"लाहिडी महाशय" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- हरु +हरू )
सा बोट: स्वचालित पाठ परिवर्तन (-भक्तहरु +भक्तहरू)
पङ्क्ति १०:
जब उहाँ रानिखेतमा हुनुहुन्थ्यो उहाँले यहाँका पहाडहरुमा ऋषिमुनिहरु तपस्या गर्छन् भन्ने सुन्नुभयो र उहाँहरुको दर्शन गर्ने इच्छा जागृत भयो । यही शिलशिलामा उहाँ एकदिन अफिसको काम छिटै सकेर द्रोणगिरी को उकालो लाग्नुभयो । पहाड चढ्दै जाँदा रात पनि पर्दै गयो र उहाँ एउटा खुला स्थानमा पुग्नुभयो जहाँ एकादुइ गुफाहरु थिए । त्यहीं एउटा गुफामा एकजना अत्यन्त तेजस्वी पुरुषलाई देख्नुभयो र ती पुरुषले उहाँलाई गुफातिर उहाँको नाम लिएर बोलाउनुभयो र भन्नुभयो “श्यामाचरण मैले नै तिमीलाई यहाँ बोलाएको हुँ, रानिखेतमा सरुवा पनि मैले नै गरेको हुँ ” । लाहिडी महाशय त चकित हुनुभयो । त्यसपछि गुरुले उहाँलाई पूर्वजन्मको वृत्तांत बताएर शक्तिपात गर्नुभयो र उहाँको अन्तरचेतना जागृत गराउनुभयो र उहाँलाई क्रियायोग को दीक्षा दिनुभयो ।
 
क्रियायोगको विधि केवल दिक्षित साधकहरुलाई मात्रै बताइन्छ । यो प्रक्रिया नितान्त शास्त्रगत छ र यसको कुन्जी गीता हो । गीतामा कर्मयोग साँख्ययोग आदिको यति विशिष्ट व्याख्या छ कि यसलाई धर्मले कुनै असर गर्दैन । यसैले उहाँका भक्तहरुभक्तहरू सबै धर्मानुयायीहरु छन् । हिन्दु मुसलमान कसैलाई भेद नगरी यो दिक्षा उहाँले प्रदान गर्नुभएको छ ।
 
लाहिडी महाशयको प्रवचनहरुको पूर्ण अंश प्राप्त छैन किन्तु गीता उपनिषद् संहीता इत्यादिका व्याख्याहरु उपलब्ध छन् । ६६ बर्षको उमेरमा उहाँले सन् १८९५ २६ सेप्टेम्बरमा वनारसमा महासमाधि लिनुभयो ।
"https://ne.wikipedia.org/wiki/लाहिडी_महाशय" बाट अनुप्रेषित