"जनकपुरधाम उपमहानगरपालिका" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (- गरि + गरी )
सा बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
पङ्क्ति ७५:
यो शहर पूर्व ऐतिहासिक मैथिली सभ्यताको केन्द्रविन्दु पनि हो र साथै यस शहरको आफ्नै भाषा (मैथिली) र लिपि (तिरहुता) पनि छ। जनकपुरधाम, भगवती सीता (जानकी)को पनि जन्मस्थल हो। सीता राजा जनककी छोरी तथा हिन्दूभगवान रामकी श्रीमती पनि हुनुहुन्छ। जनकपुरधाम राम र सीताको विवाहस्थल पनि हो। राजा जनकले खेतमा हलो जोत्दा, सीतालाई खेतमैं भेट्टाउनु भएको किंबदन्ती रहेको छ। राजा जनकले सीतासँग विवाहका लागि स्वयंवर आयोजना गर्नुभएको थियो। उक्त स्वयंवरमा भगवान शिवको धनुष तोड्न सक्नेले सीतालाई बिहे गरी लाने शर्त राखिएको थियो। उक्त शर्त पूरा गर्न सक्ने अयोध्याका राजकुमार राम बाहेक अरु कोही पनि स्वयंवरमा थिएनन्।
 
त्यसैले जनकपुरधाम हिन्दू धर्मावलम्बीहरूका लागि एक महत्त्वपूर्ण स्थल हो। जनकपुरधामको केन्द्रिय बजार उत्तर-पश्चिम दिशा बाटदिशाबाट भव्य जानकी मन्दिरले सुसज्जित छ। यो मन्दिर १९११ ई.स.मा टीकमगढकी (भारत) राजकुमारीकुमारी वृषभानुद्वारा निर्माण गरिएको हो। जानकी मन्दिर मुगल शैलीमा बनाईएको मन्दिर हो र यो तथ्यले यस मन्दिरलाई अझै पनि महत्त्वपूर्ण बनाउँछ। यस मन्दिरको निर्माण गर्दा त्यस ताका ९ लाख रूपैया खर्च भएको भन्ने किंबदन्ति रहिआएको छ, त्यसैले यस मन्दिरलाई नौलखा मन्दिर पनि भन्ने गरिन्छ। यो नेपाल भरिकै ठूलो मन्दिरहरू मध्ये एक हो।
 
जनकपुरधामको अर्को विशेषता यहाँ रहेका पोखरी एवं कुण्डहरू हुन्। यहाँ कुटीहरू पनि प्रशस्तै मात्रामा पाइन्छ। त्यसैले जनकपुरको माछा नेपालमै प्रख्यात छ। जनकपुरधामको बारेमा एउटा उखान नै छ - "५२ कुटी, ७२ कुण्डा, सुरमुनि सब नावहि मुण्डा"। यहाँ तिथि अनुसार कुण्डमा स्नानको धेरै महत्त्व छ। जनकपुरधाममा भएका केही महत्त्वपूर्ण कुण्डहरू बिहार कुण्ड, अग्नि कुण्ड, मध्यमा सर, रत्न सागर, अंगराज सर, सूर्य कुण्ड, गंगा सागर, धनुष सागर, दसरथ तलाउ, पापमोचिनि सर, परशुराम कुण्ड, जनक सरोवर, गोपाल सर, रुक्मिनी सर, मुरली सर, विडाल सर, राम सर, कपाल मोचिनि सर, महाराज सागर, पाकवति सर, धौत-पाप सर आदि हुन्।