"अमरकोश" का संशोधनहरू बिचको अन्तर

सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
सा रोबोट : हिज्जे मिलाउँदै
पङ्क्ति १:
'''अमरकोश''' (अमरकोष) पण्डित अमरसिंह द्वारा रचित संस्कृत भाषा विज्ञान सम्बन्धित पर्यायवाची कोशको पुस्तक हो। यसलाई विश्वको सबभन्दा प्राचीनतम [[शब्दकोश]] मानिन्छ। यस भाषाको केवल संस्कृतमा नै सयौं प्रकारका टीकाहरु उपलब्ध छन् । अन्य भाषाहरुमाभाषाहरूमा पनि यस कोशका अनेक पुस्तकहरु छन् । यस प्रकार आजसम्म यो कोश हजारौं लाखौं संस्करणमा छापिएको होलान भन्ने अनुमान गर्न सकिन्छ ।<ref>पन्थी, टीकाराम, वि.सं. २०६०, सांस्कृतिक संवीक्षण, रुपन्देही : विश्व हिन्दु महासङ्घ । </ref> तर यस सम्बन्धी कुनै तथ्य उपलब्ध छैन ।
[[संस्कृत]] भाषाको ज्ञान राख्न चाहनेलाई यो एक प्राथमिक पुस्तक हो र यस पुस्तकमा आफुभन्दा पहिलेका केही कोशको विवरण छ । यस बाहेक केही [[पुराण]]हरुमाहरूमा पनि भाषा विज्ञानको विषय वस्तु पाइन्छन । <ref>अग्नि पुराण, (अनुवादकको नाम नलेखिएको), गोरखपुर : गीताप्रेस, वि.सं. २०६५ ।</ref>
==पर्यायवाची कोश==
यो संस्कृतका समानार्थी शब्दहरुकोशब्दहरूको काव्यमय सङ्कलन हो । सानो आकारमा छ तर अमरसिंहले त्यसलाई विभिन्न वर्गमा विभाजन गरेका छन्। त्यस विभाजनलाई भाषाशास्त्रीहरुलेभाषाशास्त्रीहरूले पनि निश्चित वैज्ञानिक आधार प्रदान गरेको भनेका छन् । स्वयं अमरसिंहले आफ्नो कोशको नाम नामलिंगानुशासन उल्लेख गरेका छन् । अर्थात् यसमा नाम र लिंगका पर्यायवाची (थिसोरस) शब्द छन् ।
यस कोशको रचना राजा [[विक्रमादित्य]]को पालामा भएकाे मानिन्छ ।
यस कोशको प्रारम्भमा जुन स्तुति गरिएको छ त्यो भगवान् बुद्धको हो भन्ने मानिन्छ । त्यसैले पनि याे काेशकाे रचना नेपालमा वाैद्धपरम्पराकाे व्यापकता भएका वखत हुनु पर्दछ या अमरसिंह एक वाैद्ध अनुयायी भएकाे अनुमान र्गन सकिन्छ ।
पङ्क्ति ८:
==नवरत्नमध्ये एक==
व्याकरण र शब्दकोष निर्माण जस्ता कामहरु विक्रमादित्यको समयमा भएका थिए । उनको दरबारमा विश्वको पहिलो [[पर्यायवाची]] कोश (थिसोरस) लेख्ने नेपाली अमरसिंह नौवटा रत्नको रूपमा सम्मानित थिए ।
अमरसिंह बाहेक धन्वन्तरि, क्षपनक, शंकु, खटकपारा, कालिदास, वैतालभट्ट, वररुचि र वराहमिहिर जस्ता विद्वान्हरु त्यस दरबारका अंग थिए । यी मध्ये प्रत्येक आफ्नो विषयका शीर्षस्थ विद्वान् हुन् । <ref>पाण्डेय, राजबली, वि.सं. २०१६, विक्रमादित्य, वाराणसी : चौखम्बा विद्याभवन ।</ref>
अमरकोशको सुरुमा लेखिएको स्तुति भगवान्् बुद्धको स्तुति हो भन्ने कुरा स्वीकार गरिएको छ । अमरकोशको रचयितालाई काठमाडौँ मूल भएका र उनको नाम अमरसिंह शाक्य हो भन्ने कुरा डा. टीकाराम पन्थीले उल्लेख गरेका छन् ।
==अमरकोशको टीका र अनुवादहरू==
===नेपाली टीका===
[[पं.कुलचन्द्र गौतम]]ले नेपाली भाषामा अमरकोश अनुवाद गरेका छन् ।<ref>अमरकोश, मिति नलेखिएको, सं. पं. कुलचन्द्र गौतम, वाराणसी : पं. बालकृष्णचार्य, यशोदा पुस्तकालय । स्वयं कुलचन्द्र गौतम संस्कृत भाषाका प्रकाण्ड विद्वान् थिए । यस पुस्तकको बनारस संस्करण बाहेक नेपाली संस्करण पनि उपलब्ध छ । नेपाल संस्कृत विश्व विद्यालयले यसैका आधारमा संस्कृत नेपाली शब्दकोश पनि प्रकाशन गरेको छ ।</ref> <ref>गौतम, कुलचन्द्, वि.सं.२०५०, संस्कृत नेपाली शब्द कोश, काठमाडौँ : नेपाल संस्कृत व्रिवविद्यालय । </ref>
 
==सन्दर्भ सूची==
"https://ne.wikipedia.org/wiki/अमरकोश" बाट अनुप्रेषित