"अमरकोश" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
सा रोबोट : https://ne.wikipedia.org/s/2aog अनुसार हिज्जे मिलाउँदै
पङ्क्ति १:
'''अमरकोश''' (अमरकोष) पण्डित अमरसिंह द्वारा रचित संस्कृत भाषा विज्ञान सम्बन्धित पर्यायवाची कोशको पुस्तक हो। यसलाई विश्वको सबभन्दा प्राचीनतम [[शब्दकोश]] मानिन्छ। यस भाषाको केवल संस्कृतमा नै सयौं प्रकारका टीकाहरु उपलब्ध छन् । अन्य भाषाहरुमा पनि यस कोशका अनेक पुस्तकहरु छन् । यस प्रकार आजसम्म यो कोश हजारौं लाखौं संस्करणमा छापिएको होलान भन्ने अनुमान गर्न सकिन्छ ।<ref>पन्थी, टीकाराम, वि.सं. २०६०, सांस्कृतिक संवीक्षण, रुपन्देही ः विश्व हिन्दु महासंघमहासङ्घ । </ref> तर यस सम्बन्धी कुनै तथ्य उपलब्ध छैन ।
[[संस्कृत]] भाषाको ज्ञान राख्न चाहनेलाई यो एक प्राथमिक पुस्तक हो र यस पुस्तकमा आफुभन्दा पहिलेका केही कोशको विवरण छ । यस बाहेक केही [[पुराण]]हरुमा पनि भाषा विज्ञानको विषय वस्तु पाइन्छन । <ref>अग्नि पुराण, (अनुवादकको नाम नलेखिएको), गोरखपुर ः गीताप्रेस, वि.सं. २०६५ ।</ref>
==पर्यायवाची कोश==
यो संस्कृतका समानार्थी शब्दहरुको काव्यमय संकलनसङ्कलन हो । सानो आकारमा छ तर अमरसिंहले त्यसलाई विभिन्न वर्गमा विभाजन गरेका छन्। त्यस विभाजनलाई भाषाशास्त्रीहरुले पनि निश्चित वैज्ञानिक आधार प्रदान गरेको भनेका छन् । स्वयं अमरसिंहले आफ्नो कोशको नाम नामलिंगानुशासन उल्लेख गरेका छन् । अर्थात् यसमा नाम र लिंगका पर्यायवाची (थिसोरस) शब्द छन् ।
यस कोशको रचना राजा [[विक्रमादित्य]]को पालामा भएकाे मानिन्छ ।
यस कोशको प्रारम्भमा जुन स्तुति गरिएको छ त्यो भगवान् बुद्धको हो भन्ने मानिन्छ । त्यसैले पनि याे काेशकाे रचना नेपालमा वाैद्धपरम्पराकाे व्यापकता भएका वखत हुनु पर्दछ या अमरसिंह एक वाैद्ध अनुयायी भएकाे अनुमान र्गन सकिन्छ ।
"https://ne.wikipedia.org/wiki/अमरकोश" बाट अनुप्रेषित