"चाकाकेदार" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- पछी + पछि )
सा बोट: स्वचालित पाठ परिवर्तन (-नजीक +नजिक)
पङ्क्ति १९:
 
==ठाकुरज्यू महाराज जुम्ला==
यस्तै किवदन्ती जुम्ला जिल्ला कार्तिकेय स्वामी गाउँ विकास समितिमा रहेका ठाकुरज्यू महाराजको छ । त्यहाँको अवस्था वर्णनगर्दा ठाकुरज्यू र विष्टज्यू महाराज दुवै एउटैहुन् एक तलछन भने अर्को माथिछन् । यसको चारैतिर पहाड छ । बीचमा पोखरी छ । पोखरीकोछेउमा ठाकुरज्यू र विष्टज्यूछन् । यी दुवैमा बलि हुँदैन् । गाईको दूध चढाईन्छ । श्रावण पुर्णिमामा पुजिन्छन । न्यौपानेहरु यसका पुजारीछन । यहाँ न्यौपानेलाई पाँणपुजारा भन्दछन । यहाँका बुढापाकाहरुको भनाई अनुसार श्रावण पुर्णिमामा पुजा चलाउनु भन्दा पहिले यहाँ एक जना जोगी आएछन । ती जोगी गाउँबाट हाल ठाकुरज्यू महाराज रहेको स्थानमा जाँदैगर्दा वारकुट्टेवाडाको मान्छे भेटियो । त्यो मान्छे भेटिदा जोगीले अमृत देउ भनेछन् तर त्यस वारकुट्टेवाडाको शाही खान्दानको मान्छेले भनेछ । तँलाई दही दिएर फाईदाछैन वरु घर लगे मेरा बालबच्चा खालान भनि जोगीलाई दही नदिएर घर गएछ । त्यसपछि त्यो जोगी हाल ठाकुरज्यू महाराज भएको तिर लम्कदै गयो । बाटामा न्यौपाने खान्दानको मुख्य परिवारको एक जना लाटो त्यसै स्थानबाट आएछ । त्यहाँ त्यो जोगीले त्यस लाटासँग दही मागेछ । त्यो लाटाले आफुसँग रहेको जम्मै दही जोगीको टपरीमा हाल्दा टपरी भरिएन सबै खन्याउ“दा पनि भरिएन । त्यो टपरी नभरिएपछि लाटो घर फर्केर गयो । घरमा पुगे पश्चात दहीका खाली भाँणा आफ्नो घरको भकारीमा फालिदिएछ । जोगीलाई दही दिँदा भाँणा खालि भएका थिए । घरमा सराद थियो । सरादकालागि भनेर दही ल्याएको थियो । दही तथा गोरस नभए घरमा गाली गर्ने डरले लाटो गाउँमा लुक्न गएछ । लाटो गाउँमा लुक्न गए पछि लाटाको दाजु आएर हेर्दा ती खाली भाँणामा दही भरिएको देख्यो । सामान सबै देख्यो तर मान्छे देखेन । लाटोलाई खोज्न जाँदा त्यो लाटो गोठमा लुकेको देख्यो । त्यस पछि लाटालाई किनलुकेको भनि सोधेछ । लाटालाई सोध्दा लाटाले भन्यो । म आउँदा बाटामा एक जना जोगी भेटियो । त्यसले दही माग्यो । जोगीको सानो टपरी थियो । त्यसमा मैले सबै दही खन्याउँदा त्यो टपरी भरिएन । सबै दही त्यसलाई दिएपछि मेरा दहीका भाँणा खाली भए । घरमा गाली गर्ने डरले म लुकेको हुँ भनेछ । यस पछि उसका दाजुले भनेछन् त्यो देवता पनि हुन सक्छ जा त्यसलाई भेट भने पछि लाटो जोगीलाई भेट्न गयो । जाँदै गर्दा गोठथाप्ला भन्ने स्थानमा जोगी खाना पकाउँदै थिए । खाना पकाउँदा पकाउँदै लाटो त्यहाँ पुगेछ । लाटालाई त्यहाँ देखेपछि जोगीले खाना नखाएर त्यहाँबाट हिडेछन । हिड्दै जाँदा जोगीलाई