"गुरुङ जाति" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
सा बोट: स्वचालित पाठ परिवर्तन (-गर्दछौं +गर्दछौँ)
पङ्क्ति ७१:
तमुजातिमा पच्यु सबभन्दा पुरानो पुरोहित मानिन्छ भने त्यसपछि क्ल्हेप्री। धेरै विधिमा यिनीहरू दुवै पुरोहितहरू उस्तै छन्। ती दुवैले एकै भाषा प्रयोग गर्छन्। ती दुवै चोँ नाँस भएर आदि पुर्खाको लोकसँग सम्बद्ध छन् तर तेस्रो पुरोहितको रूपमा बोन्पोलमले तिब्बती भाषामा शास्त्र (छ्योय) पढछ, जुन तमुहरूले बुझ्दैनन्। मुख्य यज्ञहरूमा क्ल्हेप्री र वोन्पो लमलाई पच्युको साथ चाहिन्छ। मुस्ताङमा पच्युको निम्ति फलिप्रो म्हार्सों र क्ल्हेब्रीको निम्ति लिप्रो म्हार्सों गरी दुई गोटा क्होइवो (मन्दीर) हरू थिए।
 
तमुजातिको इतिहासको पहिलो पानामा पच्यु (स्यामाँ क्ह्रोलु) लाई जन्माएको छ भने पच्युको इतिहासबाट क्ल्हेब्रीको जन्म भएको छ र त्यसपछि पच्यु र क्ल्हेब्रीको इतिहासबाट बोन्पोलमको जन्म भएको छ। सबैलाई आआफ्नो कार्यको लागि शक्ति संरचना गरेको छ जुन शक्ति पञ्चमहाभूत शक्तिहरूको समग्र रूप हो। जसलाई तमुकी (चोंक्युई)मा सारगी ह्रोरै फैला करने क्ह्याला छ्योवा नामले पुकारिन्छ। यही शक्तिको शरणमा हामी क्ल्हेसोदी प्ह्रेसोंदीको प्रार्थना गर्दछौंगर्दछौँ, जसलाई शक्तिको मूल रूप (स्रोत) मान्दछौं। पच्युले यिनै शक्तिको आधार लिएर मोँ सैवा (ह्राँ स्योवा) अर्थात् मोंकु, चैंकु, ट्हीकु, थाकु, रिकु गर्ने गर्दछ र क्ल्हेब्रीले पनि यही शक्तिको आधारमा क्ल्हेसोंदी प्ह्रेसोंदी)को प्रार्थना गर्दै ह्रो स्योवा (क्याँ थोंवा) गर्ने गर्दछ। अर्को बेग्लै काम क्ल्हेब्रीले थाँ क्यारवा गर्दछ। पच्यु क्ल्हेब्रीले ह्राँ ह्रीँ पन्छाइसकेपछि क्याँ छोँवा (स्योवा) गर्दछ। पच्युले दुष्ट आत्म (मोँ) लाई तन्त्रमन्त्र लगाएर विधिपूर्वक मार्नुलाई मोँ सैवा ख्राल चैंवा क्याँ तेवा भनिन्छ भने क्ल्हेब्रीले नौ तालमा नाच्नु भनेको पच्युले मारेर ढली राखेका दुष्ट आत्महरूको लासलाई पन्छाउँदै बाटो सफा गर्नुलाई क्याँ थोँवा (स्योवा) भनिन्छ।
 
==तमु (गुरुङ)का थर-उपथरहरू==
"https://ne.wikipedia.org/wiki/गुरुङ_जाति" बाट अनुप्रेषित