"गोरखा जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- जस्को + जसको )
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ९३:
|footnotes =
}}
'''गोरखा''' [[नेपाल|नेपालको]] [[गण्डकी अञ्चल|गण्डकी अञ्चल]] अवस्थित एक जिल्ला हो। यो हालको संरचना अनुसार गण्डकी प्रदेशको ११ जिल्ला मध्ये ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण जिल्ला हो। गोरखा जिल्लाको [[सदरमुकाम]] गोरखा बजार हो जुन [[गोरखा नगरपालिका|पृथ्वीनारायण नगरपालिका]]मा पर्दछ। गोरखा जिल्लामा ११ स्थानीय निकाय अन्तर्गत २ नगरपालिका, ९ गाउँपालिका र २ निर्वाचन क्षेत्र रहेको छ। भौगोलिकरुपमाभौगोलिकरूपमा मध्यपहाडीदेखि उत्तरी हिमाली क्षेत्रसम्म फेलिएको जैविक विविधताले सम्पन्न जिल्ला हो। यसको क्षेत्रफल ३ हजार ३१० वर्ग किलोमिटर छ। समुद्र सतहदेखि २२८ मिटरदेखि ८१६३ मिटरसम्म उचाइमा अवस्थित तथा २७ हजार ०१५ देखि २८ हजार ०१५’ अक्षांश र ८४ हजार ०२७’ देखि ८४ हजार ०५८’ देशान्तरमा फैलिएको यस जिल्लामा उष्ण, सम-शितोष्ण, शितोष्ण, लेकाली र हिमाली हावापानी पाइन्छ। यस जिल्लाको पूर्वतिर [[धादिङ जिल्ला]] र [[तिब्बत]] (चीन); पश्चिम सीमानामा [[तनहुँ जिल्ला]], [[लमजुङ जिल्ला]], [[मनाङ जिल्ला]] र [[तिब्बत]] (चीन), उत्तर सीमानामा [[तिब्बत]] (चीन) तथा दक्षिण सीमानामा [[चितवन जिल्ला]], [[तनहुँ जिल्ला]] र [[धादिङ जिल्ला]] पर्दछन्।
 
राष्ट्रिय जनगणना २०६८ अनुसार गोरखा जिल्लाको कूल जनसङ्ख्या २,७१,०६१ जना मध्ये पुरुष १,२१,०४१ जना र महिला १,५०,०२० रहेका छन्। <ref name="नेपालको राष्ट्रिय जनगणना २०६८ (राष्ट्रिय तह)" /><ref name="नेपालका जिल्लाहरूको सम्पूर्ण विवरण (जनसङ्ख्या, क्षेत्रफल, सदरमुकाम)" />
 
==धार्मिक स्थलहरू==
यहाँको मुख्य धार्मिक स्थलहरूमा मनकामनाका अतिरिक्त शक्तिकी स्वरूप [[श्री भवानी कालिका]] र शिव स्वरूप [[श्री गुरु गोरखनाथ बाबा]] भएको हुँदा धार्मिक हिसाबले शिव-शक्ति पीठको रूपमा यस ठाउँको महत्वपूर्णमहत्त्वपूर्ण स्थान छ ।<ref>{{cite web|title=गोरखा जिल्लाका धार्मिक स्थलहरु|url=http://www.trektohimalaya.com/content/254/gorkha_(religious_place).html}}</ref>
 
==ऐतिहासिक==
पङ्क्ति १०४:
 
==पर्यटकिय स्थलहरू==
यस ठाउँको अर्को विशेषता भनेको यहाँबाट देखिने चाँदीको घेराजस्तो उत्तरतिरको हिमाली शृङ्खला हुन्। संसारको पाँचै अग्लो हिमाल [[मनास्‌लु हिमाल|मनासलु]] यही भेकमा पर्छ । यहाँबाट [[धवलागिरी]]देखि गणेश हिमालसम्मको मनमोहक दृश्य देखिन्छ। यस्तै घना जंगल तथा हरिया पहाडहरू, हिमालदेखि कलकल गर्दै बग्ने नदीनालाहरू, सम्म मैदान र फाँटहरू, शितोष्ण हावापानी, शान्त वातावरण आदिले गर्दा यहाँ आउने जो कोहीको पनि मन छुन्छ । यिनै कारणहरूले गर्दा वर्षेनी विश्वका विभिन्न मुलुकहरूबाट थुप्रै पर्यटकहरू यहाँ आउने गर्छन् । साथै सौरपानी गा.वि.स. अन्तर्गत सिता गुफा पनि यक प्राक्रितिक गुफा हो जसबाट [[धादिङ जिल्ला]]को सिनानामा रहेको [[आरुघाट]] बजारको नजिकै [[बुढीगण्डकी नदी|बुढीगण्डकी]] नदीको साँगुको मुखैमा रहेको सानो गुफासँग जोडिएको छ भन्ने मन्तयता रहेको छ । साथमा राजा [[द्रव्य शाह]]को दरबार रहेको लिगलिगकोट अनि श्रीनाथकोट एवं २२ कोट हरू रहेका छन् । यस जिल्लाको उत्तरी भेगमा हिन्दू धर्मावलम्बीहरूको प्रसिद्ध श्री [[नारद पोखरी]] रहेको छ । हजारौं भक्तजनहरू बर्षंनीवर्षंनी यहाँ रक्षाबन्धन अथवा [[श्रावण शुक्ल पूर्णिमा|जनै पुर्णिमा]]को दिनमा यहाँ स्नान गर्नको लागि ३/४ दिनसम्म पैदल यात्रा गरी यहाँ आएर ऋषि [[नारद]]मुनिको पूजा गर्छन् । [[लमजुङ जिल्ला]]को सिमानामा अर्को पोखरी रहेको छ । जसको नाम [[दुधपोखरी]] हो यो पनि उत्तिकै प्रसिद्ध छ ।[[File:A traditional house in Gorkha.jpg|thumb|गोर्खा जिल्लामा खिचिएको एक परम्परागत घरको तस्बीर]]
यस पोखरीबाट निस्केको पानी आज चेपे नदी बनी गोर्खा र लमजुङको सिमाना छुट्याउन मद्दत गरको छ। [[नारद पोखरी]]बाट निकास भै आज गोर्खाको बिच भागबाट [[दरौंदी नदी]] बगेको छ जसलाई धर्मनदी पनि भन्ने गरिन्छ।<ref>{{cite web|title=गोरखा जिल्लामा रहेका प्रमुख पर्यटकीय स्थानहरु|url=http://www.nepaltoursdestination.com/places_to_visit/gorkha.php}}</ref>
 
"https://ne.wikipedia.org/wiki/गोरखा_जिल्ला" बाट अनुप्रेषित