"द्रौपदी" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
सा बोट: स्वचालित पाठ परिवर्तन (- भाई + भाइ )
पङ्क्ति २९:
[[File:Arjuna's_feat_of_archery.jpg|250px|thumb|द्रौपदीको सयंवरमा लक्ष भेदन गर्दै अर्जुन]]
 
कौरवहरूका जेठा भाईभाइ तथा [[धृतराष्ट्र]]का जेठा छोरा [[दुर्योधन]] सानै उमेर देखि पाण्डवहरूलाई दुःख दिइरहन्थे । एक पटक पाण्डवहरूलाई आगो लगाएर मार्ने योजना बनाएर सोणितपुर नामको तत्कालिन शहरमा लाक्षागृह अथवा लाहाको घर बनाउन लगाए । यो योजनामा धृष्टराष्ट्र स्वयंले पनि दुर्योधनलाई साथ दिएका थिए । धृतराष्ट्रले पाण्डवहरूलाई जलाएर मार्नको निमित्त बनाएको लाक्षागृहमा आफ्नी माता सहित गएर बस्न आज्ञा गरेकाले पाण्डवहरू त्यहाँ गए । दुर्योधनले पाण्डवहरू बसेको लाहा भवनमा राती आगो लगाउने योजना बनाएका थिए । पाण्डवहरू धृतराष्ट्रको आज्ञा अनुसार लाहा भवनमा गएको खबर पाएर पाण्डवहरूका काका [[विदुर]]ले एक दुत पठाएर पाण्डवहरूलाई त्यो भवनबाट राती भाग्न लगाए । विदुरको समचार सुनेर पाण्डवहरू स्वयंले त्यो भवनमा आगो लगाएर राती भागे । त्यो भवनमा पाँच पुत्र सहितकी एक महिला र दुर्योधनले आगो लगाउन पठाएको मान्छे जलेर भष्म भए । त्यो देखेर दुर्योधनले पाण्डवहरू मरे भनेर खुसी मनाए । साथै धृतराष्ट्रले अरूले आफूलाई दोष नलगाउन् भनेर पाण्डवहरूको अन्त्य क्रिया सहित गरे । उता पाण्डवहरू माता सहित जंगलमा कष्ट भोग्दै रहे । हिडम्बासुर, भष्मासुर आदी [[राक्षस]]हरूको वध गरेर पाण्डवहरू राजा द्रुपदको राज्य नजिकै एक घरमा केही दिनको लागि बस्न थाले । एक दिन पाण्डवहरूले राजा द्रुपदकी कन्याको सयंवर हुन थालेको कुरा थाह पाए । यो सुनेर पाण्डवहरू पनि सयंवर हेर्न गए । सयंवरमा पृथ्वीभरका राजकुमारहरू जम्मा भएका थिए । सयंवरमा खुल्ला पर्तिस्पर्धा थियो । सयंवर स्थलको बीचमा एक लामो खम्बा गाडिएका थियो । खम्बाको टुप्पोमा [[माछा|मत्स्य]] बाँधिएको थियो भने खम्बाको तल एक भाँडोमा पानी राखिएको थियो । जसले त्यो पानीमा परेको लक्षको छायाँलाई हेरेर धनुषमा बाण चढाएर लक्ष भेदन गर्ने छ त्यसैसँग द्रौपदीको विवाह गर्ने राजा द्रुपदले प्रतिज्ञा गरेका थिए । धनुष पनि अनौठो किसिमको थियो धनुषमा ताँदो चढाउन थाल्दा उछिट्टिएर कती त घाइत्य समेत भएका थिए । सबै राजा र राजकुमारहरूले पालै पालो लक्ष भेदन गर्ने प्रयास गरे तर कसैले धनुषमा ताँदो चढाउन सकेनन् भने कसैले धनुषमा ताँदो चढाए पनि लक्ष भेदन गर्न सकेनन् । यो सयंवर हेर्न दुर्योधन लगायतका कौरवहरू पनि आएका थिए । [[कर्ण (महाभारत)|कर्ण]] वीरले धनुषमा ताँदो चढाएर लक्ष भेदन गर्न थालेका थिए त्यै बेला द्रौपदीले राजकुमार बाहेक अरूले लक्ष भेदन गरेमा म उसलाई पति स्विकार गर्ने छैन भनेकाले कर्ण वीर सयंवर स्थलबाट बाहिरिए । अन्तमा अर्जुनले धनुषमा ताँदो चढाएर मत्स्य भेदन गरेकाले द्रौपदीले अर्जुनलाई वरमाला पहिराइन् । सयंवर हेर्न
 
==सन्दर्भ==
"https://ne.wikipedia.org/wiki/द्रौपदी" बाट अनुप्रेषित