"उपनिषद्" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-नजीक +नजिक)
सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
पङ्क्ति २:
==उपनिषदको परिचय==
 
उप–नी–षद् को अर्थ हुन्छ [[गुरु]]को चरण नजिकआसनमा बस्नु । उपनिषदहरुलाई [[श्रुति]] पनि भनिन्छ किनभने उपनिषदहरुलाई वेदको ज्ञानकाण्ड मानिन्छ । वेदको अन्त मानिएकोले [[वेदान्त]] पनि भनिन्छ । जंगलको एकान्तमा शिष्यको जिज्ञासा मेटाउन रचना गरिएका ग्रन्थ भएकोले यिनीहरुलाई [[आरण्यक]] पनि भनिन्छ । उपनिषदमा जीवनको सबभन्दा गूढ विषय छलफल गरिएकोले उपनिषदलाई [[रहस्यविद्या]] पनि भनिन्छ । उपनिषदहरु [[हिन्दू धर्म|हिन्दु]] र [[बुद्ध धर्म|बौद्ध]] अध्यात्म दर्शनका आधार भएकोले अध्यात्म विद्या पनि भनिन्छ । <ref>धर्मविज्ञान सार संक्षेप– खप्तड बाबा, सम्पादक चूडानाथ भट्टराय, श्रीमती जयाराज्यलक्ष्मी शाह, थापाथली काठमाडौँ, वि.सं २०५१ ।</ref><ref>सांस्कृतिक संवीक्षण, डा. टीकाराम पन्थी, विश्व शिन्दु महासंघमहासङ्घ, रुपन्देही, वि.सं. २०६३ ।</ref>
[[सुफि]] दर्शनमा उपनिषद्को निकै प्रभाव परेको हुनाले यसलाई हिन्दू तथा [[इस्लाम धर्म]]को सेतुको रूपमा पनि मान्न सकिन्छ।
सबैभन्दा लामो [[बृहदारण्यक उपनिषद|बृहदारण्यक]] उपनिषद्, सबैभन्दा पुरानो [[छान्दोग्य]] उपनिषद्, र सबैभन्दा सानो [[माण्डूक्य उपनिषद्]] हो। उपनिषद् संस्कृत भाषामा लेखिएको छ र यसमा प्रयोग भएको भाषालाई पछिल्लो [[वैदिक सँस्कृत]] भन्ने गरिन्छ। <br />
पङ्क्ति १३:
==रचनाकाल र रचनाकार==
उपनिषद, कहिले, कहां र कसले रचना गरेको हो यो पूर्णतया अज्ञात छ । विद्वानहरुले यसको रचनाकाल ५००० ई.पू. देखि ४००० ई.पू. अनुमान गरेका छन् । कसैले भने उपनिषदकाल २००० ई.पूं देखि १४०० ई.पू. भएको मान्दछन् । वेदका मन्त्रद्रष्टा [[ऋषि]]को नाम पाइन्छ । पुराण र स्मृतिहरुमा ग्रन्थकारको नाम उपलब्ध छ तर उपनिषद्का रचनाकारले कहीं कतै त्यसमा आफ्नो नाम उल्लेख गरेको पाईंदैन । यी पूर्णतया निर्वैयक्तिक आधारमा रचना गरिएका छन् । उपनिषदहरुमा ज्ञान प्राप्तिका लागि जुन संवाद विधि प्रयोग गरिएको छ त्यसै प्रकारको विधि ग्रीक दार्शनिक [[प्लेटो]]ले आफ्ना व्याख्यानहरुमा प्रयोग गरेका छन् । <ref>ॐ ज्ञानज्योति त्रैमासिक, अंक २१, विश्व हिन्दु महासंघमहासङ्घ, रुपन्देही ।</ref>
 
