"नारायणगोपाल गुरूवाचार्य" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-काठमाडौं +काठमाडौँ)
सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
पङ्क्ति ३१:
प्रेम बिवाहपछि नारायणगोपालको गायनमा आएको परिवर्तनको आधा श्रेय उनकी पत्नी पेमालालाई र आधा श्रेय उनका मितज्यू [[गोपाल योञ्जन]]लाई जान्छ। यी दुवैले उनलाई आआफ्नै तवरले सघाएका छन्, एकजनाले राम्रा गीत छान्न र अर्कोले राम्रो गीत गाउन।
 
==परिवर्तनको संघारमासङ्घारमा==
हेटौँडाको छोटो बसाइँपछि नारायणगोपाल काठमाडौँ आए र जागिरे भए नाचघरमा आफ्ना मित्र माणिकरत्न र जनार्दन समको सहयोगले। नाचघर पस्दा उनी बाद्यवादकका रूपमा गएका थिए र उनी विस्तारै त्यहीँका हाकिमसम्म भए। उनले त्यहीँ रहँदा आफ्ना धेरै साथीहरू गुमाए वा उनले विस्तारै आफ्ना सहकर्मी, साथीहरूलाई छोड्दै गए। त्यसका धेरै कारणमध्ये उनको प्रसिद्धी, सफलता र उनीसँग हुर्कंदै आएको अहम् प्रमुख कारण बन्न पुग्यो।
उनी चर्चित हुँदै गएपछि आफ्ना पुराना गीतकार साथी [[रत्नसम्शेर थापा|रत्नशमसेर थापा]]बाट टाढिँदै गए र उनका गीत गाउनै छोडिदिए। उनी हाकिम भए पछि आफ्ना दोस्रो गुरु माणिकरत्नसँग बोलचाल बन्दको अवस्था बन्न पुग्यो। उनले मित्रता तोड्ने क्रममा आफ्ना बालसखा प्रेमध्वज प्रधानसँग पनि दुरी बढाए। आफ्ना मितज्यू [[गोपाल योञ्जन]]को विवाहपछि उनको गोपालसितको सम्बन्धमा पनि चिसोपन आयो। उनी एक्कासित परिवर्तनको नयाँ सँघारमा पुगे जहाँ उनका सामू आफूपछिको नयाँ पुस्तासँग भेट भयो। त्यसमध्ये दिव्य खालिङसँग उनको जोडी जम्न पुग्यो र उनले खालिङका रचना र संगीतमा आफ्नो दोस्रो इनिङ शुरु गरे। त्यो दोस्रो इनिङमा उनले सधैँ नै म हाँसे तिमीलाई रुवाई, मायाको आधारमा सम्झौता नै हुन्छ, बिपना नभइजस्ता गीतले उनलाई पुनस्र्थापित हुने मौका दियो।
पङ्क्ति ७९:
* [[गीतीयात्रा]] भाग १
* [[नारायणगोपालका आधुनिक गीतहरू]] भाग १ - भाग ९ सम्म
* [[मालती मंगलेमङ्गले]] ([[गीतीनाटक]])
==मृत्युपश्चात==
नारायणकी श्रीमती पेमलाले नारायणका मित्र [[नगेन्द्र थापा]] र उनका शुभचिन्तक बसन्त चौधरी, फत्तेमान राजभण्डारी लगायतको सहयोगमा ''नारायण गोपाल संगीत कोष''को स्थापना गरेकी थिइन् ।<ref>https://nepalkhabar.com/np/news/entertainment/6717/?tpl=150</ref>