"नेपालको झन्डा" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
सा बोट: स्वचालित पाठ परिवर्तन (-ढंगले +ढङ्गले)
पङ्क्ति ३२:
==नेपाली राष्ट्रिय-झण्डाको पुनरावलोकन==
 
विसं २०१९ पूर्व नेपालको झन्डामा एकरूपता थिएन। झन्डाको स्वरूप त यस्तै थियो। तर, मानिसहरू मनलाग्दी ढंगलेढङ्गले झन्डा बनाउँथे। सरकारी कार्यालयमै पनि फरक-फरक किसिमका झन्डा फरफराइरहेका हुन्थे। कसैले माथिल्लो भागको त्रिभुज लामो बनाउँथे, कसैले तल्लो भागको। लम्बाइ, चौडाइ र उचाइमा एकरूपता थिएन। कसैले चन्द्रमा एक ढाँचाको बनाउँथे भने अर्कोले सूर्य अर्कै ढाँचाको। कतिसम्म भने चन्द्रमा र सूर्यमा नाक, आँखा र मुख राखेर झुन्ड्याएका झन्डा पनि देखिन्थे।
 
त्यतिबेलासम्म यो झन्डालाई संवैधानिक मान्यता थिएन तर व्यवहारमा भने यही झन्डा राष्ट्रिय झन्डाका रूपमा प्रयोग भइरहेको थियो। सबैतिर यही झन्डा फरफराइरहेको थियो।
पङ्क्ति ३८:
यत्तिकैमा ०१९ सालमा संविधान मस्यौदा समिति बन्यो। त्यस संविधानको अनुसूचीमा उल्लेख गर्नका लागि यसको लम्बाइ, चौडाइ र उचाइको अनुपात मिलाउन ज्यामितीय सूत्रको प्रयोग गरियो, जसलाई पाइथागोरस त्रिकोण भनिन्छ। यो भनेको ३, ४ र ५ को अनुपात हो। यसलाई अनन्त अनुपात पनि भनिन्छ। त्यसभन्दा राम्रो अनुपात अरू हुन सक्दैन। हरेक मानिस आफ्नो राष्ट्र अनन्त कालसम्म दिगो रहोस् भन्ने चाहन्छ। यसमा त्यही अभिप्रायः अन्तरनिहित छ।
 
चन्द्रमा मन र बुद्धिको प्रतीक हो भने सूर्य ऊर्जा र पौरखको प्रतिविम्ब हो। मन र बुद्धिको अधीनमा ऊर्जा र पौरख बस्नुपर्छ भन्ने अर्थमा चन्द्रमा माथि र सूर्य तल राखेँ। त्यसैले पनि हाम्रो झन्डा ज्यादै अद्वितीय खालको छ। यसले सत्व, रज र तम गुणको मात्र प्रतिनिधित्व गरेको छैन, सबै जातजाति, धर्म र सांस्कृतिक परम्पराको पनि प्रतिनिधित्व गरेको छ। यसको मानक तयार गर्ने क्रममा यी सबै कुरामा ज्यादै सूक्ष्म ढंगलेढङ्गले विचार पुर्‍याइएको थियो। संसारमै यस्तो मोडेलको झन्डा अरूको छैन।
 
पहिले चन्द्रमा तल र सूर्य माथि राखिएको थियो। शाहवंश आफू चन्द्रवंशी भएकाले चन्द्रमा माथि र सूर्य तल राखे भन्ने भनाइ पनि पाइन्छ। कतै कतै यो लिखित रूपमा पनि रहेको छ। मलाई त यो ज्यादै हास्यास्पद लाग्छ। किनभने, नेपालको झन्डामा चन्द्र र सूर्य राख्न थालेको सूर्य र चन्द्रवंशीका पालामा होइन। जतिबेला ती वंशको अस्तित्व नै थिएन, हाम्रो झन्डामा सूर्य र चन्द्र अङ्कित थिए। हाम्रो झन्डा त ज्यादै प्राचीन हो।
 
मुलुकको पहिचानका निम्ति पनि राष्ट्रिय चिन्हहरूको आवश्यकता पर्छ। राष्ट्रिय चिन्हहरूले मुलुकको परम्परा, भेषभूषा र रहनसहन एवं सांस्कृतिक पहिचानलाई विचार गरेको हुन्छ। विभिन्न मुलुकको भ्रमण गर्दा मैले देखेको कुरा पनि त्यही हो। कतिपय इस्लामिक देशका झन्डामा चन्द्रमा देख्न सकिन्छ। त्यसैगरी, बौद्ध धर्ममा चन्द्रमा र सूर्यको आफ्नै ढंगलेढङ्गले व्याख्या गरएिको छ। त्यसैले यो कुनै अमुक जातजाति र धर्मविशेषको होइन, सम्पूर्ण मानव जातिको प्रतिनिधित्व गर्ने चिन्ह हो।<ref>[http://www.ekantipur.com/nepal/article/?id=1783 यसरी बन्यो राष्ट्रिय झन्डाको मानक -शंकरनाथ रिमाल]</ref>
 
[[File:Flag of Nepal 6.jpg|thumb|right|काठमाडौंको माइतीघर मण्डलामा फहराई रहेको नेपालको झण्डा]]