==उपनिषदको अनुवाद==
पङ्क्ति २३:
===यूरोपेली भाषामा अनुवाद===
सन् १८४४ मा बर्लिनमा साहित्यकार शेलिंग महोदयको प्रवचनमाला सुनेर म्याक्समूलरको ध्यान उपनिषदतर्फ आकर्षित भएको हो । म्याक्समुलर<ref>https://en.wikipedia.org/wiki/Max_M%C3%BCller</ref> रामकृष्णका जीवन र उपदेशबाट ज्यादै प्रभावित थिए । भनिन्छ, त्यसबेला बेलायतका एक जना साहित्यका प्राध्यापकले बङ्गालमा रामकृष्णको प्रवचन सुनेर उनको अलौकिकता अनुभव गरिसकेका थिए । संभवतः शेलिंग उनै साहित्यकार थिए ।
म्याक्समुलरले उपनिषदको सांगोपांग अध्ययन गर्न संस्कृत भाषाको गहिरो अध्ययन गरे । उनले मूल संस्कृतका पुस्तक पढेर तिनीहरुलाई अंग्रेजीमाअङ्ग्रेजीमा अनुवाद गरेका थिए । म्याक्स मुलरसंग स्वामी विवेकानन्द कति प्रभावित थिए भने उनले म्याक्स मुलरसंग उनका घर गइ भेट गरेर सम्मान व्यक्त गरेका थिए । सन् १८७९ मा म्याक्स मुलरले युरोपेली पाठकका लागि कठ उपनिषदको पहिलो बोधगम्य अनुवाद प्रस्तुत गरे । यसबाट यो यूरोपमा चर्चित भयो । तर यसको अंग्रेजी अनुवाद गर्ने पहिलो व्यक्ति ब्रह्म समाजका संस्थापक तथा संस्कृत, अंग्रेजी, र फारसीका विद्वान [[राजा राममोहन राय]] (सन् १७७५–१८३३) हुन्, जसलाई भारतमा सती प्रथाको अन्त गर्ने अगुवा व्यक्ति मानिन्छ । बेलायत जाने उनी पहिलो हिन्दु मानिन्छन् । समुद्र यात्रा र विधर्मीको देशमा गए जात जाने कट्टर बङ्गाली समाजमा त्यो एक क्रान्तिकारी कदम थियो ।
<br />
त्यस पछि यस उपनिषदका अंग्रेजी, जर्मन, इटालियन, र फ्रेञ्च अनुवादहरु भए । सर एडविन आर्नोल्डले कठ उपनिषदको अंग्रेजी व्याख्या द सीक्रेट अफ डेथ लेखेर यसलाई यूरोपमा अझ लोकप्रिय बनाए । सन् १८०५ मा कोलब्रुकले १७० वटा उपनिषदहरु पाएको जानकारी दिएका छन् । रामकृष्ण मठको तर्फबाट बेलायतमा पठाइएका संन्यासी स्वामी परमानन्दले चार उपनिषदहरु ईशा, कठ, केन, र मुण्डक उपनिषद्को मूल संस्कृतबाट अंग्रेजी अनुवाद गरी सन् १९०९मा ब्रिटिश शिष्यहरुलाई प्रवचन गरेका थिए । यो सन् १९१९ मा पुस्तकाकार रूपमा प्रकाशित भयो । तर यूरोपेली पाठकहरुका लागि तयार गरिएकोले त्यसमा संस्कृत मूल नराखेर केवल अंग्रेजी अनुवाद मात्र राखिएको थियो ।
<br />
ब्रिटिश कवि मार्टिन सीमोर स्मिथले उपनिषदहरु लाई विश्वमा लेखिएका सर्वाधिक प्रभावशाली सय पुस्तकहरुको उपमा दिएका छन् । श्रीमदभगवद्गीतालाई पनि उपनिषदमध्येको एक मानिन्छ । इमरसन, थोरो, कान्ट, शोपेनहावर र अन्य केही दार्शनिकहरु उपनिषदका विषय वस्तुको गहनताबाट अत्यन्त प्रभावित छन् । यूरोपेली विद्वानहरुले प्रशंसा गरेकोले उपनिषद्हरुको महत्त्व बढेको भन्ने होइन बरु उपनिषद् पढेर उनीहरू धन्य बनेकोमा हामीहरु गौरवान्वित भएका छौं । <ref>धर्मविज्ञान सार संक्षेप– खप्तड बाबा, सम्पादक चूडानाथ भट्टराय, श्रीमती जयाराज्यलक्ष्मी शाह, थापाथली काठमाडौँ, वि.सं २०५१ ।</ref> राल्फ बाल्डो इमरसनले आफ्नो इम्मोर्टालिटि निबन्धमा कठ उपनिषदको सानो विवरण उल्लेख गरेका छन् । इमरसन ती अमेरिकन कवि हुन् जसले अंग्रेजीमाअङ्ग्रेजीमा ब्रह्म कविता लेखेका छन् । यो कविता त्रि वि मा अंग्रेजीकोअङ्ग्रेजीको पाठ्यक्रममा राखिएको छ ।
 
===१०८ उपनिषद्===
उपनिषदहरुको संख्या १२८० बताइए पनि अधिकांश उपनिषद् अहिले प्राप्त छैनन् । पं. श्रीराम शर्मा आचार्यले यसबाट १०८ उपनिषद संकलनसङ्कलन गरी उचित सम्पादन तथा हिन्दी भाषाको बोधगम्भय अनुवाद सहित प्रकाशन गरेर सर्वसाधारणका लागि सुलभ गराउन स्तुत्य कार्य गरेका छन् । यो तीन खण्डको प्रकाशन युगनिर्माण योजना, मथुराले गरेको छ ।<ref>एक सौ आठ उपनिषद (तीन खण्ड)– पं. श्रीराम शर्मा आचार्य, युगनिर्माण योजना, सन् २०१० ।</ref>
 
===नेपाली अनुवाद===
पङ्क्ति ३८:
== उपनिषदको महत्त्व==
प्रसिद्ध दार्शनिक [[हयूम]]ले भनेका छन्, [[सोक्रेटिज]], एरिस्टोटल, प्लेटो आदि धेरै दार्शनिकका ग्रन्थहरु मैले पढें तर जस्तो शान्तिदायिनी विद्या मैले उपनिषदमा पाएं त्यस्तो अन्यत्र कहीं मैले भेटिनं ।
मुगल सम्राट शाहजहां पुत्र दाराशिकोहले भनेका छन्, मैले कुरान, तौरेत, इञ्जील, जबुर आदि ग्रन्थ पढेको छु । तिनीहरुमा ईश्वर सम्बन्धी जुन वर्णन छ त्यसले मनको तिर्खा मेटिएन । त्यस पछि हिन्दुहरुका ग्रन्थ पढें । तिनीहरु मध्ये उपनिषदको ज्ञान कस्तो छ भने त्यस ज्ञानले आत्मालाई शाश्वत शान्ति र सच्चा आनन्द दिन्छ । हजरत नवीले पनि एक आयतमा गरेको संकेतसङ्केत यिनै पुस्तकहरुका लागि हो ।
आचार्य रजनीशले भनेका छन्, संसारका सबभन्दा अनौठा पुस्तकहरु हुन्–उपनिषद, त्यसमध्ये सबभन्दा अनौठो कठ उपनिषद ।
सत्य साई बाबाले उपनिषदलाई हिन्दु संस्कृतिका सर्वाधिक अमूल्य निधि बताएका छन् ।
"https://ne.wikipedia.org/wiki/उपनिषद्" बाट अनुप्रेषित