"विश्वेश्वरप्रसाद कोइराला" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
सा बोट: स्वचालित पाठ परिवर्तन (-नजीक +नजिक)
पङ्क्ति २१:
 
==सुरूवाती जीवन==
विश्वेश्वर प्रसाद राजनीतिक जीवन त्यतिखेर [[भारत]]मा चलिरहेको [[भारतीय स्वतन्त्रता संग्राम|भारतको स्वतन्त्रता आन्दोलन]]बाट भयो । आन्दोलनमा लागेकै कारण विश्वेश्वर प्रसाद र उनका दाइ [[मातृकाप्रसाद कोइराला]]लाई इ.सं. १९३० मा तीन महिनासम्म बेलायती सरकारले कैद गर्‍यो । यसपछि नै उनको राजनीतिक जीवनको शुरुवात भयो । १९३२ मा उनले आफ्नो उच्च माध्यमिक शिक्षा बनारसमा पूरा गरे । त्यसपछि [[बनारस हिन्दू|बनारस हिन्दू विश्वबिद्यालय]]बाट [[राजनीति]] तथा [[अर्थशास्त्र]] विषयमा स्नातक तथा [[कलकत्ता विश्वविद्यालय]]बाट कानुनमा [[स्नातकोत्तर]] पूरा गरे । अध्ययन पूरा गरे पछि [[दार्जीलिङ|दार्जीलिङ]]मा बसेर धेरै समयसम्म कानुन पेशामा काम गरे । विद्यार्थी हुँदापनि उनी राजनीतिमा नजीक रहेकानजिकरहेका थिए । इ.सं. १९४२ देखि १९४४ सम्म [[दोस्रो विश्वयुद्ध]]को समयमा उनलाई बेलायती सरकारले जबरजस्ती सैनिकमा भर्ना गर्‍यो । त्यहाँबाट छुटेपछि उनले इ.सं. १९४७ मा [[नेपाली क|नेपाली राष्ट्रिय कांग्रेस]]को स्थापना गरे जुन पछि गएर [[नेपाली काँग्रेस|नेपाली कांग्रेस]] बन्न पुग्यो ।
 
===नेपालमा राजनीतिक नेतृत्व===
पङ्क्ति ४५:
===उपन्यास===
*'''''[[तीन घुम्ती (उपन्यास)|तीन घुम्ती]]''''': यसमा नारीका तीन रुप प्रेमिकन, पत्नि र आमा को चित्रण गरिएको छ । एउटी नारीको तीनवटा छुट्टा छट्टै निर्णय बाबु आमाको इच्छा विपरित प्रेम विवाह, पतिको अनुपस्थितिमा परपुरुषसग यौनत्रिप्ति र सन्तान प्राप्ति, पतिबाट अस्वीक्रित भएपछि छोरी लिएर एक्लै बस्ने निर्णय मा आधारित उपन्यास हो । यी तिनवटै निर्णयमा आफ्नो अस्तित्व जोगाउन एउटी नारीले गरेको संघर्षको कथा हो तीन घुम्ती ।
*'''''[[सुम्निमा]]''''': यो दुई भिन्न संस्कृतिको समन्वय,सम्मिस्रण गाथा हो । आर्य संस्कृतिमा आबद्ध सोमदत्त र पुलोमा पुत्रप्राप्तिका निम्ति शाष्त्रसम्मत अनुष्ठान अनुसार यौनसम्पर्क राख्छन् । तर प्रेमबिनाको जर्बजस्ती यौनमिलनले मात्र गर्भ नरहने बरु मानसकुण्ठा र विकृतिको विकास हुने तथ्य यसमा प्रस्ट पारिएको छ । पूजापाठ एवं आध्यात्मिक आचरणको परिपालन गर्ने आडम्बरद्वारा भौतिकतालाई विर्सन खोजियो भने सुख शान्ति मिल्दैन । स्वच्छन्द विचरण गर्ने किराँत पुत्री सुम्निमा सँधै खुशी देखिन्छे, आनन्दमा रमाउँछे । प्रेमले मानिसलाई शारिरीक रूपले टाढा भए तापनि मानसिक रूपले नजीक अनुभुतनजिकअनुभुत गराउँछ भन्ने यो उपन्यासको सार हो। सुम्निमा किराँत धर्मावलम्बीहरू द्वारा विवादमा ल्याइएको उपन्यास हो। सुम्निमा तथा पारोहाङ्ग किराँत धर्मका देवताहरू भएकाले उनीहरूलाई उपन्यासको पात्रको रूपमा प्रस्तुत गरी अपमान गरेको किराँत हरूको आरोप छ।
*'''''[[नरेन्द्र दाइ|नरेन्द्रदाइ]]''''': नरेन्द्रदाई एक मनोवैज्ञानिक उपन्यास हो । एउटा पुरुषका पत्नि र प्रेमिका दुई छुट्टा छुट्टै सम्बन्धका दुई स्त्रीहरु बीचको कथा हो । नायक नरेन्द्रलाई पत्नि गौरी र प्रेमिका मुनरियाले समान अधिकारसाथ सेवा गरेको र दुवैको आ आफ्ना ठाउँमा स्वतन्त्र अस्तित्व स्विकारिएको छ । पतिको प्रेम नपाए पनि पतिसेवामा अटल रहने आदर्श पत्नि र सामाजिक ग्रार्हस्थ सम्बन्धमा नअटाएर पनि प्रेम र सद्भावले गर्दा प्रेममा लीन रहने प्रेमिका - दुई भिन्न चरित्रका नारीको जीवन्त गाथा छ नरेन्द्र दाई उपन्यासमा ।
*'''''[[मोदिआइन]]''''' : यो सानो आकारको तर महत्वपूर्ण उपन्यास हो । हजारौं वर्षअघिको महाभारतीय युद्धकथा यसको विषयवस्तु हो । त्यस युद्धमा लाखौं विधवा नारीको प्रेतात्मा प्रतिनिधि नारीका रूपमा मोदिआइन प्रस्तुत उपन्यासकी प्रमुख पात्रलाई विचित्रता साथ संयोजन गरिएको छ । युद्धको परित्याग र शान्ति स्थापना यसको सन्देश हो । अर्जुनलाई प्रेरित गरेर त्यत्रो युद्ध गराए कृष्णले तर आखिर सबैले छोडेर जानुप¥यो । त्यत्रो नरसंहारक युद्धको उपलब्धी के त ? वि.पी. को चिन्तन विश्लेषण यस उपन्यासमा प्रस्ट छ – युद्धत्याग अनि शान्ति स्थापना ।