"भानुभक्तीय र तुलसीकृत रामायण" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-काठमाडौं +काठमाडौँ)
सा बोट: स्वचालित पाठ परिवर्तन (-आठौं +आठौँ)
पङ्क्ति ७:
 
===गोस्वामी तुलसीदास (वि.सं.१५५४—१६८०)===
हिन्दी साहित्यका '''महाकवि तुलसीदास''' संस्कृत साहित्यका समेत टुला विद्वान् हुन् । वेदवेदाङ्गका गहन अध्येता हुनुका साथै श्री रामका अनन्य भक्त एवं उपासकका रूपमा यिनी विश्व प्रसिद्ध मानिन्छन् । विक्रम संवत् १५५४, श्रावण शुक्ल सप्तमीका दिन [[भारत]]को प्रयाग जिल्ला अन्तर्गत राजपुर भन्ने स्थानमा यिनको जन्म भएको हो भने वि.स.१६८० मा [[वाराणसी]]को असीघाटमा रामनामको मन्त्र जप्दै यिनले आफ्नो नश्वर भौतिक शरीरलाई विसर्जन गरे । सांसारिक सुखभोग र विषयवासनालाई चट्ट त्यागेर भक्तिमार्गमा लाग्ने पे्ररणा तुलसीले आफ्नी पत्नीबाट प्राप्त गरेका थिए भन्ने कुरा उनको जीवनीबाट अवगत गर्न सकिन्छ ।उनको जीवनीका अनुसार एकपटक तुलसीदासकी प्रिय पत्नी माइत गइछन् । आशक्तिका कारण उनी पनि बेलुका टुप्लुक्कै पुगेछन् ससुराल । उनलाई देखेपछि उनकी पत्नीले अचम्म मान्दै भनिछन्— धिक्कार छ तिमीलाई र तिम्रो स्त्रीलम्पटतालाई । मेरो हाड र मासुको शरीरमा जति तिम्रो आशक्ति छ, त्यसको एक चौथाइ मात्र भए पनि भगवान्मा हुन्थ्यो भने तिम्रो बेडापार हुनेथियो । त्यसबेला तुलसीदासकी प्रियतमाका ती शब्दवाणहरू सझै आएर उनका कोमल हृदयमा गाडिए । घायल तुलसी एकक्षण पनि नरोकिई त्यहाँबाट फर्किए । तत्काल उनले गृहस्थ वेश परित्याग गरी साधुवेश धारण गरे । भनिन्छ तुलसीदासलाई काक भुसुण्डी, हनुमान्, रामलक्ष्मण, याज्ञवल्क्य समेतको दर्शन गर्ने सुअवसर प्राप्त भएको थियो । पूर्ववर्ती महाकाव्यकारको अनुसरण गरी प्रारम्भमा तुलसीले संस्कृत भाषामा रामकाव्य रचना गरे, तर रात्रिका समयमा ती सबै हराउँथे । आठौंआठौँ दिनसम्म त्यही घटना दोहोरिरह्यो । सोही रात सपनामा [[शङ्कर]] भगवान्ले तुलसीलाई [[अयोध्या]] गएर बस्न र आफ्नै भाषामा काव्य रचना गर्न आदेश र आशीर्वाद दिए । सपनाको सो आशीर्वादपछि वि.सं.१६३१ रामनवमीका दिन आरम्भ गरेर १६३३ रामविवाहका दिन तुलसीदासले [[रामचरितमानस]]लाई पूर्णता प्रदान गरेको देखिन्छ ।
 
==विशेषता==
पङ्क्ति ५६:
:भन्छन् धन्यै रह्याँछू सहज नमिलन्या पाउका छाप देख्याँ
:ब्रह्माजीले नपाउनू छ त पनि सहजै माथले आज टेक्याँ ।।
पन्द्र अक्षरको एक पाउ हुने र चार पाउको एक श्लोक हुने '''मालिनी''' छन्दको गण समूहमा न न म य य हुन्छ भने प्रत्येक पाउको सातौं र आठौंआठौँ अक्षरमा विश्राम हुन्छ । यो छन्द विशेष गरी सुन्दरताको वर्णनमा प्रयोग भएको पाइन्छ र भानुभक्तले पनि लङ्का शहरको सुन्दरताको वर्णनमा यस छन्दको प्रयोग गरेका छन्, जस्तै—
:घर पनि सुनकै छन् गल्लि जो छन् सुनैका
:मणिजडित हुनाले झन् असल् छन् कुनैका ।