"स्वतन्त्र तथा खुल्ला श्रोत सफ्टवेयर" का संशोधनहरू बिचको अन्तर

सा
बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
सा (वि. म.: हिज्जे ठीक (-कानून +कानुन))
सा (बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट ))
"खुल्ला श्रोत सफ्टवेयर" भन्ने शब्दलाई "पालो अल्टो (Palo Alto)"मा आयोजना गरिएको नीति सम्बन्धि सत्रमा प्रयोग गरिएको थियो। उक्त सत्रमा टड एन्डरसन (Todd Anderson), ल्यारी अगस्टिन (Larry Augustin), जन हल (Jon Hall), स्याम अकम्यान (Sam Ockman), क्रीस्टाईन पीटरसन (Christine Peterson), तथा एरिक स. रेमण्ड (Eric S. Raymond) उपस्थित थिए। उक्त सत्रलाई नेटस्केप (Netscape)ले जनवरी १९९८मा न्याविगेटर (Navigator)को श्रोत मोजिल्ला परियोजना अन्तर्गत वितरण गर्ने घोषणाको प्रतिक्रियाको रूपमा आयोजना गरिएको थियो। उक्त घोषणाको लक्ष्य स्वतन्त्र सफ्टवेयरको व्यापारिक वा वाणिज्यिक खण्डमा ग्रहण एवं प्रयोगको वृद्धि गर्नु थियो।
 
"Libre Software"ले "Free" शब्दसँग गाँसिएको भ्रामकपूर्ण अवस्थालाई निर्मूल पार्न प्रयोग गरिन्थ्यो भने यसको तुलनामा "FLOSS" लाई प्रयोगकर्तालाई "स्वतन्त्र सफ्टवेयर" र "खुल्ला श्रोत सफ्टवेयर"को बिचमा कुन शब्दको प्रयोग उचित हुन्छ भन्ने वादविवाद बाटवादविवादबाट मुक्ति प्रदान गर्नका प्रयोग गरियो। "Libre" शब्दमा "L"को प्रयोग "Free" शब्दसँग गाँसिएको भ्रमलाई निर्मूल पार्दै उक्त शब्दको अर्थ "निःशुल्क" नभएर "स्वतन्त्र" हो भन्ने जानकारी दिनका लागि गरियो।
 
"FLOSS" शब्दका प्रस्तावकहरूले यस शब्दलाई विभिन्न भाषाबाट लिइएका शब्दहरूको संक्षेपका रूपमा पनि उल्लेखित गरे; उदाहरणस्वरूप "F" पद अङ्ग्रेजीको "Free" वा जर्मनको "Frei", "L" पद फ्रान्सेली वा स्पेनी भाषाको "Libre", पोर्चुगलीको "livre", ईटालियनको "libero" जस्ता शब्दलाई प्रतिनिधित्व गर्नका निम्ति प्रयोग गरिएको उल्लेख गरिएको छ। तर यस शब्दलाई आधिकारिक, गैर-अङ्ग्रेजी, लेखहरूमा प्रयोग गरिदैन।
७४,१४८

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/892341" बाट अनुप्रेषित