"गहुँ" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-शुरुआत +सुरुवात)
सा बोट: स्वचालित पाठ परिवर्तन (-अनेकौं +अनेकौँ)
पङ्क्ति ९३:
भारतमा प्रजनन वा ठिमाहाकरणबाट गहुँको प्रजाति विकासमाथि एउटा योजनाबद्ध र संगठित अनुसन्धान स्वर्गीय सर अल्बर्ट हावार्ड र श्रीमती हावार्डले बिहारको पुसास्थित इम्पेरियल एग्रीकल्चर रिसर्च इनसिट्युटमा १९०४मा शुरु गर्नुभएको थियो। १९०७मा प्रजनन तथा विकास कार्यमाथि पञ्जाबको लियालपुरमा अनुसन्धान शुरु गरिएको थियो, जसलाई भारत विभाजनपछि १९४७मा पञ्जाबको लुधियानामा सारिएको थियो।
 
अधिक उत्पादनको प्राप्ति, रोगसँग लड्नसक्ने क्षमता, बोट सोतर नहुने र अन्नको गुणस्तर विकासको उद्देश्यमा १९६० भन्दा अघि सञ्चालित सबै बाली विकास कार्य सबै प्रजातिमा सीमित थियो। उत्पादनका लागि निकालिएका प्रजातिहरूले प्रति हेक्टर ३००० केजी भन्दा बेसी परिणाम दिन सकेनन्। १९६०को अवधिमा भने गहुँ विकास कार्यले छलाङ हान्यो, जसमा बुकुनो मेक्सिकाली गहुँको परिचय गरियो। यहीबाट खास गहुँ-क्रान्ति शुरु भयो। प्रजनकहरू यस जातका गहुँको विकासले सन्तुष्ट भएनन्, किनभने यसले कृषकहरूका खेतमा उनीहरूले सोचेजति उत्पादन दिन सकेन। यसैले लक्ष्य गरिएको उत्पादन हासिल हुन सकेन। यो विभिन्न कारणहरूसँग सह-सम्बन्धित हुन सक्छ, जस्तै-अनुचित प्रजातिको चयन, अपर्याप्त मलहरूको प्रयोग, असमयमा रोपाइँ आदि। यसैले प्रजननमा मुख्य जोड केमा दिइएको थियो भने यस्तो बनोट वा स्वरूप भएको बोट उत्पादन गर्नुपर्छ जसले प्रकाशसंश्लेषणको विधिद्वारा अत्यधिक उत्पादन गर्नको निम्ति सूर्यबाट प्राप्त इलेक्ट्रोम्याग्नेटिक लाईट इनर्जी (प्रकाशको विद्युत चुम्बकीय ऊर्जा)-लाई रासायनिक ऊर्जाको प्रयोजनीय उत्पादनमा बदल्ने क्षमता राख्न सकोस्। यसबाहेक सुक्खा, तुषारो, रोग र सोतर रोक्ने क्षमतासहित खेतमा लगाइएको मलप्रति अधिक प्रतिक्रिया जनाउने, ताप र प्रकाश सहन सक्ने आदि क्षमता भएको नयाँ विकसित प्रजाति पैदा गर्नु आवश्यक थियो। आईएआरआई र देशका विभिन्न अनुसन्धान संस्थान अनि कृषि विश्वविद्यालयका आनुवंशिक विभागहरूले यस्ता जातका गहुँको उत्पादनमा महत्त्वपूर्ण भूमिका खेले। १९६३मा डा. एनई बोरलागबाट अनेकौंअनेकौँ संख्यामा बुकुनो गहुँको प्रजाति तथा प्रजनन सामग्री प्राप्त गरियो अनि देशका धेरै ठाउँमा यसको प्रयोग गरियो। प्रयोगको आधारमा १९६५मा लर्मा रोजो-६४ए र सोनारा ६४ नामक दुई प्रजातिको गहुँ सिँचित क्षेत्रमा उत्पादनका लागि जारी गरियो। प्रजनन सामग्रीबाट चयन र प्रजनन गरेर छोटो लर्मा, सेतो लर्मा, पीभी-१८ आदि जस्ता अनेकौंअनेकौँ अत्यधिक उत्पादन क्षमता भएका प्रजातिहरू जारी गरियो। पहेंलो रंगको कडा अन्न भएको अधिक उत्पादनशील प्रजातिहरू कल्याण सोना र सोनालिका भारतमा विकास गरिएको थियो, जसले साठीको शुरुको दशकमा देशमा गहुँ उत्पादनमा क्रान्ति ल्यायो। यी प्रजातिका फलस्वरूप भारत खाद्यान्नमा आत्मनिर्भर बन्यो।
 
== उपयोग तथा महत्त्व ==
"https://ne.wikipedia.org/wiki/गहुँ" बाट अनुप्रेषित