (स्पष्टता)|इलाम]] सदरमुकाममा वि.सं. १०१२ चैत्र १२ गते पहिलो पटक मोटर जाँदा [[गोर्खे बजार]] बाट प्रेमेजुङ हुँदै [[माईबेनी|माइबेनी]]को बाटो इलामसम्म गाडी पुगेको थियो<ref>इलाम दर्पण- रण बहादुर कार्की २०५९</ref> तर प्रेमेजुङमा भनेका बेला गाडी पुग्ने बाटो चाँही त्यसको पचास बर्षपछिवर्षपछि मात्र पुग्यो त्यो पनि जनताले आफ्नै पाखुराले खनेर।
यातायातको सुविधा नभएतापनि मानिसले आफैं डोकोमा बोकेर अथवा घोडामा बोकाएर कृषिजन्य उत्पादनहरूलाई भारतीय सीमावर्ती बजार [[मानेभञ्ज्याङ]] तथा नेपाली बजार [[गोर्खे बजार]]सम्म पुर्यानएर बिक्री वितरण गर्ने गरेका थिए। यहाँको मुख्य कृषि उत्पादनमा [[अदुवा]], [[अलैंची]], [[अम्रिसो|अम्लिसो]]को [[कुचो]], [[मटरकोसा]], अन्य तरकारी तथा [[फल-फूल|फलफूल]]हरू आदिले भारतीय बजारमा निकै राम्रो ख्याती पाएका छन्।
[[File:mix max.jpg|thumb|right|300px|'''एकैठाउँ''' [[सुँगुर]], [[कुखुरा]], [[बाख्रा]], [[गाई]] एउटै गोठमा]]
पङ्क्ति ५३:
परम्परागत रूपमा गाइपालन गर्ने किसानहरूले वि.सं. २०४१मा [[दुग्ध विकास संस्थान]]ले सङ्कलन केन्द्र खोलेपछि भने व्यापारिक रूपमैं दुध उत्पादनमा लागेका हुन्। यो सङ्कलन केन्द्रको स्थापनाले प्रेमेजुङको आर्थिक गतिविधिमा युगान्तकारी भूमिका खेलेको थियो।
त्यसबेलादेखि नै कृषि विकास ब्याङ्कले गाइपालनमा ऋणको व्यवस्था गर्ने, [[कृषक]]हरूले पनि [[भारत]]को पोख्रेबुङ लगायतका ठाउँबाट [[जर्सी]], [[होलेस्टेन]] आदि जातका दुधालु [[गाई]] ल्याएर पाल्ने क्रमको विकास भयो।
गाइपालन सँगसँगै त्यसलाई आवश्यक पर्ने घाँस उत्पादनमा पनि मानिसहरूको ध्यान आकर्षित हुन थालेको पाइन्छ। यसका लागि बारीमा [[धूस]], [[अम्रिसो|अम्लिसो]] जस्ता घाँसहरू लगाउने प्रचलन पनि तीब्र रूपमा बढेको देखिन्छ। [[अम्रिसो|अम्लिसो]] बाट घाँस मात्र नभै [[कुचो]] समेत उत्पादन हुने भएकाले यसबाट [[कृषक]]हरूले दोहोरो फाइदा लिन पाएका छन्।
[[गोर्खे बजार]]को चहल पहल हुँदा प्रेमेजुङको मुख्य बजार [[गोर्खे बजार]] नै थियो। मानेभञ्ज्याङ् मार्फत [[दार्जीलिङ|दार्जिलिङ]] सँग सीधा सम्पर्क गराउने [[गोर्खे बजार]] एक ताका इलाम मात्र नभै धनकुटा, भोजपुर, तेह्रथुम, पाँचथर आदि क्षेत्रकै प्रमुख नाकाको रूपमा रहेको थियो।
झापाबाट [[सूर्योदय नगरपालिका|फिक्कल]] हुँदै इलाम जाने [[मेची राजमार्ग]]को सञ्चालन पश्चात् [[सूर्योदय नगरपालिका|फिक्कल]]बजार प्रमुख व्यापारिक केन्द्रको रूपमा उदायो जसले गर्दा [[गोर्खे बजार]] सुक्न थाल्यो।
पङ्क्ति १००:
 
== प्रेमेजुङ जाने बाटो ==
प्रेमेजुङ गाउँ [[फिक्कल बजार]] बाट १३ किलोमीटर पश्चिम उत्तरमा अवस्थित छ। यो ठाउँ पुग्नका लागि मोटर बाटमोटरबाट [[फिक्कल बजार]] बाट [[बरबोटे]], [[ढोडे]], [[मयू खोला]], [[मकर्जुङ]], [[साँघुबेसी|साँघुबेंसी]], [[डाँडाखेत]] हुँदै जान सकिन्छ। [[File:bato.jpg|thumb|right|प्रेमेजुङ जाने पैदल मार्ग]] [[नयाँबजार]] जाने जीप दैनिक रूपमा फिक्कलबाट उपलब्ध हुन्छन्। सीधै प्रेमेजुङ पुग्ने गाडी चैं मौकाले पाउन सकिन्छ। यदि पैदलै जाने हो भनें फिक्कल बजारबाट [[आहाले]], [[आरूबोटे]], [[जोगमाई नदी|जोगमाई खोला]] हुँदै [[झोलुङ्गे पुल|झोलुङ्गे पूल]] तरेपछि प्रेमेजुङ पुग्न सकिन्छ। पैदलमा करीव साढे २ घण्टा लाग्दछ भनें मोटरमा सवा १ घण्टामा पुग्न सकिन्छ। एडभेन्चरका लागि पहिले ओरालो र पछि उकालो पैदलयात्रा निकै रमाइलो हुने गर्दछ।
आसपासका गाविसहरूबाट प्रेमेजुङ जान पैदल यात्रा एकमात्र उपाय हो। यद्यपि मौका परेमा फिक्कल, नाम्सालिङ र नयाँबजारबाट मोटर चढेर पनि यहाँ पुग्न सकिन्छ। जिल्ला सदरमुकाम [[इलाम नगरपालिका|इलाम बजार]] बाट ४ घण्टा [[नाम्सालिङ]]को शुक्रबारे बजार बाट, [[सोयाङ]] बाट, गाविस सदरमुकाम [[नयाँबजार]]बाट, [[फिक्कल बजार]] बाट र [[पञ्चकन्या]] बाट २ घण्टाको पैदल यात्रामा प्रेमेजुङ पुग्न सकिन्छ। त्यसैगरी [[प्याङ]]बाट ३ घण्टा [[गोर्खेधाप|गोर्खे]]बाट १ घण्टा [[जोगमाई (स्पष्टता)|जोगमाई]] बाट यहाँ आइपुग्न डेढ घण्टाको समय लाग्छ।
 
==तस्बिरहरू ==
"https://ne.wikipedia.org/wiki/प्रेमेजुङ" बाट अनुप्रेषित