"उदयदेव मन्दिर" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- हरु +हरू )
सा बोट: स्वचालित पाठ परिवर्तन (-कैयौं +कैयौँ)
पङ्क्ति २६:
==ब्रह्म उदयदेवको परिचय==
<ref>स्थानिय भनाइ </ref>
आजभन्दा ४७३ वर्ष अगाडि अर्थात् सम्वत् १६०० तिर वैतडी जिल्लाको ‘स्वराड’ राज्यमा उदयदेव चन्दको जन्म भएको थियो । त्यतिबेला सुदूरपश्चिम नेपालका ‘स्वराड’ लगायत अधिकांश राज्यहरु जुम्ला राज्यका अधिनमा पर्दथे । पहिलेका चन्दराजाहरु महाकाली भगवतीलाई ईष्टदेवी र सिद्घनाथलाइ कुलदेवता मान्ने गर्दथे ।चन्द वंशावली अनुसार राजा विनयदेव चन्दका उदयदेव, रानादेव, भानादेव, र जगतदेव गरी चार छोराहरु थिए । यी चार भाइ मध्ये जेठा उदयदेव ‘काली माता’ का अनन्य भक्त थिए । उनी बढी जसो माता काली र शिवको ध्यानमा लिन भइरहने गर्दथे । उनको ईच्छा र अभिरुची राज्य सञ्चालन तर्फ नभै ‘काली उपासना’ र सिद्घि प्राप्त गर्ने तर्फ बढि ध्यान केन्द्रित भएकोले गर्दा उनको राज्य साँघुरो र राज्यकाल छोटो हुन गएको थियो भन्ने किंवदन्ती छ । दुर्गा र कालीका उपासक उदयदेवले कैयौंकैयौँ प्रकारका दुर्लभ सिद्घिहरु समेत प्राप्त गरेका थिए भन्ने किंवदन्ती छ । एकदिन उनी पाटन नजिकै रहेको सुर्नया नदीको किनारमा पर्ने ‘तिप्तरे सिद्घ’को गुफामा ध्यान गर्न गए । त्यस पछि उनी दरबारमा फर्किएनन्। त्यहीं बाटै अलप भए । उनको खोजी गर्दै जाँदा उनी कतै नभेट्टीए पछि आकासवाणी भयो “मेरोे अस्तित्व शिवशक्तिमा विलय भएको छ । महाकाली र सिद्घनाथको परिसर भित्रै पश्चिम पट्टी एउटा शिला छ त्यस शिलालाइ उत्खनन गरी स्थापना गर्नु र त्यसैलाइ मेरो स्वरुप मानी पूजागर्नु ”। त्यसपछि आकासवाणीबाट ईङ्गीत गरिएको ठाउँमा उत्खनन् गर्दा सो शिला पनि भेट्टियो । उक्त शिलालाइ त्यहीं नजिकैको स्थानमा स्थापना गरी सम्वत् १६६२ देखि नियमित पूजा–आजा चलाइएको इतिहास छ । जो हालसम्म निरन्तर रहिआएको छ ।
स्थानीय भाषामा गाइने यस मागल गीतले यो कथानकलाइ थप प्रष्ट पारेको छ :
*काँ फूटी उब्जीगया शिवजी लिङ्ग ।
पङ्क्ति ३५:
*आकासवाणी हुन उदयदेव ।।
 
कालीका अनन्य भक्त मानिएका उनी नश्वर देहत्याग गरे पश्चात भगवतीका पार्षदको रूपमा स्थापित भई यस क्षेत्रमा पुजिदै आएका हुन् । अहिले यहाँका स्थानीय निवासीहरु विशेष गरेर चन्द ठकुरीहरुका यिनी कुलदेवता मानिन्छन् । यसदेवताको आल वा (क्षेत्रभित्र) कैलपाल, समैजी,मसानी, सिमडा,लोटने,महारुद्र, सिद्घबाबा, महाकाली नामक देवी–देवताहरु रहेका छन् । अहिले भगवान श्री कृष्णको मन्दिर पनि यस क्षेत्र नजिक बनाइएको छ । सुदूरपश्चिम क्षेत्रका अन्य देवस्थानहरु शिवायल, दुर्गा, काली, गणमेश्वर, शिवनाथ, असिमीकेदार, राउलाकेदार, महारुद, समैजी, थलकेदार, भागेश्वर, बैजनाथ, मेलौली, निङ्गलासैनी ,त्रिपुरासुन्दरी, र भारतको कुमाउँमा पर्ने जागेश्वर र नन्दादेवीमा पनि वार्षिक पूजा वा जात्राहुँदा उदयदेवका धामीलाइ पनि बोलाइन्छ र सम्मान गरिन्छ । यी कैयौंकैयौँ देवस्थानहरुमा उदयदेवको आफ्नै ‘बिँडी’वा (राजसिंहासन)हरु रहेका छन् । बैतडीकै तल्लो स्वराड क्षेत्रमा पर्ने मेलौली भगवतीको वाषर््िाक पूजा/जात्रा हुँदा मेलौलीका मुख्य धामीका संङ्गै उदयदेवका धामी पनि ‘चक्डोल’ अथवा (दशौं मानिसहरुले बोक्ने सुन्दर देवरथ)मा सवार हुन्छन् । यसरी यहाँको जन–मानसले उदयदेवलाई प्रसस्तै सम्मान दिएको पाइन्छ । प्राचीन संस्कृत ग्रन्थमा यसक्षेत्रको महिमा यसरी वर्णन गरिएको पाइन्छ ।
 
*पाश्र्ववर्ति महाकाली सर्वदा शक्ति दायिनी ।