"गुरुङ जाति" का संशोधनहरू बिचको अन्तर

सा
बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
सा (बोट: स्वचालित पाठ परिवर्तन (-आठौं +आठौँ))
सा (बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट ))
तमु परम्परामा एक ठाउबाट अर्को ठाउँमा बसाई सर्दा अघिल्लो ठाउको परिवेश जस्तै देखिएमा नया ठाउँलाई पनि पुरानै नाम राखिने चलन थियो। मानिस मरेपछि उसको मृतात्मा पहिले क्‍होकुली म्हर्स्यो नामक तालको पानी मुनी जान्छ भन्ने विश्वासको कुरा तमु शास्त्रले भन्छ। तिब्बतको उत्तरपूर्व, चीनको क्वीन्घाई प्रान्तमा बीचमा टापु भएको अति ठूलो ताल गण्डकी अञ्चल जत्रो क्षेत्रफल भएको कोकोनोर (चिनघाई) पर्दछ। यो पश्चिम मंगोलियाको सातवटा तालमध्येको हारा उसा नुर जस्तै बीचमा टापु भएको ताल छ र यस नजीकका ठाउहरूको नाम आखिरीमा च्वों शब्द जोडिएको छ। जस्तैः लान्चो, लियाङ्चो, कान्चो, सुनचो आदि। ती नामहरू तमु शास्त्रमा वर्णन गरिएको च्वों नामक गाउको शब्दबाटै नामाकरण भएको प्रतीत हुन्छ। त्यस्तै गरी त्यहा देखि दक्षिणतिर स नासा, त्हो नासा, सि नासा र क्रों नासा नामक ठाउहरू क्रमश चीनका प्राप्तहरू क्वीन्घाई, कान्सु, सिचुआन र युनानमा पर्ने हुनसक्छ। चीनको अल्प संख्यक समुदाय मध्येको टु जाति लान चो वरिपरि बस्दछ र नाक्सी जाति सिचुआन र युनान प्रान्तमा बस्दछ। तमुका दुईवटा थरको नाम पनि टु र न्हान्सी भनिन्छ। पहिलो तिब्बतीहरू तिब्बतमा पूर्वी सीमाका क्वीन्घाई, कान्सु, सिचुआन, युनान प्रान्तहरूबाट प्राचीनकालमा प्रवेशिएको हुनु पर्दछ। पछि तिब्बतमा हान जातिका मानिसहरू भित्रिए। सीमान्त क्षेत्रका जातिहरूको निमित्त पूर्वी तिब्बतमा रहेको चाम्डो (छ्याम ट्हो राम्रो गाउ) नै प्रवेश र्‍ार भएको देखिन्छ। चाम्डो नजीक कारो नामक ठाउमा प्राचीन मानव बसोबास ४,६०० वर्ष भन्दा पहिले भएको भन्ने कुरा प्रमाणित भैसकेको छ। हानहरूले त्यहा फापर उमारेकोले त्यसलाई खाम भनियो। सम्भवत तेस्रो प्रवेशी समूहको रूपमा म्हिन कुगी (तमु) हरूले त्यहा हानहरूलाई बसाई सराईको पालो दिए। त्यसबेला त्यो ठाउ व्यापक पशुपालन क्षेत्र र महत्वपूर्ण व्यापारिक स्थल पनि भैसकेको हुनसक्छ।
 
चाम्डोबाट म्हिन कुगीहरू पश्चिम ल्होका क्षेत्रको यार्लुङ उपत्यकातिर लागे। त्यहा १०००बी.सी.तिर तिनीहरूलाई प्रचलित रूपमा तमु भनेर चिनियो र समयको अन्तरालमा पच्यु पुरोहित रहेको वोन धर्म (बुद्ध धर्म भन्दा अघिको) फस्टायो। त्यहा बाटत्यहाबाट केही पुरोहितहरूले च्वों नासा (गाउ ) तिर तीर्थाटन गरेको हुन सक्छ। तमुहरूको अर्को समूह ल्होकाको पश्चिमतिर बसाई सरेको हुनु पर्दछ। ल्होका क्षेत्रमा चेताङ ठाउ नजीक चन्ताङ गोसी भन्ने डाँडा छ। पच्चिस सय वर्षअघि त्यहा तिब्बती इतिहासमा वर्णित न्या (त्रि) चन (पो)सगको ऐतिहासिक भेट र तमु शास्त्रमा उल्लेखित न्ह चन (लम्बिएको कान वाला)को कथा ठ्याम्मै मेल खान्छ, एकै हो। गोठालाहरूले भेटेको एक्लो बलियो न्ह चन उनीहरूसगै मिलेर गाउमा बसे। उनले गाउलेहरूको खतरापूर्ण गाह्रो कामहरू सघाए। पछि उनलाई नोचन ह्रोँले चिनियो। उनलाई चाफि पामि्रस्यो कन्यासग विवाह गराई दिए। उनका सन्तानहरूलाई कोन्म थर भनियो।
 
