"माडी नगरपालिका" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
पङ्क्ति १०४:
 
===माडी पर्यटक स्थलका रूपमा===
प्रकृतिले सिँगारेको माडी क्षेत्रमा पर्यटकीय विकासको सम्भावना उच्च रहँदारहँदै पनि पर्यटकीय विकास भने ज्यादै न्यून छ । माडी क्षेत्रको हावापानी, वनजंगल, ताल, मठ–मन्दिर, ऐतिहासिक स्थल, धार्मिक स्थल, थारु बस्ती र उनीहरुको [[संस्कृति]], तरकारी तथा फलफूल [[कृषि|खेती]], माछापालन, रेशम खेती आदि पर्यटकका लागि आकषर्णका केन्द्र बन्न सक्छन् । चारैतिर पहाड, जंगल र बीचमा उपत्यकाको रूपमा रहेको माडी आन्तरिक पर्यटकका लागि पनि उत्तिकै महत्त्वपूर्ण स्थान छ । माडी कल्याणपुरको लक्ष्मीनिवासमा रहेको सहिद स्मारकमा निर्माण गरिएको टावरबाट समग्र माडी र पश्चिम चितवनका धेरै भाग सजिलै अवलोकन गर्न सकिन्छ । रातको समयमा त्यस टावरबाट बस्तीहरुमा बलेका बत्तीहरु हेर्दाको आनन्द झनै रमाइलो हुन्छ ।माडी क्षेत्रभित्र पर्ने जंगलमा डुलेर विभिन्न चराचुरूङ्गी तथा जीवजनावार सजिलैसँग देख्न पाइन्छ । माडीभित्र रहेका पर्यटकीय क्षेत्रहरुमा गोद्धकधाम, [[पाण्डवनगर]] गाउँ, वाल्मीकि आश्रम, सोमेश्वरगढी, [[गर्दी]] र [[बघौडा]]का थारु गाउँ, वैकुण्ठे ताल, चमेरे गुफा, रेवापारिको सिमरा गाउँ, [[गोपालनगर, माडी|गोपालनगर]]को माछापालन, लक्ष्मीनिवास गाउँ आदि मुख्य हुन् भने सम्पूर्ण माडी नै एउटा सानो [[संग्रहालयसङ्ग्रहालय|संग्रहालयजस्तोसङ्ग्रहालयजस्तो]] लाग्दछ । [[अयोध्यापुरी]]को जंगली क्षेत्रभित्र पर्ने रमाइलो डाँडाबाट [[मेघौली]] र आसपासका केही क्षेत्र प्रस्ट रूपमा देख्न सकिन्छ । कल्याणपुर गाविसको [[गोपालनगर, माडी|गोपालनगर]]मा रहेको पाँच सय क्षेत्रफलमा फैलिएको माछा पोखरी पनि पर्यटकीय स्थलका रूपमा रहेको छ ।
 
===माडी ऐतिहासिक स्थलका रूपमा===