"रेडियो सगरमाथा" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-प्रशारण +प्रसारण)
सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
पङ्क्ति २२:
 
== ऐतिहासिक पृष्ठभूमि==
नेपालमा वि.स. २०४७ सालको प्रजातान्त्रिक संविधानले नागरिकलाई लेख्ने र बोल्ने स्वतन्त्रताको प्रत्याभुति दिलायो । यसको फलस्वरुप नेपालमा पत्र-पत्रिकाको प्रकाशन तिव्ररूपमा हुन थाले । त्यसै बेलादेखि [[नेपाल वातावरण पत्रकार समूह]] (नेवापस)ले नेपालमा एफ.एम. प्रविधीको रेडियो भित्र्याउन प्रयास शुरु गरेको थियो । वि. स. २०४९ सालमा राष्ट्रिय सञ्चार निति २०४९ जारी भयो। यसमा एफ.एम. रेडियो सञ्चालन गर्न पाइने कुरा उल्लेख गरिएको थियो । यसैलाई आधार मानेर नेवापसले एफ एम रेडियो संचालनसञ्चालन अनुमति लागि सरकार समक्ष निवेदन दियो । त्यति बेला निति थियो । तर ऐन थिएन । त्यसैले अनुमति पाउन सकेन । जब ऐन बन्यो। ऐन बनेपछि नेवापसले संचालनसञ्चालन अनुमतिका लागि निवेदन हाल्यो । तर नियमावली नभएको कारणले एफ एम रेडियो संचालनसञ्चालन अनुमति पाउन सकेन नेवापसले । नियमावलीका लागि नेवापसले नै लविङ शुरू गर्यो । नियमावली पनि आयो । तर पनि एफ एम रेडियो संचालनसञ्चालन अनुमनि पाएन । यो अवधिमा नेवापसले एफ एम रेडयोलाई चाहिने सम्पुर्ण औजारहरू जुटाइसकेको थियो ।
 
पटक–पटकको प्रयासमा पनि अनुमति नपाएपछि वि.सं. २०५२ [[चैत]] २० र २१ गते गैर कानुनी तवरबाटै रेडियो सगरमाथाले प्रविधि परीक्षण गरेको कुरा सूचना तथा सञ्चार मन्त्रालयले २०५२ चैत २३ मा सोधेको स्पष्टीकरणबाट पुष्टि भएको छ । थप दुइ वर्षको सङ्घर्ष पछि वि. सं. २०५४ [[जेठ]] ५ गते सरकारले एफ एम रडियो सगरमाथाको सञ्चालन अनुमति नेवापसलाई हस्तान्तरण गर्यो । त्यसको ४ दिन पछि जेठ ९ गतेबाट कानुनी रूपमा १०२ थोप्लो ४ मेगाहर्जमा [[दक्षिण एसिया]]कै पहिलो एफ एम रेडियो भएर घन्कियो रेडियो सगरमाथा ।