"विकिपिडिया:चौतारी (प्रस्ताव)" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ७५५:
=== छलफल ===
* सुधार गर्न सकिने लेखलाई 'सुधारमा जोड दिदै' सुधार गरिनुपर्छ। अङ्ग्रेजी विकिपिडियामा भएका लेखहरूलाई (जस्तैः विद्यालय, पुस्तक, एफएम स्टेसन) सोही अनुसार सुधार गरिनुपर्छ। सन्दर्भ स्रोत हाल्न सकिने लेखहरूमा स्रोत हालेर त्यसलाई उल्लेखनीय बनाउने प्रयास गरिनुपर्छ।--[[User:Saroj Uprety|Saroj Uprety]] ([[User talk:Saroj Uprety|कुरा गर्ने]]) १७:४०, ३१ अगस्त २०२० (नेपाली समय)
* सुधार गर्न सकिने सम्मका लेखहरूलाई सुधार गरेर अगाडि बढ्न सकिए निकै राम्रो हुन्थ्यो । तैपनि हाल नेपाली विकिपिडियाको स्थित र अवस्था हेर्दा त्यो पनि सम्भव देखिदैन, किनभने पाठकहरू माझ सर्वाधिक खोजि गरिने सम्भावित पृष्ठहरू त नेपाली विकिपिडियामा समय अनुसार सम्पादित (पृष्ठहरूमा नयाँ तथ्यांकहरू थप हुन, समय अनुसार परिमार्जित हुन) भैरहन सकेका छैनन् । झन् [[User:हिमाल सुवेदीसुबेदी|हिमाल]]ले उल्लेख गरेका शीर्षकका (जस्तैः विद्यालय, पुस्तक, एफएम स्टेसन) लेखहरूलाई समय अनुकुल सुधार गर्नु हालको नेपाली विकिपिडियाको अवस्थामा असम्भव प्राय रहेको छ । तैपनि ती शीर्षकका लेखहरू बाहेेक नेपाली विकिमा अन्य श्रेणीका लेखहरू पनि ठुटो अवस्थामा ठूलो मात्रामा रहेका छन्, बरू त्यस्ता सम्पादन गरेर राम्रो अवस्थामा पुराउन सकिने लेखहरूलाई भने कुनै विकि कार्यक्रम मार्फ सम्पादन गरि समय सान्दर्भिक र लेखलाई चाहिनेे आधारभूत तथ्यांकहरू थप्न सकिन्छ कि! जस्तो मलाई लग्छ ।([[User:Bhupendra Shrestha|Bhupendra Shrestha]] ([[User talk:Bhupendra Shrestha|कुरा गर्ने]]) १८:०८, ३१ अगस्त २०२० (नेपाली समय))