"बर्बरीक" का संशोधनहरू बिचको अन्तर

सा
बोट: स्वचालित पाठ परिवर्तन (-पाण्डवहरु +पाण्डवहरू)
सा (बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा))
सा (बोट: स्वचालित पाठ परिवर्तन (-पाण्डवहरु +पाण्डवहरू))
महाभारतको युद्ध कौरवहरू र पाण्डवहरूका बीच अपरिहार्य भएको थियो, यो समाचार बर्बरीकलाई प्राप्त भयो र तिनको पनि युद्धमा सम्मिलित हुने इच्छा जागृत भयो। जब उनी सामान्याबाट आशीर्वाद प्राप्त गर्न पुगे तब सामान्यालाई कमजोर पक्षको साथ दिने वचन दिए। उनी आफ्नो नीलघोडा, जसको रंग नीलो थियो, मा तीन बाण र धनुषका साथ कुरूक्षेत्रको रणभूमि तर्फ अग्रसर भए।
 
उनको परीक्षा लिनका लागि ब्राह्मण भेषधारी भगवान् कृष्णले बाटोमा आएर सोध्नु हुन्छ– कहां जान थालेको हो? बर्बरीकले पाण्डवहरुपाण्डवहरू कमजोर भएकोले सघाउन जान थालेको बताउंछन् । र आफू कमजोरको पक्षबाट लड्न जान थालेको बताउँछन् । यस्तो कृत्यले कुरुक्षेत्र युद्धको परिणामलाई अनिश्चित गराउने भएकोले भगवान् कृष्णले उनलाई रोक्ने प्रयास गर्नुभयाे । तर उनले आमाको आज्ञापालन गर्ने बताउँदै युद्धमा अवश्य जाने र युद्ध हेर्ने कुरा बताउँछन् ।
 
भगवान् कृष्णले सोध्नु हुन्छ– यस पीपलको रुखका सबै पातमा प्वाल पार्न सक्छौ ? उसले तत्काल एउटा तीर निकालेर हान्छ । उनका तीरले पीपलका सबै पात छेडेर कृष्णको गोडा वरिपरि घुम्न थाल्छ किनभने भगवान् कृष्णले एउटा पात आफ्नो खुट्टा मुनि लुकाउनु भएको थियो ।
७४,१४८

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/895904" बाट अनुप्रेषित