"राणा शासन" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-काठमाडौं +काठमाडौँ)
सा बोट: स्वचालित पाठ परिवर्तन (-ढंगले +ढङ्गले)
पङ्क्ति १०:
बेलुका अबेर गर्दा पाल्पामा कफ्र्यु लाग्ने डर थियो भने दिउँसै जाँदा मलाई त्यहाँ चिन्छन् कि भन्ने पनि त्रास थियो । त्यसैले हामी झिसमिसे अँध्यारोमा बजार प्रवेश गर्‍यौँ, त्यो पनि मूलबाटोबाट नभई चोरबाटोबाट । त्यहाँबाट हामी सरासर सुन व्यापारी त्रिरत्न शाक्यको पसलमा पुग्यौँ । पसलमा मान्छेहरूको भीड थियो । मैले 'अलिकति सुन बेच्नु थियो साहूजी !' भन्न के पाएको थिएँ, उनले बुझिहाले र मलाई भित्र लिएर गए । लालप्रसाद त्यहीँबाट बिदा भए । म लक्ष्मीप्रसाद श्रेष्ठको घरमा गएर बेलुका बास बसेँ ।
 
१८ पुस २००७ का दिन पाल्पाका ३२ जना युवा टक्सारमा भेला भयौँ र भोलिपल्टबाट आन्दोलन चर्काउने निर्णय गरी सहीछाप गर्‍यौँ । ३२ जनाले सहीछाप गरे पनि भोलिपल्ट १३ युवक र चार युवतीका साथ हाम्रो आन्दोलन सुरु भयो । तीनतारे झन्डा र व्यानरका साथ अघि बढेको जुलुसमा पूरै तानसेन बजारका मानिसहरू सहभागी हुन थाले । तीन ठाउँमा सम्बोधन गर्दा नगर्दै मलाई शीतलपाटीमा घोक्र्याएर समाउन खोजिए पनि त्यो सम्भव भएन । यत्तिकैमा गजब के भयो भने कर्णेल क्षेत्रविक्रम राणाले मेरो हात समातेर 'हामी पनि राजा त्रिभुवनकै समर्थक हौँ, आजलाई जुलुस बन्द गरेर घरघर जाऔँ' भने । म पनि के कम भनिहालेँ, त्यसो भए तपाईंहरू पनि राजाका पक्षमा नारा-जुलुस गर्नुस् न त ! उनले 'सैनिक अनुशासन'का कारण यसो गर्न नमिल्ने बताएपछि हामी आफ्नै ढंगलेढङ्गले जुलुस गर्दै अगाडि बढ्यौँ । त्यस दिन मात्रै मैले १९ ठाउँमा भाषण गरेको थिएँ । यत्तिकैमा चारैतिरका सैनिक पोस्टहरू हटाइए । कफ्र्यु तोडियो । नजरबन्दमा रहेका रुद्रशमशेर राणा पनि मुक्त भए । र, राजबन्दीहरू पनि रहिा हुने क्रम सुरु भयो । यसरी १९ पुसका दिन नै पाल्पाबाट राणाशासनको अन्त्य भयो ।
 
यत्तिकैमा मलाई पाल्पामा वनमा लगेर गोली हानी मारएिको हल्ला वनारसमा खूब चलेछ । भारतका मुख्य समाचारपत्रहरूले ठूल्ठूला शीर्षकमा मेरो सहादतको समाचार प्रकाशित गरेछन् । डिल्लीरमण रेग्मी स्वयंले त प्रधानमन्त्री [[जवाहरलाल नेहरू]]लाई 'नेपाली कांग्रेसका मान्छेहरूले मेरो सोझो र निरपराध कार्यकर्ता कमलराज रेग्मीलाई मारेर घोर अन्याय गरेको' तारसमेत दिल्लीमा पठाएका थिए रे ! वनारसमा साथीहरूले मेरो सम्झनामा 'शोकसभा' मनाउने बन्दोबस्त गररिहेका बेला लखनउबाट प्रकाशित हुने नयाँ सबेराले सत्य समाचार प्रकाशित गरेछ, 'कामरेड कमलराज रेग्मी जिन्दा हैं' शीर्षकमा ।
"https://ne.wikipedia.org/wiki/राणा_शासन" बाट अनुप्रेषित