"शेरबहादुर देउवा" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-रुपमा +रूपमा)
सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
पङ्क्ति ३०:
'''शेरबहादुर देउवा''' [[नेपाली कांग्रेस|नेपाली काँग्रेस]]को संसदीय दलको समेत नेतृत्व गर्दै वि.सं. २०५२ सालमा पहिलोपटक [[नेपाल]]को प्रधानमन्त्री बनेका थिए।
 
[[नेपाली कांग्रेस|नेपाली काँग्रेस]]को विभाजनपछि उनी [[नेपाली कांग्रेस (प्रजातान्त्रिक)]]को सभापति थिए| काँग्रेस पुनर्मिलन पश्चात् उनी आफ्नो पार्टीसँगै नेपाली काँग्रेसमा गाभिएका छन्। शेरबहादुर देउवा चार पटक प्रधानमन्त्री रहिसकेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा [[डडेल्धुरा जिल्ला|डडेलधुरा जिल्ला]] क्षेत्र नं. १ र [[कञ्चनपुर जिल्ला]] क्षेत्र नं. ४ बाट४बाट संविधानसभामा प्रतिनिधित्व गर्दछन्। वि.सं. २०४८,२०५१ र २०५६ का संसदीय निर्वाचनहरूमा [[डडेल्धुरा जिल्ला|डडेलधुरा जिल्ला]] क्षेत्र नं. १ बाट१बाट विजयी देउवाले गृहमन्त्रीको समेत जिम्मेवारी सम्हालिसकेका छन्। उनी माओवादी समस्या समाधानका लागि गठित उच्चस्तरीय समितिका अध्यक्ष थिए। प्रजातान्त्रिक विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका देउवा ने.वि.संघका प्रथम सभापति थिए र सुदूर पश्चिममा [[नेपाली कांग्रेस]]का सर्वाधिक प्रभावशाली व्यक्तित्व मानिन्छन्। राजनीतिक संघर्षका क्रममा उनले नौ वर्ष जेलजीवन बिताएका छन्।
[[देउवा]]ले नेतृत्व गरेको जननिर्वाचित सरकारलाई तत्कालीन [[ज्ञानेन्द्र शाह|राजा ज्ञानेन्द्र]]ले २०५९ सालमा "असक्षम"को आरोप लगाई विघटन गरेका थिए भने उनैले दुई वर्षपछि वि.सं. २०६१ सालमा पुनः प्रधानमन्त्री नियुक्त गरेका थिए। पार्टीको अन्तरिक द्वन्द्वका क्रममा देउवाले आफ्नो नेतृत्वमा वि.सं. २०५९ सालमा [[नेपाली कांग्रेस (प्रजातान्त्रिक)]]को गठन गरेका थिए भने वि.सं. २०६४ सालमा सो पार्टीको [[नेपाली कांग्रेस]]सँग एकीकरण भयो र उनी वरिठ नेतामा स्थापित भए। प्रजातन्त्र प्रतिको अटुट लगाव र तदनुरूप संघर्ष तथा व्यक्तित्व र आचरणका कारण जनताले आफूलाई सधैँ विजयी गराउँदै आएको मान्ने देउवा [[संविधान सभा]]मा लोकतन्त्रको संस्थागत विकासका लागि क्रियाशील हुने बताउछन्। [[त्रिभुवन विश्वविद्यालय]]बाट राजनीतिशास्त्रमा एम्. ए. गरेका उनी देउवा सोही विषयमा लन्डन स्कूल अफ इकोनमिक्सका रिसर्च फेलो रहिसकेका छन्। देउवा एक छोरा जयबीर देउवाका पिता हुन् र उनकी श्रीमती [[आरजु राणा देउवा]] पनि [[संविधान सभा]] सभासद् थिए।<ref>[http://www.nepalcaportal.org संविधान सभा निर्वाचन पोर्टल]</ref>