"किराँत जाति" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-अवस्य +अवश्य)
सा बोट: स्वचालित पाठ परिवर्तन (-चौंथो +चौँथो)
पङ्क्ति २६:
वंशावलीहरूमा सबैभन्दा पुरानो र विश्वासी मानिने गोपालराज वंशावलीले यलम्बर लगाएत ३२ जना किराती शासकहरूले १६६३ वर्ष ८ महिना शासन गरेको उल्लेख छ । राइट वंशावलीले २८ जनाले १११८ वर्ष र कर्कपेट्रीकले २७ जना शासकले १६३० वर्ष शासन गरेको लेख्दछन् । के. पी. जयसवालले २८ जनाले ७०० वर्ष भनी उल्लेख गरेका छन् । भाषा वंशावलीले २८ जना, सिल्वाँ लेवीले २४ जना र इतिहास प्रकाशंमा २९ जनाले शासन गरेको देखाईएको छ तर शासन अवधिका बारेमा भने यिनीहरूले खुलाएका छैनन् । पहिलो किराती राजा यलम्बरलाई भाषा वंशावलीमा किरातेश्वर महादेवको अवतारका रूपमा मानिएको छ । राइट वंशावलीमा महाभारतको चर्चा गर्दै सातौं किराती राजा जितेदास्तीले महाभारतको युद्धमा भाग लिएको उल्लेख गर्दै उनको मृत्यू पनि सोही युद्धमा भएको चर्चा पाइन्छ । बौद्ध वंशावललीहरूमा सातौं किराती राजा जितेदास्तीको समयमा गौतम बुद्ध नेपाल खाल्डोमा आएको प्रसँग उल्लेख भएको पाइन्छ ।
 
राईट वंशावलीमा छैटौ किराती राजा हुमतीको समयमा अर्जुनको किरातेश्वरसँग युद्ध र वर प्राप्तीको कथा पाइन्छ । प्रमुख किराती राजामा चौंथोचौँथो राजा स्थुंको नाम आउँछ । वंशावलीमा यिनको शासनकालमा सम्राट अशोकको आगमन भएको उल्लेख पाइन्छ । उनीले नेपाल खाल्डोमा आई आफ्नी छोरी चारुमतीको विवाह यहीका क्षेत्रिय राजकुमार देवपालसँग गरी किरातहरूको राजधानी पाटन शहरका चारकुना र बीच भागमा एक एक स्तूप बनाउँन लगाएका थिए । अन्तिम किराती राजा गस्तीको समयमा पश्चिमका सोमवंशी राजा निमिष टंकारले नेपाल खाल्डोमा आक्रमण गरी किरातहरूलाई पराजित गरे । यस पछि यो जाति क्रमसः पूर्वतर्फ लागेको अनुमान गर्न सकिन्छ । तर कर्कपेट्रिकले किरातहरूलाई पराजित गर्ने निमिस टंकारलाई सूर्यवंशी लिच्छवि मानेका छन् ।
<ref>Bhojpur.com</ref>
 
"https://ne.wikipedia.org/wiki/किराँत_जाति" बाट अनुप्रेषित