"खरायो" का संशोधनहरू बिचको अन्तर

सा clean up, replaced: अष्ट्रेलिया → अस्ट्रेलिया स्वतःविकी ब्राउजर प्रयोग गर्दै
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ४०:
आहारा निल्नेबेला बाहेक अरुबेला खरायोको '''epiglottis''' च्यापुमा टाँसिएको हुने हुनाले यसले बाध्यात्मकरूपमा सधैं नाकबाट सास फेर्ने गर्दछ। यसको दुईजोडा काट्ने दाँत एक पछि अर्को मिलेर बसेको हुन्छ। यीनै दाँतका कारण नै खरायोलाई '''रोडेन्ट''' भन्दा अलग समुहमा वर्गिकरण गरिएको हो।
 
खरायोहरूको पाचन प्रक्रिया ठूलो आन्द्रा र '''cecum'''मा सम्पन्न हुने भएकोले यीनीहरूलाई '''hindgut digesters''' पनि भनिन्छ। खरायोहरूको '''cecum''' यीनीहरूको आमाशय भन्दा १० गुणा ठूलो हुन्छ, '''cecum''' र ठूलो आन्द्राले संयूक्तरूपमा पाचन नलीको लगभग ४०% भाग ओगटेका हुन्छन्। यीनीहरूको '''cecum'''को मांशपेशीमा भएको अभुतपूर्व क्षमताका कारण पाचन नलीमा भएको खानेकुरामा भएका रेशादार तत्वहरू छुट्याउनेकाम सजिलै सम्पन्न हुन्छ। यसरी छुट्टिएका रेशादार तत्वहरू मलकोरूपमा बाहिरिन्छन् भने बाँकीरहेका पोषकतत्वहरू एक प्रकारको झिल्लीमा बेरिएर [[:en:cecotrope|'''cecotrope''']]को रूपमा बाहिर निस्कन्छ जसलाई "night feces" पनि भनिन्छ। '''Cecotrope'''मा अत्याधिक मात्रामा खनिज पदार्थ, भिटामिन र प्रोटिन पाइने हुनाले यो खरायोहरूको स्वास्थ्यका लागि अत्यन्तै महत्वपूर्णमहत्त्वपूर्ण मानिन्छ। खरायोहरूले '''Cecotrope''' खाएर आफ्नो शरीरको लागि आवश्यक पर्ने पोषकतत्वको परिपुर्ति गर्ने गर्दछन्। '''Cecotrope'''लाई ढाकेर रहेको झिल्लीले पोषक तत्वहरूलाई अम्लयूक्त आमाशयबाट आन्द्रामा पुग्नलाई सहयोग पुर्‍याउँछ। यो प्रक्रियाले खरायोहरूलाई आफ्नो आहारबाट पोषकतत्वहरू छुट्याउन सहयोग पुर्‍याउँछ।
खरायोहरू प्रायजसो सबै मांशहारी जनावरको शिकार भएको हुनाले यीनीहरू सधैंभरि आफ्नो वरपरको स्थितिको बारेमा चनाखो भएर बस्छन्। यदि कुनै खतराको बारेमा सूचना पायोभने खरायोले जमीनमा खुट्टा ठोकेर आफ्नो समुहमा जानकारी दिनेगर्दछन्। खरायोहरूको दृष्य क्षमता फराकिलो हुन्छ। यीनीहरू झुक्याउने खालका दुलाहरू बनाएर, बाङ्गोटिङ्गो बाटोमा उफ्रिंदै कुदेर तथा यदि पक्राउ परिहाले पनि पछाडिको खुट्टाले जोडले हानेर आफ्नो बचाउ गर्ने गर्दछन्। खरायोहरूका बलिया र धारिला दाँतहरूले खानेकुरा काट्न र शत्रुहरूबाट फुत्किन मद्दत गर्दछ।
 
पङ्क्ति ४७:
 
खरायोहरू अत्यन्तै तिब्र प्रजननदर भएका जनावरहरू हुन्। प्राय सबै खरायोहरूको प्रजनन अवधि पौष देखि भाद्रसम्म करिब नौ महिनाको हुन्छ। तर अस्ट्रेलिया तथा न्युजिल्याण्डमा भने खरायोहरूको प्रजनन अवधि जुलाईको अन्त्यमा सुरु भएर जनावरी महिनासम्मको हुने गर्दछ। यीनीहरूको गर्भधारण अवधि करिब ३० दिनको हुन्छ। खरायोको बच्चाको सङ्ख्या औशतरूपमा ४ देखि १२ ओटा सम्मको हुनेगर्दछ, यो सङ्ख्या ठूलो नस्लमा ठूलो नै हुन्छ। खरायोको बच्चा ४ देखि ५ हप्ताको भएपछि यसलाई आमाको दुध छुटाउन सकिन्छ। यसको अर्थ एक मौशममा एउटा पोथी खरायोले करिब ८०० बच्चा जन्माउने क्षमता राख्छ, त्यस्तै एकै मौशममा नै खरायोको तेस्रो पुस्ताको समेत जन्महुने गर्दछ। पोथी खरायो ६ महिनाको भएपछि प्रजननको लागि योग्य हुन्छ भने भाले खरायो ७ महिनामा परिपक्व हुन्छ। यीनीहरूको संभोग अवधि मात्र ३० देखि ४० सेकेन्डको हुन्छ। सम्भोगको बेलामा यीनीहरू सुँघ्ने, चाट्ने र पोथी खरायोलाई पछ्याउने गर्दछन्। भाले खरायोहरूले पिशाब छर्केर पनि आफ्नो यौन चाहाना व्यक्त गर्दछन्। गर्भधारणको समयमा केही खरायोका पोथीहरूको शरीरको भुत्ला झर्ने गर्दछ।
सम्भोगको करिब १० घण्टापछि पोथी खरायोमा अण्ड उत्पादन प्रक्रिया सुरुहुन्छ। यसपछि पोथी खरायो प्रजननको लागि गुँड बनाउन लाग्छ। गुँड बनाउने बेलामा पोथी खरायोले आफ्नो शरीरको विभिन्न भागको भुत्ला प्रयोगगर्छ। पोथी खरायोको यो व्यबहारले यसको दुधको मुन्टा खुला गरेर बच्चाको हेरबिचारकोहेरविचारको लागि सक्षम बनाउँछ। खरायोको बच्चा जन्मिँदा आँखा बन्द अवस्थामा हुन्छ, त्यस्तै यिनीहरूको शरीरमा भुत्ला पनि हुँदैन।
[[चित्र:Rabbit nest.JPG|thumb|right|खरायोका बच्चाहरू]]
 
"https://ne.wikipedia.org/wiki/खरायो" बाट अनुप्रेषित