पानी चिर्खा लागेछ । उल्छेयपानीमा पुगेर पानी खाँन्छु भन्दा पानी नपाएर जोगीले आप्mना घुँडा धसेर पानी निकालेछ र त्यो पानी खाँदा खाँदै लाटो त्यहाँ पुगेछ । लाटो पुग्ना साथ जोगीले थाहा पाएर जोगी त्यहाँबाट हिडेर देउथलादेउली भन्ने स्थानमा पुगेर ठाकुरज्यूको पूजा गर्दा गर्दै लाटो पुगेछ । लाटालाई त्यहाँ देखेपछि जोगी हिँडेछन र लाटो मेरो पछि आँउदा हराउन सक्छ भनि देवल राख्दै गएछन । जोगी विष्टज्यूू महाराज भन्ने स्थानमा पुगेर पूजागर्न थालेछन । त्यहाँ पनि लाटो पुगेछ । त्यहाँबाट देवल राख्दै जाँदा ठाकुर ज्यू महाराज भएको स्थानमा पुगेछन । लाटो पनि त्यही पुगेछ । त्यसपछि जोगी आफू परेवा बनेर ठाकुरज्यू नजिक रहेको पहाडमा बसेछन । त्यहाँ लाटोले जान सकेन परेवा भएको स्थानमा लाटो जाँन खोज्दा आँखा बन्दहुने भए पछि लाटो फर्कन थाल्यो । त्यस पछि जोगी परेवाको रूपमा तल फर्कि आएछन । फर्कि आएपछि भनेछन त यस्तो चीसो ठाउँमा जाडो ठण्डी नभनी आई हालीस अव श्रावण (साउन) पुर्णिमामा मलाई यही आई पुजा गर्नु भनेपछि त्यहाँ ठाकुरज्यू महाराजको पुजाहुन थालेको मानिन्छन । ठाकुरज्यू महाराजले आप्mनो चीनो स्वरुप सुनको हलो र जुवा त्यो लाटालाई दिएछन र भनेछन् तँ मलाई श्रावण पर्णिमामा भेट्न र पुजा गर्न आएस भने पछि लाटो पर्केर घर आएछ । घर फर्कदै गर्दा ठूलाआँखा भन्ने स्थानमा लाटो पुगेछ । त्यहाँ पुगेपछि आचार्यवाडाका मान्छेहरु त्यहाँ घोडी खोज्न गएका रहेछन । घोडी खोज्न जानेले लाटालाई देखेछन् । लाटो सुनको हलो र जुवा दुई हातमा समाती नाईटो नजीक राखेरनजिकराखेर घर फर्कदै थियो । ती सुनको हलो र जुवा आचार्यवाडाकाहरुले मागेछन् तर लाटाले दिएन नदीएपछी आचार्यवाडाकाहरुले लाटाबाट खोसेछन । त्यस पछि लाटो रुदै घर गएछ । घर आए पछि सबै कुरा आप्mना दाजुलाई भनेछ । उसका दाजुले यदि देवता हो भने ती खोस्नेलाई केहीगरि हाल्ला श्रावण पुर्णिमामा आउ“नु भनेकाले हामीले जानु पर्दछ । यसपछि सुनको हलो र जुवा लुटेर लाने आचार्यवाडा गाउँकाहरु एक दिनमा सात जना मर्नथाले । यस पछि आचार्यवाडाकाहरु त्यहाँ नजाने भए यसको दण्ड स्वरुप आशागुर्ज सजाय दिए पछि आचार्यवाडाकाहरुलाई शान्ति भयो । जुम्लामा यिनै ठाकुरज्यू महाराजलाई कार्तिकेय स्वामी भगवान भन्ने चलन छ । यिनकै नामबाट कार्तिकस्वामी गाविसको नाम रहेको छ ।
जुम्लामा दाडेमष्टो र थार्पु मष्टोमा बोका र भेडाको बलि हुन्छ भने दुधे शिलो र देउती बजैमा दूध चडाईन्छ । भोनी र भैरव पनि छन । भोनीलाई दूध र भैरवलाई बोका वा भेडाँको बलि दिईन्छ । जुम्लाको बजार क्षेत्रमा नाथ योगीहरुको पनि बसोबास रहेको छ ।
 
"https://ne.wikipedia.org/wiki/चाकाकेदार" बाट अनुप्रेषित