(१) भाषा एक पद्धति हो, अर्थात एक सुसम्बद्ध र सुव्यवस्थित योजना या संघटन हो, जसमा कर्ता, कर्म, क्रिया, आदि व्यवस्थिति रूपमा आउन सक्छन।
(२) भाषा संकेतात्कमसङ्केतात्कम छ अर्थात् यसमा जुन ध्वनिहरू उच्चारित हुन्छ, ती कुनै वस्तु वा कार्य सँग सम्बन्ध हुन्छ। यि ध्वनिहरू संकेतात्मकसङ्केतात्मक वा प्रतीकात्मक हुन्छन्।
(३) भाषा वाचिक ध्वनि-संकेतसङ्केत हुन, अर्थात् मनुष्य आफ्नो वागिन्द्रियको मद्दतबाट संकेतहरूको उच्चारण गर्छन, ती नै भाषा अंतर्गत आउदछन।
(४) भाषा यादृच्छिक संकेतसङ्केत (choice Of freedom) हो। यादृच्छिकको तात्पर्य हो - ऐच्छिक, अर्थात् कुनै पनि विशेष ध्वनिको कुनै विशेष अर्थबाट मौलिक अथवा दार्शनिक सम्बन्ध हुँदैन। प्रत्येक भाषामा कुनै विशेष ध्वनिलाई कुनै विशेष अर्थको वाचक ‘मानिन्छ’। फेरी त्यो त्यही अर्थको लागि रूढ भई हाल्छ। अर्थात त्यो परम्परानुसार त्यही अर्थको वाचक भई हाल्छ। दोस्रो भाषामा ती अर्थको वाचक कुनै अरु हुन्छ।