"पृथ्वीपति शाह" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- गरि + गरी )
सा बोट: स्वचालित पाठ परिवर्तन (-अनेकौं +अनेकौँ)
पङ्क्ति २१:
'''पृथ्वीपत्ति शाह''' [[गोरखा राज्य]] का राजा थिए। यिनको जन्म गोरखाका राजा [[रूद्र शाह]] र रानी पूर्णवत्ती देवीको कोखबाट भएको हो। यिनी राजकुमार [[वीरभद्र शाह]]का बुवा र राजा [[नरभूपाल शाह]]का हजुरबुवा थिए। यिनको शासनकाल सन् १६७३ देखि १७१६ सम्म रह्यो। यिनको देहान्त सन् १७१६ मा गोरखा दरबारमा भयो।
 
यिनको पालामा गोरखा राज्य विरुद्ध बारपाकका सामन्तहरूले विद्रोह गरेकाले त्यसको दमन गरी वारपाकलाई गोरखा राज्यमा नै मिलाइएको थियो। यिनी काठमाडौँ उपत्यका आई वि.सं. १७३५ आश्विन १५ गते कान्तिपुरका राजा नृपेन्द्र मल्लसँग मितेरी लगाएका थिए। यिनले विसं. १७३७ मा रामेश्वर महादेव मन्दिर अगाडि आफ्नो शालिक समेत स्थापना गरे। यिनका पालामा गोर्खा र [[लमजुङ राज्य]] वीच धेरै पटक युद्ध भएको थियो। यिनका अनेकौंअनेकौँ छोरा मध्ये वीरभद्र शाह र रणदुर्लभ शाह अति सुयोग्य राजकुमार थिए। रणदुर्लभ शाहको नेतृत्वमा गएको फौजले लमजुङको फौजलाइ हराएको थियो।
 
दाजु युवराज [[वीरभद्र शाह]]को शंका र दरबारको षड्यन्त्रमा परि राजकुमार रणदुर्लभ शाहले आत्महत्या गर्नु परेकाले राजा पृथ्वीपती युवराज वीरभद्रसँग असन्तुष्ट थिए। यसैबेला युवराज वीरभद्र शाह दरबार छाडेर धादिङ काठमाडौँ हुँदै वि.सं. १७९४ बोर्लाङ घाटतिर मृत्यु भएको थियो। उनकी गर्भवती रानी मालिकावती माइतीघर [[तनहुँ राज्य|तनहुँ]] गएकी र त्यहीँ नै नवयुवराज नरभुपाल शाहको जन्म भएको थियो। त्यसपछि नरभुपाल शाहलाई गोरखा ल्याई उत्ताराधिकारी बनाइएको थियो।