"देवकुमारी थापा" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ७२:
===समाजसेवा===
देवकुमारी थापा नेपालमा प्रवेश भएपछि समाजसेवामा पनि आबद्ध हुन थालिन् । त्यसै क्रममा उनी मोरङको नेपाल बाल संगठनकी अध्यक्ष पनि भइन् ।<ref name="SahityaSangraha"/> उनले आफ्नो स्वर्गीय श्रीमानको नाममा 'बबरसिंह थापा सेवा गुठी' सञ्चालन गरेकी थिइन् ।
उनले आफ्नो सम्पूर्ण जीवन शिक्षा, स्वास्थ्य र साहित्यका क्षेत्रमा समर्पित गरिन् । उनी बालबालिकालाई देशका भविष्य निर्माता ठानी उनीहरुकोउनीहरूको चौतर्फी विकास गर्न बालसंस्था र समाजसेवामा समर्पित भइन् । उनकै प्रेरणाले मानिसहरु बाल साहित्य लेखनतर्फ आकर्षित भएका थिए । उनले विभिन्न माध्यमबाट बालमैत्री वातावरण शिक्षा दिन प्रोत्साहन गर्दै उनले शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याइन् । साहित्य समाज, गुरुकुल विद्यालय, बालमन्दिर, [[नेपाल प्रज्ञा प्रतिष्ठान]] आदि संस्थासँग आबद्ध भई शैक्षिक जागरण ल्याउन उनी सदा अग्रसर भएर लागिन् । देवकुमारीले गाउँ गाउँमा पुगेर बालबालिका महिला, वृद्ध, अशक्त र विरामीहरुकोविरामीहरूको उपचार पनि गरिन् । त्यस्तै असाहाय, पीडित, विपन्न र रोगग्रस्त मानव समुदायको दुःख पीर हटाउन सँधै क्रियाशील रहिन् ।<ref name="khulakitab"/>
===मृत्यु===
थापालाई २०६३ सालमा पक्षघात भएपछि उनको जीवन केही कष्टले नै परिचालित भयो । अस्वस्थताका कारण उनी घरैमा लडेकी थिएन् । उनी लडेको पाँचौं दिनमा अल्सरका कारण उनलाई रक्तश्राव भएको थियो । अनि त्यसैदिन उनले दस दान गराइन् । तर दान गरिरहेकै बेला उनले आफ्नो प्राण त्याग गरिन् । २०६८ साल वैशाख २२ गते उनी विराटनगरमा स्वर्गीय भइन् ।<ref name="SahityaSangraha"/>