"गुरुङ जाति" का संशोधनहरू बिचको अन्तर

सा
बोट: स्वचालित पाठ परिवर्तन (-आठौं +आठौँ)
सा (बोट: स्वचालित पाठ परिवर्तन (- हरु +हरू ))
सा (बोट: स्वचालित पाठ परिवर्तन (-आठौं +आठौँ))
चाम्डोबाट म्हिन कुगीहरू पश्चिम ल्होका क्षेत्रको यार्लुङ उपत्यकातिर लागे। त्यहा १०००बी.सी.तिर तिनीहरूलाई प्रचलित रूपमा तमु भनेर चिनियो र समयको अन्तरालमा पच्यु पुरोहित रहेको वोन धर्म (बुद्ध धर्म भन्दा अघिको) फस्टायो। त्यहा बाट केही पुरोहितहरूले च्वों नासा (गाउ ) तिर तीर्थाटन गरेको हुन सक्छ। तमुहरूको अर्को समूह ल्होकाको पश्चिमतिर बसाई सरेको हुनु पर्दछ। ल्होका क्षेत्रमा चेताङ ठाउ नजीक चन्ताङ गोसी भन्ने डाँडा छ। पच्चिस सय वर्षअघि त्यहा तिब्बती इतिहासमा वर्णित न्या (त्रि) चन (पो)सगको ऐतिहासिक भेट र तमु शास्त्रमा उल्लेखित न्ह चन (लम्बिएको कान वाला)को कथा ठ्याम्मै मेल खान्छ, एकै हो। गोठालाहरूले भेटेको एक्लो बलियो न्ह चन उनीहरूसगै मिलेर गाउमा बसे। उनले गाउलेहरूको खतरापूर्ण गाह्रो कामहरू सघाए। पछि उनलाई नोचन ह्रोँले चिनियो। उनलाई चाफि पामि्रस्यो कन्यासग विवाह गराई दिए। उनका सन्तानहरूलाई कोन्म थर भनियो।
 
१०० बी.सी.तिर पच्युहरूमध्येबाटै क्ल्हेब्री (क्यार वो)को उदय हुनु अघि नै यता तमुहरू मुस्ताङ क्षेत्रमा बसोबास गरिसकेको हुनसक्छ। उता चनपो राजपरम्पराको ३३ औं शक्तिशाली राजा स्रोङचोन गम्पो (६२९ - ६५० इ.सं.)को पालामा तिब्बत एकीकरण भयो र ल्होकाको राजधानी साङपो नदी पारी उत्तरतिर ल्हासामा सारियो। त्यस ताका पूर्वी सीमा क्षेत्रका थुप्रै मानिसहरूलाई सैनिक पेशामा भित्र्याइयो। वोन परम्पराको साथसाथै बुद्ध धर्म (लामावाद होइन) अङ्गालियो। पछि आठौंआठौँ शताब्दीमा भारतीय बज्रयानी गुरु पद्म सम्भवले निग्मापा शाखाको लामावाद स्थापना गरे। उनले महायानी बौद्ध, वोन विश्वास (पञ्चदेव), हिन्दू संस्कार (गरुड पुराण) र बज्रयानी तन्त्रमन्त्र मिसाएर तिब्बती बुद्ध धर्म अर्थात् लामावाद लोकप्रिय बनाए। तिब्बतीहरूले बुद्धलाई भन्दा बढी उनलाई ॐ मनि पद्म हु भनी पूज्न थाले। राज्यसत्ताको आडमा लामावादीहरूले वोन्पोहरूलाई दबाब बढाए तापनि तिब्बतमा तेह्रौं शताब्दीसम्म वोन धर्मको प्रभाव बलियो रह्यो। जे भए तापनि स्रोङचन गम्पोको पाला भन्दा धेरै शताब्दी अघि तिब्बत छाडिसकेको हुनाले तमु वोन पुरोहितहरूले पढ्दा उनको बारेमा उल्लेख गरिएको पाइदैन।
 
तिब्बतको बुद्ध धर्म अघिको वोन धर्म प्रकृतिवादको धेरै उन्नत रूप थियो। त्यो अझै पनि प्येताँ ल्हुताँको नाममा तमु पुरोहितहरूमा संरक्षित छ। जिउदो मानिसहरूको निम्ति पाठ भए जस्तैः आत्मा, परमात्मा, देवदेवी, द्यौरालीहरूसग सम्बन्धित पूर्खाहरूको प्रायोगिक अनुभव र अनुभूतिको आधारमा पुरोहितहरूले बोक्सी, भूतप्रेत आदिको शक्तिलाई दमन गर्ने कुरासग यो सम्बद्ध छ। वोनवादले सम्पूर्ण जगतलाई तीन लोकमा बाडेको छ। मानिस मरे पछि उसको मृतात्माले लास छाड्छ र स्वप्नमय अदृश्यरूपमा रहन्छ भन्ने विश्वास गरिन्छ। पै (अर्घुं) यज्ञ गर्दा पुरोहितहरूको भूमिका मृतकको आत्मालाई पयमा गाइने स्यर्का गीतमा उल्लेखित मार्ग पछ्याउदै तिब्बत पार गरी क्वीन्घाई तिर पुगी उडाएर परापूर्खाको ठाउ , तरगी ल (खेमा नास/स्वर्ग)मा पुर्‍याई पितृसग लीन गराई दिनेहुन्छ।
७०,५६९

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/893024" बाट अनुप्रेषित