"ओसामा बिन लादेन" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति ४४:
[[File:Obama and Biden await updates on bin Laden.jpg|thumb|आक्रमणको क्षण]]
मार्च १४ देखि अपि्रल २८ सम्म राष्ट्रपति स्वयम्ले चारपटक 'ज्वाइन्ट स्पेसल अप्स कमान्ड'का चिफ भाइस एडमिरल विलियम एच म्याकरेभनसँग विभिन्न कारबाहीहरू विषयक छलफल गरेका थिए। बी २ स्टेल्थ बम्बरले २ हजार पाउन्डको बम घरमा खसाल्नेदेखि आईएसआईसँग ज्वाइन्ट अप्रेसन गर्ने तथा ड्रोन हमलासम्मका उपायहरूमध्ये यही अप्रेसन नेप्च्युन स्पियर छानियो। मार्चमा सिल टिमले अमेरिकाको आफ्नै तालीम केन्द्रमै र अपि्रलपछि अफ्गानिस्तानको बेग्राम मिलिटरी बेसको क्याम्प अल्फामा एक एकड जमीनमा उस्तै कम्पाउन्ड र घरसमेत बनाई वजिरिस्तान हवेली नामकरण गरी सिल कमान्डोहरूको व्यापक तालीम गराइयो। तर तालीम गर्ने-गराउने कसैलाई पनि के कसो भन्ने थाहा थिएन। अपि्रल २९को बिहान साढे ८ बजेमात्र ओबामाले अप्रेसन नेप्च्युन स्पियर हेडको आदेश दिए। नाइटभिजन डिभाइसलाई केही लाईट भए लाभ हुनेहुँदा मे १ अर्थात् चतुर्दसीको रात डी डे -एक्सन दिन) तोकिए पनि मौसम खराब भएकोले भोलिपल्ट औंसीका दिन अर्थात् मे २मा सारिएको थियो।
अफ्गानिस्तानको बग्राम एयर बेसबाट सुरु गरी सबै टोली स्टेजिङ बेस जलालावादमा जम्मा भएका थिए। सबै गरी ७९ कमान्डो तथा एक कुकुरसमेतको उक्त टास्कफोर्समा घरमै मेन अप्रेसनका लागि सिलको भने १२/१२ जनाको दुई टिम खटिएको थियो। अप्रेसन बेला जमीनमा २८ जना थिए। आजसम्म कसैले नदेखेका मोडिफाइड स्टेल्थ अर्थात् रडारमा अदृश्य ब्ल्याक हक हेलिकप्टर दुइटा उक्त सिल कमान्डोका लागि उपयोग गरिएकोमा कमान्डोलाई डोरीबाट रिपेलिङ गराई खसालिसकेपछि 'हुभरिङ' गर्दा एक ब्ल्याक हकको पर्खालमा पंखा ठोकी इमर्जेन्सी ल्यान्डिङ गरिएको थियो। तर 'डेमेज' भएकोमा भोलिपल्ट मर्मत गर्न सकिने भए पनि हेलिकप्टरको यान्त्रिक गोप्यताका लागि विस्फोटक पदार्थको उपयोग गरी हिँड्नुअघि नष्ट पारियो। साथमा ब्याक अपका लागि दुई चिनोक हेलिकप्टरसमेतसँगै थिए। साथै थप मद्दतका लागि अन्य फाइटर्ज, ड्रोन तथा कम्ब्याट सर्च एन्ड रेस्कयु हेलिकप्टरका पूरै टिम थियो। हकबाहेक अन्य जहाजहरू पाकिस्तानी रडारबाट बच्न जमीन नजीकबाट 'न्याप अफ द अर्थ' अर्थात् धरातलको रूपअनुशाररूपअनुसार तलमाथि गरी गएकाले गोप्य रहेको थियो। तर आक्रमणपछि पाकिस्तानी फाइटर जेटलाई सक्रिय बनाइए पनि रेडमा हस्तक्षेप गरेनन्। रेडका समय विशेष ज्यामिङ उपकरणमार्फत उक्त क्षेत्रका मोबाइल तथा सम्पूर्ण इलेक्ट्रोनिङ उपकरणहरू उपयोगहीन बनाइएको थियो।
टिम ए-ले माथि कौसीमा र टिम बी-ले तल कम्पाउन्डमा डोरीमार्फत हेलिकप्टरबाट रिपेलिङ गरी झरेको सञ्चारमा आए पनि सिलको टेक्निक गोप्यताका लागि मोडस अप्रेन्डिबारे मौन छन्। करिब १ बजे कम्पाउन्ड वालमा समेत विस्फोटकबाट छिद्र बनाइयो। गेस्टहाउसमा बसेका सन्देशवाहक सशस्त्र क्वेटी र टिम बी-बीच गोलीबारी हुँदा क्वेटी तथा उनकी पत्नी मारिए। मुख्य घरको पहिलो तलामा क्वेटीका नातेदार र भरेङमा ओसामाका छोरा हम्जा -खालिद) टिम बी-बाट मारिए। टिम बी-ले सुरुमै भेटेसम्मका बच्चा लगायत महिला र पुरुषहरूलाई प्लाष्टिक हतकडी लगाई नियन्त्रणमा राखेको थियो, जसलाई अप्रेसनपछि मुक्त गरियो। ओसामा पहिले तेस्रो तलामा भागेका र पछि आफ्नै कोठामा पसेका थिए। उनले सलवार-कमिज लगाई ५०० युरो तथा दुई टेलिफोन नम्बर लुगामा सिलाई भाग्नखोजे पनि तलमाथि चारैतिरबाट घेरिए। पाँचौं पत्नी यमनी अमाल अहम्मद अब्दुल फताहलाई मानवढाल बनाउन पुगेका बेला सिलले अमालको खुट्टामा गोली हानी घाइते बनाएपछि ओसामाका टाउकामा गोली हाने। हाई क्यालिवरको गोली भएकोले पहिलो गोलीले बायाँ आँखा र आधाभन्दा बढी अगाडिको खप्पर उडाई गिदी नै बाहिर निकालिसके पनि 'डबल ट्याप टेक्निक' अर्थात् ग्यारेन्टीका लागि दोस्रो गोली छातीमा हानिएको हो। वीभत्स देखिने कारण यही हाई क्यालिवर गोलीले हो। १२ वर्षीया छोरी साफियासमेत त्यसबेला उक्त कोठामा थिइन्। ओसामाका कोठाबाट एक एके- ४७ एक तथा म्याक्रोभ पिस्तोलसहित अन्तबाट समेत गरी जम्मा [[एके फोर्टी सेभेन|एके- ४७]] तीन र दुई पिस्तोल फेला परेको थियो। जम्मा ३० मिनेटको योजना बनाइए पनि ३८ मिनेट लाग्न पुगेको उक्त अप्रेसनमा ओसामासँग आमने-सामने अन्तिम १० मिनेटमा मात्र भएको थियो।