"नारद पोखरी" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
पङ्क्ति ३८:
गोरखा सदरमुकामबाट नारद पोखरी ४ दिनमा पुग्न सकिन्छ । सदरमुकामबाट श्रीनाथकोटको भालुस्वाँरासम्म वसमा गएपछि विस्तारै हिडेर जाँदा पहिलोरात सिम्जुङको वालुवामा वास वस्न सकिन्छ । भोलीपल्ट विहानै उठेर हिडेपछि विभिन्न झरना र खोलाहरु हेर्दै खाना खान वारपाक गाविसकै वडा नम्बर २ मान्द्रेमा पुगिन्छ । त्यसपछिको एक घण्टाको पैदल यात्रामा वारपाक गाउँ पुगिन्छ । वारपाकीहरुको स्वागत सत्कार संगै गहुँको केक र मकैको सेलको स्वाद लिदै वारपाक वसेपछि तेश्रो दिन वास वस्न पैचे लेक पुगिन्छ । फुस्रद भएमा एकदिन बारपाक नै बस्नु राम्रो हुन्छ । त्यहाँको घले संस्कृति र गाउँका विभिन्न विशेषताले २/४ दिन वारपाकमा नै अलमलिन अफ्ठेरो हुने छैन । वारपाकदेखि माथि जाँदा खानेकुराहरु साथमै लिएर जानु राम्रो हुन्छ । चामल र तरकारीहरु लिएर गएमा भेडी गोठमा भेटिने गोठालाहरुले पनि खाना बनाउन सहयोग गरिदिन्छन् । चिसो मौसम र मानव वस्ती नभएकाले सुत्नको लागि आफैले आवश्यकता अनुसारको न्यानो कपडा लिएर जानु राम्रो हुन्छ । चौथो दिन विहान हिडेपछि समयमै पोखरी पुग्न सकिन्छ ।
पोखरीको छेउमा वारपाकीहरुले काठमाडौ लगायत देशका विभिन्न शहरमा मारुनी नाच देखाएर आर्जन गरेको पैसाले निर्माण गरेको एउटा भवन छ । त्यसमा आराम गर्न पनि पाइन्छ । तर धेरै तीर्थालुहरु भएको बेला समस्या पनि हुन्छ ।
नारद पोखरी पुग्न नसक्नेहरु बाटोमा रहेका साना पोखरीहरुमा नुहाएर पनि फर्कने गरेको स्थानियहरु बताउँछन् । बाटाको पोखरीमा नुहाउँदा पनि उत्तिकै पुण्य मिल्ने उनीहरुको भनाइ छ । सो ठाउँको प्रचारका लागि वारपाकी महिलाहरू सरकारी तथा गैह्र सरकारी संघसङ्घ संस्थाहरुको सहयोगको आश गरेका छन् । गोरखाको उत्कृष्ट पर्यटकीय गन्तब्यको रूपमा विकास गर्न सकिने यो पोखरीको प्रचारमा सबैको ध्यान जाओस् ।
 
[[श्रेणी:पोखरी]]
"https://ne.wikipedia.org/wiki/नारद_पोखरी" बाट अनुप्रेषित