"विलासपुर राज्य" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा बोट: स्वचालित पाठ परिवर्तन (- पछी + पछि ) |
सा बोट: स्वचालित पाठ परिवर्तन (- भाई + भाइ ) |
||
पङ्क्ति २:
'''बेलास पुर''' अथवा '''विलासपुर''' [[दैलेख जिल्ला]]को एक प्रशिद्ध ठाउँ हो यहाँ एक बेलास पुर मन्दिर रहेको छ। बेलास पुर [[नारायण नगरपालिका|दैलेख सदर मुकाम]] नजीकै पर्दछ। विलासपुर [[बाइसे राज्यहरू|बाइसे राज्य काल]]को समयमा एक बलियो राज्य थियो। प्रख्यात [[खस]] राजा संसारी वर्माका छोरा श्री वम्मले वि.सं. १७७५ मा [[दुल्लु नगरपालिका|दुल्लु]] राज्यबाट टुक्य्राएर '''विलासपुर राज्य''' को स्थापना गरेका थिए। विलासपुर राज्यको सिमाना पूर्वमा [[जाजरकोट जिल्ला|जाजरकोट]] राज्य, पश्चिममा [[छामगाड खोला]] उत्तरमा साततला र [[जुम्ला जिल्ला|जुम्ला]] राज्य तथा दक्षिणमा [[भेरी नदी|भेरी]]नदीसम्म रहेको थियो। संसारी वर्माले वि.सं. १४५३ मा दुल्लु राज्यको स्थापना गर्दा दुल्लु, दैलेख र [[अछाम जिल्ला|अछाम]] एउटै राज्यमा पर्ने भएकोले धेरै जसो विद्वानका मत अनुसार विलापुर राज्यका संस्थाप पनि संसारी वर्मा नै थिए। संसारी वर्मापछी उनका छोरा श्री वम्म र भतिजा पर्वता वम्मले दुल्लु राज्यलाई आपसमा बाँडेर साँधसिमाना सहित छुट्याएकाले विलासपुर राज्यको स्थापना हुन गएको थियो। त्यसैले संसारी वर्माका छोरा श्री बम्मलाई नै विलासपुर राज्यका संस्थापक मानिन्छ। <ref name= "Kirtikhamba"/>
==विलासपुर राज्यको इतिहास==
श्री बम्म पछि जितारी बम्म, शक्ति बम्म, बजुर बम्म, विक्रम बम्म, सुपी बम्म र सुधर शाही क्रमैसँग राजा हुँदै आए। वि.सं. १६२५ मा राजा प्रताप शाहीको पालामा दुल्लु र विलासपुर राज्य केही समयका लागि पुनः एकिकरण भएको थियो। दुइवटा राज्य एकिकृत भएकोमा राज्यको क्षमतामा वृद्धी त भयो तर दुई अलग अलग राज्यमा राखिएका उत्तराधिकारीहरूको अधिकारमा कटौती हुने भएकोले दुवै राज्यलाई अलग अलग रहन दिनकोलागी राजा प्रताप शाहीमाथी दवाब बढ्न थाल्यो। यसरी आफूमाथी दवाब परेकोले बुढा राजा प्रताप शाहीले राजपाठ छोडी सन्यास लिएर खलेटाकुरा भन्ने स्थानमा गएर बस्न थाले। प्रताप शाही खले टाकुरा हिंडेपछि दुल्लु राज्य राजा विहिन भएकाले दुल्लुका जनताले प्रताप शाहीका माइला
==गोर्खाली सेनाको आक्रमण==
गोर्खाली सेनाले १८४६ [[असोज|आश्विन]] ३ गतेका दिन जुम्ला राज्य जितीसकेपछि सरदार कालु पाँडे (काजी [[कालु पाँडे]] अर्कै व्यक्ति हुन) र शत्रुसाधन शाहीको नेतृत्वमा २ कम्पनी सैन्य टोली सुर्खेतको बाटो विलासपुर पुगेर ठुलो मारकाट, लुटपात, भीषण आगजनी र आतंक मच्चाएक थियो। विलासपुर राज्यमा विजय प्राप्त गर्नकोलागि गोर्खाली सेनाले दैलेख सदरमुकामको पुरानो बजार स्थित [[कोत गढी]] जस्तो बलियो किल्ला निर्माण गरेको थिए। गोर्खाली सेना विलासपुर पुग्दा राजा कर्ण शाही त्यहाँबाट भागीसकेका थिए। कर्ण शाहीकी गर्भवती रानीलाई बिजौराका चौतरिया सिंहहरूले [[बडाभैरव]]को जंगलमा रहेको ओढारमा लुकाएका थिए। पछि यिनै रानीको गर्भबाट कर्ण शाहीका छोरा पर्मान शाहीको जन्म भयो। कर्ण शाहीलाई फेला नपारेको रीसमा राजपरिवारका भाग्न न सकेका सदस्य तथा भारदारहरू गोर्खाली सेनाद्वारा काटिएका थिए। राज दरबार र शहरभरी आगो लगाइयो। त्यहाँ भएका हात हतियार तथा बहुमुल्य वस्तुहरू लुटिए। गोर्काली सेनाको आधिपत्य स्विकार गरेकाले दुल्लु राज्यले २०१९ सम्म दुल्लु राज्यको मान्यता र नेपाल सरकारको खान्गी। उपभोग गरिरह्यो भने कर्ण शाहीका कारण विलासपुर राज्यले धनजनको ठुलो क्षेती व्यहोर्दै वि.सं. १८४६ कर्तिक महिना मै आफ्नो अस्तित्व गुमाउन पुग्यो। यही विवत्स घटका कारण विलासपुर राज्यसँग सम्बद्ध जम्मा चारवटा मात्र ऐतिहासिक अभिलेखहरू प्राप्त भएका छन्।<ref name= "Kirtikhamba"/>
|