"किराँत जाति" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ३३:
 
उक्त अभिलेखबाट राजा अंशुवर्माको पालामा हाल गहिरिधारा भनिने भेगमा जोन्जोन्दिङ नाम गरेको गाउँ थियो । त्यो गाउँका बासिन्दाले प्रणाली हिटि(कुहिती) बनाएका थिए । सो हितिको पानी नियमितरूपले आइरहोस् भनेर पानी आउने कुलो छोपी कुलोमाथीबाट साँढे गोरुगाढाको आवतजावत रोकिदिने नियम अंशुवर्माले बनाइदिएको कुरा उक्त अभिलेखमा उल्लेख पाइन्छ । यो भेगको पुरानो नाम जोन्जोन्दिङको यसपछिका समयमा उल्लेख पाइन्न तर निलिशाला भन्ने भने कायमै रही निलिशालाबाट नक्साल कहलिन पुगेको पाइन्छ । (जगदिशचन्द्र रेग्मी, काठमाण्डौ शहर सास्कृतिक अध्ययन भाग १ पृ.१६)
अभिलेखमा उल्लेखित जोन्जोन्दिङ पछाडिको '''ग्राम शब्दभने लिच्छविकालमा आएर थपिएको हुनसक्ने बलियो संभावनासम्भावना देखिन्छ कारण किरात भाषामा दिङ शब्दले नै गाउँ वा ठाउँको अर्थ दिन्छ प्रतिनिधित्व गर्दछ । आज पनि केही किरात समुदायमा दिङ केहीमा दिम र केहीमा देल (द्याल) भएको पाइन्छ । यसको पुष्टि निम्न किरातहरूका साविक किपट अन्तर्गत रहे भएका ठाउँहरूको नामबाट हुन्छ । वल्लोकिरात ओखल्ढुंगा जिल्ला अन्तर्गत रहेको टारकेराबारीको साविक नाम थिमथेमदिङ(म) रहेको कुरा जयवीर महेन्द्र मल्ल (महिपतिन्द्र मल्ल)ले ने.सं. ८४१ खमा प्रतिमन पाध्या पौड्याललाई विर्ता दिएको कागजमा उल्लेख पाइन्छ । यही थिमथेमदिङ शब्दको अपभ्रंशीत रूप थिङथिङटार हुँदै हाल टारकेराबारी कायम हुन पुग्यो । किरात कोइँच भाषामा थिमथेमदिङ(म)को अर्थ मृतमानिस गाड्ने समाधिस्थल हुन्छ । आजा पनि टारकेरावारीको रातमाटे जंगलमा किरातहरूको चिहान यद्दावधि पाइने दावि स्थानिय श्रोतव्यक्ति दीर्धराज पौडेलको छ ।
 
साविक काति नासुके कोइँच किपट हाल सोलु जिल्ला अन्तरगतको चेरेन्हादिङ अपभ्रंशितरूप चेर्मादिङ हुँदै छेर्मादिङ जसको साविकको अर्थ घाम उदाउने ठाउ (चेरे न्हा दिङ) हुन्छ । यस्तै दोलखा जिल्लाको हुइवादिङ, किरात राडु (वम्बुले) किपट अन्तर्गतको वामदिङ (जो वामद्याल हुँदै उबु, बन्नपुग्यो), पाचथरको फेउदिङ, संखुवासभाको लिङलिङ(दिङ), रामेछापको पोलदिम(ङ) र कोटदिम(ङ) आदि ।
"https://ne.wikipedia.org/wiki/किराँत_जाति" बाट अनुप्रेषित