"खगोल शास्त्र" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
पङ्क्ति १०:
खगोल शास्त्रको शुरुवात मानव इतिहासको शुरुवात सगँसगैँ भएको मानिन्छ। प्राचीन कालमा मानिसले रातको समयमा अन्य जनावर सुतिरहेको बेला शिकार गर्न चन्द्रमाको उज्यालो प्रयोग गर्दथे। र दिनको गिन्ती राखि कहिले पूर्णिमा आउछ पत्तो पाउदथे। पछि किसानहरूले बाली लगाउने र काट्ने समयको किटान आकाशीय पिण्डको स्थिति हेरेर गर्न थाले। अझ पछि व्यापारी (traders) तथा नाविकहरूले दिशा पत्तो लगाउन आकाशीय पिण्डको स्थिति नै प्रयोग गर्नथाले। यसरी युगौँ देखि मानिसले आफ्नो जीवन धान्न खगोल विज्ञानको प्रयोग गरिरहेका छन्।
 
आकाशीय अवलोकण गर्दा आकाशीय पिण्डहरूको गति सामयिक (periodic) हुने भएकोले यिनीहरूलाई सामान्य गणितबाट नाप्न र पछि यी पिण्डहरूको स्थितिको भविष्यवाणी गर्न सकिन्छ। यो सीप भने मानवजातिले करिब २/३ हजार वर्ष अघि मात्र विकास गरेका थिए र यस सम्बन्धि ज्ञानलाई पछि विस्तार गर्दै लगे। यहि क्रममा केही व्यक्तिहरूले आकाशीय पिण्डको स्थिति र पृथ्वीमा घट्ने घटना सगँ तुलना गर्न थाले र ज्योतिषीको विकास गरे। अहिलेको वैज्ञानिक युगमा भने यसलाई मान्यता दिईदैन किनभने यसमा कुनै वैज्ञानिक आधार छैन। तर खगोल शास्त्र भने एक विशाल विज्ञान हो। यसले ब्रम्हाण्डमा हाम्रो स्थिति बताउछ र उल्का पिण्डहरू बाटपिण्डहरूबाट हुनसक्ने सम्भावित क्षति बाटक्षतिबाट सचेत हुन/बच्न मद्दत गर्दछ।
 
हाम्रो यो विज्ञानले जति फड्को मारे पनि नेपालमा भने २००० वर्ष पुरानो ज्योतिषीले नै जड गाडेको छ। हाम्रो धर्म सगँ यो यति गासिँएको छ कि यसबाट छुट्कारा पाउन अत्यन्तै गाह्रो छ। ईटालीयन वैज्ञानिक ग्यालिलीयो ग्यालिलीले ४०० वर्ष अघि टेलीस्कोपको प्रयोग गरेर सौर्यमण्डलको बीचमा पृथ्वी नभई सुर्य अवस्थित छ भनि पत्ता लगाए पनि नेपाली ज्योतिषहरू पुरानै मान्यता राख्दछन्। यहाँ सम्मकी नेपालमा ४०० वर्ष अघि आविष्कार भएको टेलीस्कोप अत्यन्त न्युन मात्रामा छ र यहाँ कहीँ यो किन्न पाईदैन। यसको मुल कारण चाहिँ सरकारले नदेखाएको चासो र टेलीस्कोप आयात गर्दा लगाईएको १०१% भन्सार मूल्य हो।
"https://ne.wikipedia.org/wiki/खगोल_शास्त्र" बाट अनुप्रेषित