"गुरुङ जाति" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-नजीक +नजिक)
सा बोट: स्वचालित पाठ परिवर्तन (-सातौं +सातौँ)
पङ्क्ति ५५:
३. लम वो (सेतो वा ग्युर वोन) ८३८ इ.सं.मा अनुवादित लम (वोन्पो)
 
तमु जातिमा पच्यु सबभन्दा पुरानो पुरोहित मानिन्छ। यसको शुरुवातको मिति भेटिंदैन। समयको अन्तरालसगै विकासको क्रममा पछिल्ला पूर्खाहरूको कथा जोडिएर पच्युहरू हागिएको हुन सक्छ। सन् १०० बी.सी.तिर ल्होकामा राजा डिरगम चन पो (न्यात्रि चन्पोको सातौंसातौँ पुस्ता)को हत्या भएपछि केही डोल वोन पुरोहितहरूबाटै क्यार वोन शाखाको शुरुवात भयो। डि्रगमको हत्यारा (लोङम डाजी)को बद्ला लिने उद्देश्यले उनका खलकले पश्चिम ङारी, ड्रुसा र सासू क्षेत्रबाट केही वोन पुरोहितहरू र चलाख मानिसहरूलाई गोप्यरूपले निम्ताएको थियो। पछि सम्थव ङोन्पो नामक वोन्पो विर्‍ान्ले बौद्ध दर्शन भन्दा भिन्न छ वटा सिद्धान्तहरू बोध गराएर तिनलाई प्रचलित वोन धर्ममा समावेश गरी त्यसलाई पूर्णताकोरूप दिए जसलाई क्यार वोन भनियो। त्यसैताका पहिलो चन्द्रमास पात्रोको शुरुवात गरियो। त्यस प्राचीन पात्रो अनुसार ल्होसार वर्षको दिन पुस १५मा मनाइन्छ, जुन नेपालको तमु जातिमा अद्यावधि प्रचलित छ र त्यही दिनतिर तिब्बतको सिगाचेका ठाउहरूमा पनि मनाइदैछ।
 
अचेल तमु समाजमा चौंथौ पुरोहितको रूपमा विशेष प्रकारको महायानी लामाको उदय भएको पाइन्छ। जसमा केही तेस्रो पुरोहितहरू पनि परिवर्तित भएका छन्। मुख्य यज्ञहरूमा क्ल्हेब्री र वोन्पो लमलाई पच्युको साथ चाहिन्छ। तर नया लामालाई तिनीहरू चाहिदैनन्। उनीहरू आफूलाई बुद्धकै आशीर्वाद पाए जस्तो कुरा गर्छन् तर बौद्ध ग्रन्थ बारे त्यति ज्ञान पाएको देखिन्न र यी तमु लामाहरू देखेर तिब्बती लामाहरू विवेचित छन्। जे भए तापनि उनीहरू कम शिक्षित समाजमा प्रभाव जमाउन समर्थ भएका छन् र त्यस परिणामले हाल वोनवादीह रू र बौद्ध मार्गीहरू दुवै थरीलाई असर परेको छ।
"https://ne.wikipedia.org/wiki/गुरुङ_जाति" बाट अनुप्रेषित