"जनै" का संशोधनहरू बिचको अन्तर

सा
रोबोट : हिज्जे मिलाउँदै
सा (बोट: स्वचालित पाठ परिवर्तन (-सुद्ध +शुद्ध))
सा (रोबोट : हिज्जे मिलाउँदै)
''' तेन त्वां प्रतिबध्नामी रक्षेमा चलमा चल।।'''
 
-अर्थात् भगवान् वामन अवताररूपी [[विष्णु]]ले दानवराज बलिराजालाई उनको सुरक्षाको लागि जुन बन्धनले बाँधेका थिए, त्यही बन्धनले तपाईंकोतपाईँको हातमा पनि बाँधिदिएको छु , तपाईंकोतपाईँको रक्षा होस्। एक जनैमा ९६ सुत प्रयोग भएका हुन्छन्। नौ गुना र तीन डोरा अनि पाँच ग्रन्थी गरी यसलाई तयार गरिन्छ। सामान्यतया मनुष्यको आयु सय वर्षको मानिएको छ। चार वर्ष पूरा गरी पाँच वर्षमा प्रवेश पछि उपनयन गरी धारणा गरिने जनैका जम्मा ९६ डोराले अब बाँकी जीवनावधि ९६ वर्ष रहेको कुरा जनाउँछ। यसपछि जनैमा प्रयोग गरिने जुन नौ गुना छ त्यसले शरीरमा विद्यमान नौ द्वारको सङ्केत गरेको छ। जनै बनाउँदा पाँच ग्रन्थी अर्थात् पाँच गाँठा पारिन्छन्। यी पाँच गाँठा पञ्चमहायज्ञका प्रतीक हुन्। त्यस्तै गरी यस दिन बाँधिने रक्षाबन्धन पनि रक्षाकै खातिर बाँधिने अभिमन्त्रित डोरो हो।
हिन्दु दर्शनअनुसार जनैलाई ब्रह्मासूत्र अर्थात ज्ञानको धागो पनि भनिन्छ। जनैका दुई शिखामध्ये एउटा शिखामा रहेका तीन डोरालाई ब्रह्मा, विष्णु र महेश्वर तथा अर्को शिखाको डोरालाई कर्म, उपासना र ज्ञानका तीन योग मानिन्छ। जनै शब्दको अर्थ जनाउनु अथवा जानकारी दिनु हुन जान्छ। अत: जनै धारण गर्ने व्यक्तीकोलागी अन्य व्याक्तीलाई जनैले धेरै कुराहरूको जानकारी दिई रहेको हुन्छ। जस्तै:- जनै धारण गरेको व्याक्ती हिन्दू हो भन्ने जनाउने गर्छ, दिशा पिसाब गरेर हात मुख न धोउन्जेल सम्म जनै कानमा राख्ने गरिन्छ यदि कसैको कानमा जनै झुन्डाएको देखिएमा यो व्याक्ति हात मुख धोएर शुद्ध भएको छैन भन्ने जानकारी जनैले दिन्छ, जनैमा गाँठो लगाउँदा छुट्टा छुट्टै [[गोत्र]] र पर्वर अनुशारकोअनुसारको गाँठो दिईन्छ यसरी जनैको गाँठो देखेर जनै धारकको गोत्र र पर्वरको जानकारी जनैले दिन्छ।
यस्तै धेरै कुराको जानकारी गराउने जनै पौराणीक कालमा [[सुन]]को बनाउने गरिन्थ्यो कालांतरमा [[चाँदी]]को र अहिले आएर धागोको बनाउन थालिएको भन्ने भनाई रहेको छ। जनै धारण गर्दा नाभी भन्दा माथी अथवा तल हुन हुदैन ठिक्क नाभी सम्म मात्र हुनु पर्छ भन्ने शास्त्रहरूको मान्यता रहेको छ। शुद्ध जमिनमा उम्रेको [[कपास]]लाई सधवा ब्राह्मणी ([[ब्राह्मण]]को पत्नी)ले कातेको धागोको जनै बनाएर [[श्रावण शुक्ल पूर्णिमा|जनै पुर्णिमा]]को दिन वैदिक मन्त्र द्वारा पूजा गरिएको जनै धारण गर्नु पर्ने कुरा शास्त्रहरूमा उल्लेख गरिएको छ।
==जनै र व्रतबन्ध==
७४,१४८

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/901173" बाट अनुप्रेषित