१०० बी.सी.तिर पच्युहरूमध्येबाटै क्ल्हेब्री (क्यार वो)को उदय हुनु अघि नै यता तमुहरू मुस्ताङ क्षेत्रमा बसोबास गरिसकेको हुनसक्छ। उता चनपो राजपरम्पराको ३३ औं शक्तिशाली राजा स्रोङचोन गम्पो (६२९ - ६५० इ.सं.)को पालामा तिब्बत एकीकरण भयो र ल्होकाको राजधानी साङपो नदी पारी उत्तरतिर ल्हासामा सारियो। त्यस ताका पूर्वी सीमा क्षेत्रका थुप्रै मानिसहरूलाई सैनिक पेशामा भित्र्याइयो। वोन परम्पराको साथसाथै बुद्ध धर्म (लामावाद होइन) अङ्गालियो। पछि आठौँ शताब्दीमा भारतीय बज्रयानी गुरु पद्म सम्भवले निग्मापा शाखाको लामावाद स्थापना गरे। उनले महायानी बौद्ध, वोन विश्वास (पञ्चदेव), हिन्दू संस्कार (गरुड पुराण) र बज्रयानी तन्त्रमन्त्र मिसाएर तिब्बती बुद्ध धर्म अर्थात् लामावाद लोकप्रिय बनाए। तिब्बतीहरूले बुद्धलाई भन्दा बढी उनलाई ॐ मनि पद्म हु भनी पूज्न थाले। राज्यसत्ताको आडमा लामावादीहरूले वोन्पोहरूलाई दबाब बढाए तापनि तिब्बतमा तेह्रौं शताब्दीसम्म वोन धर्मको प्रभाव बलियो रह्यो। जे भए तापनि स्रोङचन गम्पोको पाला भन्दा धेरै शताब्दी अघि तिब्बत छाडिसकेको हुनाले तमु वोन पुरोहितहरूले पढ्दा उनको बारेमा उल्लेख गरिएको पाइदैन।
क्होलमा प्येताँ ल्हुताँ (ठेट वोनवाद)को पुनरावलोकन भयो। शताब्दियौं लामो बसाई सराईको सन्नाटा पछि त्यहा केही सामयिक अध्यायहरू थपिए। मंगोलाईड आकृतिका तथा टिबेटो वर्मन भाषी तमु जातिका मानिसहरूले त्यहा त्यति बेलातिर आफ्ना शास्त्र, संस्कार, अर्घुं, कूलपूजा, यज्ञ, पार्क, ल्होसार, ढुकोर, रोदी आदि तथा संस्कृति र परम्पराको सुधारको निम्ति प्रयास गरे। यी जातीय विशेषताहरू हिन्दू आर्य जातीयता भन्दा पूर्णत भिन्न छन्।
 
मनाङ जिल्लाको मध्यउत्तर भागमा पर्ने नारमा पछि आएका तिब्बती वोन्पो लमसग पुरोहित्याइ सिक्न चिलि (सिक्लिस) बाट कोन्म थरका केही तमुहरू गएको बारे एक पौराणिक कथन छ। त्यहा बाटत्यहाबाट फर्कंदा सिकलाई पूरा भएकोलाई लम र नभएकोलाई लेम भनियो। तब कोन्महरू आ आफ्नो धेरै नजीकका भाइहरू समेटिएर कोन(नगएकाहरू) लम र लेम गरी तीन उपथरमा बाडिए। वोन्पो लम अनुयायी लम र लेमले पच्यु, क्ल्हेब्री अनुयायी कोनसग वैवाहिक सम्बन्ध गास्न थाले। वास्तवमा यी तीनै उपथरका सोंगीहरू एकै पूर्खाका सन्तान हुन्। यस बाहेक उनीहरूले आफ्नो दरिलो समूह बनाए। पछि चिलिको सामरी क्ले (घले) राजाको पालामा लम र लेमले घलेका छोरीहरू विवाह गरे भनिन्छ। पूर्खा बेग्लै भए तापनि कोनले घलेसग मुसेर दाजुभाइको नाता कायम राखी परम्परा बद्लेन। वोन्पो लमद्घारा गुरु भन्ने उच्च सम्मानको शब्द परिभाषित भयो र पछि अरु जात, जातिबाट भिन्न पहिचानको रूपमा तमु शब्द कम प्रयोग भई गुरुङ शब्द प्रचारित भयो।
 
 
७०,५६९

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/893818" बाट अनुप्रेषित