"नयाँ मुलुक" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-हरुको +हरूको)
सा बोट: स्वचालित पाठ परिवर्तन (-हरुबाट +हरूबाट)
पङ्क्ति ४२:
 
== भारत स्वतन्त्रता पछि ==
भारतिय आन्दोलनकारी हरुबाटहरूबाट अंग्रेजले हार खानु परे पछि वि.स. २००४ साल तदनुसार (१५ अगस्त १९४७) मा अंग्रेजहरु भारत छोड्न बाद्घय भए । तिनै कोइलर भन्ने अंगे्रज ठेकेदारले जंगल फडानी गरी बस्तियोग्य बनाएको भू–भाग बाटै कैलाली र कञ्चनपुरमा मानव बस्तीको सुरुवात भएको पाइन्छ । सर्वप्रथम राना समुदायले भारतका उत्तरी जिल्लाहरूबाट कञ्चनपुर हुदै त्यहाँबाट नयाँमुलुकका अन्य भागमा प्रवेश गरी बस्ती बसाले । पछि दाङ् जिल्लाबाट थारु, राजी, र कठरिया समुदायहरु बाँके, बर्दिया र कैलाली तिर बसाई सर्दै आए । पहाडि जिल्लाहरूबाट पहाडियाहरूको पनि आगमन को क्रम सुरुभयो । [[डोटी जिल्ला|डोटी]] [[बोगटान]] [[निगाली]] गाउँका ठकुरी बाबुसाई कृती सिं [[बोगटी]] [[रजवार]] कैलालीको हँसुलिया क्षेत्रमा आइ यहाँ बसोबास गर्ने पहिलो पहाडिया जिमदार बनेका थिए । सुरु–सुरुमा पहाडीहरु ६महिना हिउदमा मात्रै यहाँ आई आफ्ना गाई–भैसीहरु चराउन गर्थे । चैत्र लागे पछि गर्मी र औलो को डरले पहाड फर्कन्थे । तर दाङ् जिल्लातिरबाट सर्दै आएका थारु–चौधरीहरु र उत्तर भारतबाट आएका रानाहरु भने यहाँ स्थाई रूपमा रहे । कालान्तरमा औलो र मलेरीया रोगको स्थायी उपचार पत्ता लागेपछी पहाडि समुदायले पनि नयाँमुलुकमा स्थायी रूपमा बसोबासको सुरुवात गरेको पाइन्छ ।
 
== सिमा अतिक्रमण ==
शारदा (महाकाली) नहर निर्माण अवधिभर केहिसमय मात्रै प्रयोग गर्न दिइएको भनिएको नेपाली भूमिलाई आफ्नो हो भन्दै भारतियहरूले सिमा अतिक्रमण गर्दै हाल आएर गड्डाचौकि नजिकै आफ्नो सिमाना ल्याई पु¥याएका छन् । बनबासा भंन्सारमा मा निर्दोश नेपालिहरू भारतिय प्रहरीद्वारा लुटिनु सामान्य घटना जस्तै बनिसकेको छ । २०४६ साल पछिका लगभग सवै प्रधानमन्त्रीहरु ले भारत तुष्टीकरणको नितिलिए पछि यो समस्याले थप विकराल रुप लिएको हो । टनकपुरमा सन् १९९२ मा भारतले एकतर्फी रूपमा टनकपुर बाँध बाँधी २०००० क्यूसेक क्षमताको नहर समेत निर्माण गरी १२० मेघावाट विद्युत उत्पादन र उपयोग गरीरहेको छ ।
 
