+सुझाव
पङ्क्ति ७५:
 
नमस्कार राजीव बास्तोला जी, हालको समयमा तपाइँले [[इस्लामाबाद]] नामक लेखलाई इस्लामावाद शीर्षकमा सार्नु भएको थियो जुन कुराकानी पृष्ठमा उचित छलफल नगरी सार्न अस्वीकार्य छ। यसका साथै यस लेखको नामको बारेमा [[वार्तालाप:इस्लामाबाद|छलफल]] पनि भइसकेको छ। त्यसैले अर्को शीर्षकमा लेख सार्न आवश्यक छैन। त्यसैले कृपया अर्को पटकबाट विकिपिडियाका नियमहरू उल्लंघन गर्न कोसिस नगर्नुहोस्। धन्यवाद- [[User:Saroj Uprety|Saroj Uprety]] ([[User talk:Saroj Uprety|कुरा गर्ने]]) १३:४७, १८ जुलाई २०२० (नेपाली समय)
 
==शीर्षक सम्बन्धमा==
Rajeeb bastola जी, तपाइँलाई पहिले पनि बिना छलफल पृष्ठ सार्न पाइदैन भनेको थिए तर तपाईंले त्यही गल्ती फेरि आज दोहोर्‍याउँदै हुनुहुन्छ। विगतमा तपाईंद्वारा सारिएका अधिकांश लेखहरू हिज्जे गलत रहेका छन् जस्तैः 'सङ्घ'लाई संघ, 'सङ्गठन' लाई संगठन, 'श्रीलङ्का'लाई श्रीलंका, 'बङ्गाल'लाई बंगाल इत्यादि। 'sovereign'को अर्थ सार्वभौमसत्ता (sovereignty) नभएर सार्वभौम हुन्छ। तर तपाईंले सार्वभौमसत्तामा सार्नुभएको रहेछ। कृपया यस्तो गल्ती नगर्नुहोस्। तपाईंले यस्तै गल्ती दोहोर्‍याउन लाग्नुभयो भने प्रबन्धक ज्यूहरूले तपाईंलाई निशेध गर्न सक्छन्। यस सुझावलाई कृपया ध्यानाकर्षण गरेर कार्य गर्नुहोला। यदि तपाईलाई शीर्षक गलत लागेको खण्डमा लेखको वार्ता पृष्ठमा पृष्ठ सार्न अनुरोध गर्न सक्नुहुनेछ। धन्यवाद।--[[User:Saroj Uprety|Saroj Uprety]] ([[User talk:Saroj Uprety|कुरा गर्ने]]) २०:५९, ३१ अगस्त २०२० (नेपाली समय)