"द्रोणाचार्य" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- आफु + आफू )
सा बोट: स्वचालित पाठ परिवर्तन (-खुशि +खुसी)
पङ्क्ति ५८:
 
== परशुराम सँगको भेट ==
[[परशुराम अवतार|परशुराम]]ले ब्राह्मणहरुलाई धन बाँडिरहेका थिए भन्ने सुनेर पहिले उनी कहाँ गए, तर ढीलो पुगे । पहिलेनै सबै धन दिएर परशुराम जंगल तिर जान लागेका थिए । तर द्रोणलाई केही गरी दिने इच्छा भएर द्रोणलाई शस्र प्रयोग गर्ने शिक्षा प्रदान गरे र द्रोण सर्बोत्तम आचार्य भएका थिए ।  द्रोणले खुशिखुसी भएर मन्जुर गरे । त्यसै पनि धनुर्धारी भएका ब्यक्ति अझ ठूलो धनुर्धारी भई युद्धकलामा पनि निपूर्ण भएकोले कुनै राजाको घरमा गुरु हुने उत्सुकता भयो । उनी सैनिक विद्याको अद्वितीय आचार्य भएका थिए ।
 
== द्रुपदसँग बैमनस्यता ==
बाबु मरेकाले त्यति बेला नै [[द्रुपद (महाभारत)|द्रुपद]] राजा भएका थिए । पहिलेको घनिष्टता र आधा राज्य सम्म पनि दिने द्रुपदको वचन याद गरेर द्रुपदले अवश्य पनि सहयोग गर्ने छ भन्नेविश्वास गरेर द्रोण राजा द्रुपद कहाँ गए । तर द्रुपदलाई विद्यार्थि भएको बेला भन्दा धेरै फरक भएको पाए । उनले पुराना साथी द्रोण भनि परिचय दिँदा द्रुपद खुशिखुसी हुनु कताकता असह्य ब्यबहार गरे । धन र शक्तिले मात्तिएका द्रुपदले भने – “ओ ब्राहण, तिमीले मलाई हेलमेल भएको घनिष्ट साथी भनेर कसरी भन्न सक्यौ ? गद्दी नरसिङ्ग राजा र फिरन्ता जोगीको कसरी मित्रता हुन सक्ने ? धेरै वर्षको चिना जानि सम्झेर राजकाज चलाउने राजासंगको मित्रता दाबि गर्ने तिमी कस्ता मूर्ख हौ ? धनि र माग्नेको, बिद्वान र मूर्खको, बीर र काँतरको बिचमा कसरी मित्रता हुन सक्छ ? मित्रता भनेको बराबरीकाहरुको बिच मात्र हुन सक्छ । फिरन्ते जोगीको मित्र बादशाह हुन सक्तैन ।" द्रुपदको घृणाको कुरा सुनेर मनमा रीसको ज्वाला लिएर दरबारबाट द्रोण फर्के । यस अपमान र पहिलेका मित्रताको दाबिलाई इनकार गरेकोमा द्रुपदलाई पाठ सिकाउने मन मनै प्रण गरे ।
 
== पान्डव /कौरवका राजगुरु ==
पङ्क्ति ७५:
पहिले दुर्यधन र उनका भाइहरुलाई पठाए । गुरुले भने जस्तै कार्य पूरा गर्न उनले अह्राए बमोजिम गए । तर पूरा गर्न सकेन । त्यस पछि पाण्डवहरुलाई पठाए । द्रोणले भने जस्तै उनिहरुले द्रुपद र उनका मंत्रिहरुलाई कैदि बनाएर द्रोणलाई बुझाइ दिए । द्रोणले हाँसि हाँसि [[द्रुपद (महाभारत)|द्रुपद]]लाई संबोधन गरी भने – “बडा राजा नडराउ, तीमीलाई केहि गर्ने छैन । केटाकेटीमा हामी संगति थियौँ । तर तिमीले यो कुरा बिर्सेर मलाई अनादर गरेका थियौ । राजा मात्र राजाको साथी हुन सक्छ भनेका थियौ । अब तिम्रो राज्य जितेर म राजा भएको छु । अझ पनि तिम्रो मित्रता पाउन म खोज्द छु । त्यसैले मैले जितेर मेरो भै सकेको राज्यको आधा तिमिलाई दिन्छु । बराबरीमा मात्र मित्रता सम्भव छ भन्ने तिम्रोविश्वास थियो । अब तिम्रो राज्यको आधा आधा भाग पाएर हामी दुबै जना बाराबरीका भएका छौँ । आफुलाई भएको अनादरको पुरा प्रतिकार भइ सक्यो भन्ने ठानी उनले द्रुपदलाई छाडि दियो र स सम्मान  गरे ।
 
द्रुपदको घमण्ड यसरी गि-यो । घाउ चोट निको हुन्छ तर अनादर भनेको कहिल्यै निको नहुने  भएकोले द्रोण उपरको शत्रुता र उनी माथि रीस फेर्ने इच्छा द्रुपदको मनमा जीवन भर नै रहि रह्यो । राजाले द्रोणलाई मार्ने एउटा छोरा र [[अर्जुन]] सँग बिबाह गरी दिन एउटी छोरी बरदान दिन देबताहरुलाई खुशिखुसी पार्न यज्ञ, ब्रतहरु गरे । जसको फल स्वरुप छोरा दृष्टद्युम्न र छोरी [[द्रौपदी]] पाए । उनका प्रयास सफल भए ।
 
== बिरगती  ==
"https://ne.wikipedia.org/wiki/द्रोणाचार्य" बाट अनुप्रेषित