१२ फरवरी १९९६ का दिन भारतको नयाँदिल्लीमा तत्कालिन नेपाल सरकारका प्रधान मन्त्री [[शेरबहादुर देउवा|शेरबहादुर देउबा]] र [[भारत]] सरकारका प्रधान मन्त्री पी.भी. नरसिंह राव का विच (महाकाली नदि सम्वन्धी पुराना सवै सम्झौताहरु विस्थापित गर्दै), शारदा बाँध, टनकपुर बाँध, पञ्चेश्वर परियोजना र महाकालि नदीको एकिकृत विकाश सम्वन्धी ७५ वर्षीय सन्धि<ref name="स्थानिय विकास मञ्च"> स्थानिय विकास मञ्च (फेल्ड) कञ्चनपुरको बार्षिक मुख पत्र (पानी)२०७१ मंसिर </ref> भएको २० वर्ष पुग्दैछ । तर टनकपुर बाँधबाट हालसम्म नेपालले एक थोपा पानी पनी पाएको छैन । टनकपुर बाँध बनाउदा विस्थापित भएको सीमा स्तम्भ नं ३ को पनि पुनः स्थापना हुनसकेको छैन । नेपालको पक्षमा कार्यान्वयन हुनु पर्ने भनी महाकालि सन्धिमा उल्लिखित अधिकांस बुँदाहरु भारतले कार्यान्वयनमा ल्याउन चाहेकै छैन । सन्धि अनुसार नेपाललाई शारदा (महाकाली) बाँधबाट वर्षायाममा २८.३५ घ.मी. प्रती सेकेण्ड तथा सुख्खायाममा ४.२५ घ.मी. प्रति सेकेण्ड पानि प्राप्त गर्ने अधिकार छ । त्यस्तै महाकालि सन्धिको धारा ४ मा उल्लेख भए अनुसार नेपालि ईलाकाको दोधारा–चाँदनि क्षेत्रको सिंचाइका लागि भारतले १० घ.मि. प्रति सेकेण्ड पानी नियमित उपलब्ध गराउने छ, भनि उल्लेख गरीएको छ , तर भारत ले अझै सम्मपनि दोधारा–चाँदनि क्षेत्रको सिंचाइको लागि छुट्याएको पानी दिएको छैन । त्यती बेला दुवै पक्षको हित हुने भनी गरीएको महाकाली सम्झौता हाल आएर भारतले एकलौटि रूपमा आफ्नो मात्रै हितहुने गरीे प्रयोग गरिरहेको छ । वर्षयाममा बाढी आएपछिमात्रै भारतले बनबाशा ब्यारेजका नेपाल तर्फका ढोकाहरु खोल्ने गरेको छ । अरु समयमा ९० प्रतिशत पानि भारतले एकलौटि रूपमा आफुमात्रै प्रयोग गर्दै आइरहेको हुन्छ । नेपालको खस्कीदो राजनीतिक अवस्थाको लाभ उठाउदै भारतले हालका केहि वर्षहरुमा कैलालीकोे परासन गा.वि.स. लगायतका ठाउँहरुबाटठाउँहरूबाट नेपाली सिमानाहरु मिचेर भारतमा गाभ्ने काम लाई तिब्रता दिइरहेको छ सिमानाका नेपाली बासिन्दा हरूले यसको तिब्र विरोध गरे पछि सिमामिच्ने कामलाई निरन्तरता दिन १५५ वर्ष देखि दाजु–भाई जस्तै बसेर आइरहेका थारु चौधरी र पडाही समुदाय विचको सामाजिक सौहार्दता धमिल्याउने षडयन्त्र गरीरहेको छ । नेपाल–भारत सिमानाको प्रतेक ५/५ किलोमिटर क्षेत्रमा भारतिय अर्धसैनिक बल एस.एस.बि.लाइ तैनाथ गरीएको छ । यिनीहरूको काम बेला–बेलामा नेपाली भू–भागमामा पसि नेपालीहरु दुःख दिनु र सिमा मिच्नु बाहेक अरुकेही पनि छ जस्तो देखिदैन । यो समस्या प्रति हामिसबै देशभक्त नेपाली हरूले बेलैमा सचेत नभए भविस्यमा नयाँमुलुकको ईतिहास ईतिहासमा मात्रै सिमित नहोला भनेर भन्न सकिन्न ।
 
==सन्दर्भ सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/नयाँ_मुलुक" बाट अनुप्रेषित