"दिपायल सिलगढी नगरपालिका" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा बोट: स्वचालित पाठ परिवर्तन (- गरि + गरी ) |
सा रोबोट : हिज्जे मिलाउँदै |
||
पङ्क्ति ६९:
'''दिपायल सिलगढी नगरपालिका''' [[नेपाल]]को [[सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र]], [[सेती अञ्चल]]को [[डोटी जिल्ला]]मा अवस्थित एक नगरपालिका हो । यो नगर सुदुर पश्चिमाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम पनि हो । दिपालयल सिलगढी [[सेती नदी]]को किनारमा रहेको छ । सिलगढीमा थुप्रै क्षेत्रीय तथा जिल्ला स्तरीय सरकारी कार्यालयहरू रहेका छन । दिपायल सिलगढी वि.सं. २०३९ मा नगरपालिका घोषणा भएको हो । यसका पहिलो नगरप्रमुख शिवशङ्कर भट्ट थिए भने पछिल्ला नगरप्रमुख पूर्णराज जोशी थिए । सिलगढीमा थुप्रै क्षेत्रीय तथा जिल्ला स्तरीय सरकारी कार्यलयहरू रहेका छन, नगरको जनसङ्ख्या २३,४१६ रहेको छ । सिलगढीको टेलीफोन कोड नं.०९४ हो । वि.सं. २०३८ सालमा रमणिय पौराणिक तथा ऐतिहासिक डोटी जिल्लाको केन्द्र भागमा नगरपालिकाको स्थापना गर्ने क्रममा कोट भैरव र सिलगढीका गाउँ पञ्चायतका सबै वडाहरूका साथै तिखा र रनागाउँ गाउँ पञ्चायतका केही भूभागहरूलाई '''[[दिपायल सिलगढी नगरपालिका|दिपायल]] नगर पञ्चायत''' बनाइएको थियो । आरम्भमा दिपायल नगर पञ्चायत नाम राखिएको यस नगरपालिकालाई २०४७ सालमा बबर डाँडा र तिखा गाविसहरूको सम्पूर्ण भूभागलाई यो नगरपालिकामा समावेस गरेर १४ वटा [[वडा]] बनाइनु का साथै यसलाई दिपायल सिलगढी नगरपालिका भनेर नामाकरण गरिएको थियो । त्यस पछि लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापनासँगै [[नेपालको संविधान २०७२]]को घोषणा पश्चात [[सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय|स्थानीय विकास मन्त्रालय]]को निर्णय अनुसार राज्यको पुनर्संरचना गर्ने र नेपाललाई
७४४ वटा [[स्थानीय तह]]हरूमा विभाजन गर्ने क्रममा यस नगरपालिकामा पनि विस्तार भइ साविकका [[कलेना]], [[लडागडा]] गाविसको सम्पूर्ण भूभागका साथै [[बगलेक]] र [[खतिवडा गाविस|खतिवडा]] गाविसका केही वडाहरूलाई यस नगरपालिकामा समावेस गरिएको हो । यस नगरलाई ऐतिहासिक र धार्मिक नगरको
|