"भीमबहादुर थापा" का संशोधनहरू बिचको अन्तर

सा
बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
सा (बोट: स्वचालित पाठ परिवर्तन (-गर्नू +गर्नु))
सा (बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट ))
 
{{wikify}}
 
'''भीमबहादुर थापा''' निकै प्रशिद्ध नेपाली कलाकार, सैनिक कार्यक्रमका रेडिओ प्रस्तोता अनि दोस्रो बिश्वउद्ध लडेका वीर पनि हुन. तलका हरफहरू [http://www.kantipuronline.com/Nepal/arcarticle.php?&aid=5&isd=349 कान्तिपुर् अनलाईन] बाट जस्ताको तस्तै सारिएका हुन.
 
कुनै समय यस्तो थियो, भीमबहादुर थापा भन्ने जोसुकैको नाम लिँदा पनि मानिस भन्ने गर्थे, "को त्यही सैनिक कार्यक्रममा रूपक भन्ने सेनानी भीमबहादुर ?" आजको पुस्ताले यस नामलाई कसरी सम्झिन्छ कुन्नि ? तर, २००८ देखि ०४५ सालसम्म निरन्तर रेडियो रूपक चलाएर मेची-कालीको सीमालाई नाघ्दै सम्पूर्ण नेपालीहरूको मनमा बास बसेका यी ८४ वर्षे आज पनि पुराना मान्छेका मस्तिष्कमा न्यानो स्मृति भएर बाँची नै रहेका छन्। यिनका रूपकले मानिसलाई सारै ठूलो मनोरञ्जन दिन्थे। सोमबार र बिहीबार बिहान ९ बजे नित्य प्रसारण हुने यो कार्यक्रम सुन्न सबै आतुर हुन्थे। काम र पढाइमा घरबाट निस्कन हतारो हुँदा पनि मानिसहरू मुखमा गाँस हाल्दै सुवेदार भीमबहादुरको रेडियो रूपक सुन्थे।
 
१३ वर्षको उमेरमा यिनी ब्रिटिस सेनामा भर्ना भएर दोस्रो महायुद्ध लडे। त्यतिखेर यिनी खोटाङको रावा, लामीडाँडामा गाईभैँसी चराउँदै लर्केजोवनसँग बरालिँदै थिए। एकदिन रभुवाको माघेसंक्रान्ति मेलामा गाउँले ठिटीहरूसँग नाचिरहेका बेला गोडामा छालाका बुटजुत्ता लगाएका, नाडीमा चम्किने घडी बाँधेका र शिरमा छत्रे टोपी लगाएका दुई जना युवकले उनलाई लाहुर जान फकाए। सुकोदामका लागि छटपटिनुपर्ने अवस्थामा महिनाको ३५ रूपियाँ भारु पाइने अवसर सामुन्नेमा उनैलाई खोज्दै उभिँदा किन नाइँ भन्ने ? उनी पनि डफ्फाहरू पछ्याउँदै देहरादुन छाउनी पुगे।
सन् १९४२ बाट१९४२बाट '४४ बीचको महासमरमा उनले जुन दृश्य देखे र आफूलाई पनि ती दृश्यहरूमा जसरी एकाकार गराए, त्यसको स्मृतिले आज पनि उनका शरीरका रौँहरू ठाडा हुन्छन्। उनी मान्छे मार्न नै खटिएका थिए। त्यसैले खालि 'मार कि मर'को 'आदेश' पालन गर्नु दिनचर्या भएको थियो। उनलाई कुखुरा मार्नुभन्दा पनि सजिलो मान्छे मार्नु रहेछ जस्तो अनुभूति हुन्थ्यो। युद्धभूमिमा 'प|mन्टलाईन'मा उभिएर शत्रुहरूतर्फ बन्दुक सोझ्याउँदा उनलाई महाभारतको कुरुक्षेत्र सम्झना हुन्थ्यो। तर, त्यहाँ उनलाई गीता सुनाउने कृष्ण थिएनन्। आफ्नै बुद्धि, विवेक र आँटले शत्रुहरूको छातीमा बन्दुकका गोली बर्साउनुपथ्र्‍यो। मार्नुपथ्र्‍यो।
 
गोली लागेर शरीरबाट भलभली रगत बगिरहेको हुन्थ्यो। खुट्टाहरू धर्खररिहेका हुन्थे। आँखाहरू जीवनको भिक्षा मागिरहेका हुन्थे। तर, निस्ठुरी भएर आँखा चिम्म गरी त्यसैमाथि फेर गोली हान्नुपथ्र्‍यो। "रगतको गन्धले शरीरमा झन् शक्ति र जोस थप्थ्यो। यस क्रममा मैले कति जनालाई मारेँ ठ्याक्कै गन्ती भन्न सक्तिनँ तर दुई हजारभन्दा माथिकै संख्यामा मारयिो होला भन्ने अनुमान गर्छु।" भीमबहादुर थापा लामो विगतलाई सम्भिmन्छन् र भन्छन्, "एक म्यागजिनमा २५ गोली जाने स्वचालित राइफलबाट निस्केको गोली खेर जाने कुरै भएन।"
७४,१४८

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/892199" बाट अनुप्रेषित