"नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी-लेनिनवादी)" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ३०:
निरङ्कुश राणाशाही विरोधी जनआन्दोलनको पूर्वसन्ध्यामा २२ अप्रिल, १९४९ का दिन नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो। राणाशाही विरोधी आन्दोलनलाई सही दिशावोध गर्दै सामन्तवाद र साम्राज्यवाद विरोधी आन्दोलनको रूपमा अगाडि बढाउन र राष्ट्रिय स्वाधीनताको आन्दोलनलाई अगुवाइ गर्न स्थापित यस पार्टीका संस्थापक महासचिव कमरेड [[पुष्पलाल श्रेष्ठ|पुष्पलाल]] हुनुहुन्थ्यो भने अन्य संस्थापकहरूमा [[नरबहादुर कर्माचार्य]], नारायणविलास जोशी, निरञ्जन गोविन्द वैद्य र मोतिदेवी श्रेष्ठ हुनुहुन्थ्यो।
 
स्थापनाकालदेखि नै राणाशाही विरोधी आन्दोलनको झण्डा उठाएको नेपाल कम्युनिष्ट पार्टीले ३० वर्षे पञ्चायती तानाशाही विरुद्ध होस् चाहे निरङ्कुश राजतन्त्र विरुद्ध– हमेशा लोकतन्त्रका निम्ति अनवरत, अथक र बलिदानी सङ्घर्ष गर्दै आएको छ। नेपाल कम्युनिष्ट पार्टीको सहभागिता र नेतृत्वबिना नेपालको लोकतान्त्रिक आन्दोलन यस उचाइसम्म आउनु सम्भव थिएन। २०४६ साल र २०६२/६३को लोकतान्त्रिक आन्दोलनको अग्रमोर्चामा रहेर पार्टीले महत्वपूर्णमहत्त्वपूर्ण भूमिका खेलेको थियो।
 
नेकपा एमालेले जनताको जीविकासँग जोडिएका मुद्दाहरूमा र राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र राष्ट्रिय अस्मिताको रक्षा गर्ने प्रश्नमा पनि हमेशा आन्दोलनलाई अगाडि बढाउँदै आएको छ। लैङ्गिक विभेद, जातीय उत्पीडन र छुवाछुत जस्ता सामाजिक समस्याहरूलाई समाधान गर्ने, मानव अधिकारलाई प्रत्याभूत गर्ने र श्रमजीवीहरूका हक हितको संरक्षण गर्ने सबालमा पनि पार्टीले जिम्मेवार भूमिका खेल्दै आएको छ।