"केशरमहल" का संशोधनहरू बिचको अन्तर

links
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ५:
'''मूल लेख [[स्वप्न बगैंचा]]'''
 
केशरमहल भित्र अवस्थित स्वप्न बगैंचा पर्यटकीय केन्द्र तथा प्राकृतिक सङ्ग्राहलयका रूपमा पनि परिचित छ । यस बगैंचालाई कतिपयले 'सपनाको स्वर्ग' भन्ने गरेका छन् भने कसैले मिनी यूरोप पनि । तत्कालिन नेपाली सेनाका फिल्ड मार्शल [[केशर सम्शेर राणा|केशर शमशेर जबरा]]ले युरोप भ्रमणका बेला [[बेलायत]]का राजा 'किङ् एडवार्ड सातौंसातौँ'को बगैंचा अवलोकन गरेका थिए । त्यसैबाट प्रभावित भएर उनले १९९९ सालमा यो बगैंचाको निर्माण गरेका हुन् ।
 
'[[केशर सम्शेर राणा|केशर शम्शेर]]को मृत्युपछि २०२१ सालमा नेपाल सरकारलाई हस्तान्तरण गरिएको यस बगैंचाले दशकौंसम्म उपेक्षित बन्नु परेको थियो । तर, अहिले यसको चर्चा व्यापक बन्दै गएको छ,' स्वप्न बगैंचा विकास समितिका कार्यकारी निर्देशक धु्रवराज रेग्मीले भने, 'आगामी दिनमा यसलाई अन्तरराष्ट्रियस्तरको बगैंचाका रूपमा विकास गर्ने तयारी गरिरहेका छौं ।' बगैंचाको पुरानो पहिचानलाई नबिग्रने गरी समयानुकूल परिवर्तन गर्ने तयारीमा लागेको पनि उनले बताए । 'पर्यटन वर्ष२०११ लाई दृष्टिगत गरी बगैंचाको प्रवर्द्धन गर्ने र यसको दीर्घकालीन व्यवस्थापनका लागि आर्थिक स्रोत जुटाउने तयारीमा समिति लागेको उनले जानकारी दिए ।
"https://ne.wikipedia.org/wiki/केशरमहल" बाट अनुप्रेषित