"मोहम्मद अली जिनाह" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
सा बोट: स्वचालित पाठ परिवर्तन (- भाई + भाइ )
पङ्क्ति ४१:
जिन्ना, मिठीबाई र जिन्नाभाई पुंजाको सात सन्तानहरूमा सबभन्दा जेठा थिए। उनको पिता जिन्नाभाई एक सम्पन्न गुजराती व्यापारी थिए, तर जिन्नाको जन्मको अगाडि उनीहरू काठियावाड छोडेर सिन्धमा गएर बसे। केही सूत्रहरूको मुताबिक, जिन्नाको पूर्वज [[हिंदू|हिन्दू]] राजपूत थिए, जसले इस्लाम धर्म कबूल गरे।
 
जिन्नाको [[मातृभाषा]] गुजराती थियो, पछि उनले कच्छी, सिन्घी र अङ्ग्रेजी भाषा सिके। काठियावाडबाट मुस्लिम बहुल सिन्धमा बसे पछि जिन्ना र उनको भाईभाइ बहिनीहरूको मुस्लिम नामकरण भयो। जिन्नाको शिक्षा विभिन्न स्कूलहरूमा भएको थियो। शुरू-शुरूमा उनी कराचीको सिन्ध मदरसा-ऊल-इस्लाममा पढे। केही समयको लागि गोकुलदास तेज प्राथमिक विद्यालय, बम्बईमा पनि पढे, फेरी क्रिश्चियन मिशनरी स्कूल कराची गए। अन्ततोगत्वा उनले बम्बई विश्वविद्यालयबाट नै प्रबेशिका परीक्षा उतिर्ण गरे।
 
प्रबेशिका परीक्षा उतिर्ण गर्ने बित्तिकै ग्राह्म शिपिंग एण्ड ट्रेडिंग कम्पनीमा उनलाई अप्रैंटिसको रूपमा काम गर्नको लागि बोलाबट आयो । इङ्ल्यान्ड जानु भन्दा पहिले उनले आमामाको आग्रहमा बिबाह पनि गरे तर त्यो बिबाह ज्यादा दिन सम्म चलेन। उनी इङ्ल्यान्ड गए पछि उनको आमा परलोक भैइन। इङ्ल्यान्डमा उनले कानुनको पढाईको लागि अप्रैंटिस छोडि दिए। उन्नाईस वर्षको सानो उमेरमा उनी वकील बने। यसको साथ राजनीतिमा पनि उनको रुचि जागृत भयो। उनी दादाभाई नौरोजी र फिरोजशाह मेहताको प्रशंसक बने। ब्रिटिश संसदमा दादाभाई नौरोजीको प्रवेशको लागि उनले छात्रहरूको साथ प्रचार पनि गरे। त्यसबेला सम्म उनले भारतीयहरूको साथ भै रहेको भेदभावको बिरुद्द संवैधानिक नजरिया अप्नाएका थिए।