"बेल्ड एन्ड रोड इनिसिएटिभ" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
सा बोट: स्वचालित पाठ परिवर्तन (-ढंगले +ढङ्गले)
पङ्क्ति २९:
पृष्ठभूमि केलाउँदा सन् २००८ मा सुरु भएको अन्तर्राष्ट्रिय आर्थिक मन्दीबाट यस अवधारणाको जन्म भएको देखिन्छ। चीनले चार दशकदेखि अपनाउँदै आएको ‘राज्य निर्देशित बाह्य निर्यातमूलक आर्थिक वृद्धि रणनीति’ सन् २००८/०९ को बृहत् आर्थिक मन्दीपछि फेर्‍यो। भलै त्यतिखेर उसले नयाँ रणनीतिको नाम किटान गरिसकेको थिएन । खासगरी उसले अमेरिका र युरोपेली बजारमा छाएको मन्दीलाई ध्यानमा राखी आफ्नो उत्पादनको खपत आफैँभित्र बढाउने नयाँ रणनीति अख्तियार गर्दै यसका लागि ५८५ अर्ब अमेरिकी डलरबराबरको प्याकेज अगाडि सार्‍यो।<ref>https://www.nytimes.com/2008/11/10/world/asia/10iht-10china.17673270.html</ref> पूर्वी तटीय क्षेत्र विकसित र आफैँसँग पर्याप्त सञ्चिति तथा प्रविधि पनि रहेकोले त्यसलाई भित्री भागतर्फ सार्दै पश्चिमसँग जोड्ने पूर्वाधार निर्माण गर्न थाल्यो । द्रूततर गतिका रेलमार्ग, सुरुङ मार्ग, राजमार्ग तथा हवाइ मार्गहरूले जोड्यो । खाली बन्जर भूमिमा कलकारखाना, खेतीपातीका नवीन प्रयोग र आधुनिकतायुक्त आवादी विस्तार गर्‍यो।
<br>
तीब्र आर्थिक वृद्धि, आन्तरिक बजारको विस्तार र नवीन आविष्कारमार्फत् स्थापित भएको पुँजी र प्रविधिलाई दिगो बनाउन चीनले सन् २०१३ अक्टोबरमा बाह्य दुनियाँमा निस्किने रणनीतिक सोच अघि सार्‍यो।<ref>https://shilapatra.com/detail/4775</ref> पुरानो [[रेसम मार्ग|रेशम मार्ग]]सँग मिल्दोजुल्दो नक्सा पछ्याउँदै तर नयाँ ढंगलेढङ्गले सामुद्रिक, भूमार्ग तथा हवाइ मार्गबाट आन्तरिक तथा बाह्य सम्बन्ध विस्तार गर्ने त्यही महत्त्वाकांक्षी योजना नै ‘बेल्ट एन्ड रोड इनिसिएटिभ हो।<ref>https://www.bbc.com/nepali/news-47715957</ref> यसलाई चारवटा आयामबाट अघि बढाइएको छ। एक, पूर्वाधार विकासका लागि आवश्यक लगानी बैंक तथा वित्तीय व्यवस्थापन। दुई, विभिन्न मुलुकसँग सहकार्यका लागि मञ्च निर्माण। तीन, सन् २०२१ सम्म निर्माण गरिने परियोजनाहरूको विस्तृत प्रतिवेदन तयार। चार, सन् २०४९ सम्ममा सबै परियोजना निर्माण सम्पन्न गर्ने, जुन वर्ष [[चिनियाँ समाजवादी क्रान्ति]]को सय वर्ष पुग्दै छ।<ref>https://www.thenewsilkroadproject.com/the-new-silk-road</ref><ref>http://www.china.org.cn/china/third_plenary_session/2014-01/16/content_31212602.htm</ref>
==लागत==
आर्थिक उद्देश्यका निम्ति सबै प्रकारका सम्पर्क सञ्जाल, पूर्वाधार र पुँजीको एकीकृत र बहुराष्ट्रिय तवरमा विस्तार गर्नु यस अवधारणाको मूल अभीष्ट हो। यस सञ्जालभित्र रेल, तेल, विद्युतीय ऊर्जा प्रसारण, टेलिकम्युनिकेसन, सडक, हवाइ तथा जलमार्गको एकीकृत सञ्जाल पर्दछन्। यसभित्र हुने व्यापार व्यवसाय र कारोबारहरु आकलनकै क्रममा छन्। यस पहलका लागि पूर्वाधार बनाउन मात्र कति खर्च लाग्छ भन्नेमा विभिन्न आकलन गरिएका छन्। एउटा अध्ययनअनुसार यो महत्त्वाकांक्षीय परियोजना सन् २०२० को दशकमा मात्र ८ खर्ब अमेरिकी डलर खर्च हुनेछ। यो रकम विश्व साझेदारीको ढाँचाबाट जुटाइनेछ।<ref>https://economictimes.indiatimes.com/news/international/business/backlash-could-cost-xi-jinpings-belt-and-road-800-billion-report-says/articleshow/71102781.cms</ref><ref>https://www.bakermckenzie.com/en/newsroom/2019/09/bri</ref> [[एसियाली पूर्वाधार लगानी बैंक]] बहुराष्ट्रिय र बहुपक्षीय साझेदारीका माध्यमबाट वित्तीय स्रोत व्यवस्थापनको यस्तै एउटा उपकरण हो।