"चितवन जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा
बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट )
सा (बोट: स्वचालित पाठ परिवर्तन (-दक्षीणमा +दक्षिणमा))
सा (बोट: स्वचालित पाठ परिवर्तन (- बाट +बाट ))
नेपालको मध्य भागमा पर्ने चितवन उपत्यकालाई नारायणी पूर्वी राप्ती उपत्यका पनि भनिन्छ। पूर्वमा मकवानपुर जिल्लाको हेटौडा देखि पश्चिममा दाउन्ने पहाड तथा दक्षिणमा माडी उपत्यका छुटयाउने चुरे श्रृङखला सम्म फैलीएको यो उपत्यका नेपालको केन्द्र भागमा पर्दछ। दुई मुख्य नदीहरू नरायणी उत्तरबाट पश्चिम तर्फ बगेको छ भने राप्ती पूर्वबाट मध्यभाग हुदै पश्चिम पुगेर नारायणीमा मिल्न पुगेको छ। यी दुई प्रमुख नदी बाहेक उपत्यकाको पूर्वमा लोथर र मनहरी खोलाहरू प्रवाहीत भई राप्ती नदीमा मिसीएका छन। त्यसै गरी मध्य भागमा बुढी राप्ती खगेरी अदी खोलाहरू प्रवाहीत हुदै राप्तीनदीमा मिसिएका छन। त्यसै गरी पश्चिम क्षेत्रमा केरूङगा खोला राप्तीमा मिसीएको छ भने भरतपुर नगर क्षेत्रको जंगलबाट निस्केर नारायणगढ बजार हुदै पुंगी खोला नारायणी नदीमा मिसीएको छ। जुगेडी खोला लब्धीखोला लगायतका अरू खोला पनि नारायणी नदीमा मिसिएका छन। त्यसै गरी नारायणी नदी पारी पट्टीको क्षेत्रमा बढी नदी खोला चितवन उपत्यकामा रहेकाछन। राम्रै जल प्रवाह भएका विनयी खोला,अरूण खोला,गीरवारी खोला साथै साना खोला जयश्री,झरे,बहुलाह, ज्यामीरे लगायत पनि पश्चिमबाट पूर्व बगी नारायणी नदीमा मिल्दछन। चितवन उपत्यकामा नन्द भाउजु, [[बिस हजारी ताल]] लगायतका सानठुला थुप्रै ताल तथा पोखरी समेत रहेका छन। य्हाको बिसहजारी ताल बिश्व प्रसिध्द सिमसार क्षेत्र समेत हो। ठूलो भूभाग जंगलै जंगलले ढाकीएकको चितवन उपत्यका जैवीक बिबिधतामा धनी मानीन्छ। चितवन राष्ट्रिय निकुन्जको मुख्य संरक्षीत क्षेत्र समेत यसै उपत्यकामा रहेकाले चितवन काठमाडौँ र पोखरा पछि नेपालकै तेस्रो ठूलो पर्यटक गन्तव्य हो।
 
बर्तमान नेपालमा चितवन उपत्यकाको भूभाग दुई अञ्चल नारायणी र लुम्वीनी तथा तिन जिल्ला चितवन,नवलपरासी तथा मकवानपुर नामका प्रशासनीक बिभाजनमा परेको छन। पूर्वको हेटौडा बाटहेटौडाबाट शुरू भई पश्चिम दाउन्ने पहाडको फेदी दुम्कीवास सम्म तथा उत्तरमा माहाभारत र दक्षिण चुरे सम्म कहि चाक्लो र कतै सांगुरो हुदै यो उपत्यका फैलीएको छ। नारायणी नदी पश्चिमको भूभाग लुम्वीनी अञ्चल तथा नवलपरासी जिल्ला तथा नारायणी नदीको पूर्वपट्टी चितवन जिल्ला तथा सुदुर पूर्वी क्षेत्रमा मकवानपुर जिल्ला का रूपमा रहेको छ। अत्यन्त उव्जाउ जमीन तथा पर्याप्त जलक्षेत्र रहेको चितवन उपत्यकाको मुख्य केन्द्रीय चितवन जिल्लाको भूभाग जंगल कटान गरी २०१४ सालदेखि मानव बसोवास का लागि खुल्ला गरीएको हो। चितवन उपत्यकामा मुख्य दुई नहर प्रणाली खगेरी र नारायणी लिफ्ट सिंचाइ योजना वाहेक अन्य साना ठुला नहर तथा कुला प्रणालीहरू खेत बारी सिंचित गर्न उपयोग गरीएका छन। कृषि उद्यममा उपत्यका अग्रणी मानिन्छ।
 
नेपालको पूर्वपश्चिम जोडने महेन्द्र राजमार्गको लामो खण्ड (झण्डै १४० कि.मी) यस उपत्यकाको हेटौडा देखि दुम्कीवास सम्म पर्दछ। हाल चल्तीमा कम रहेपनि नेपालकै पुरानो उत्तर दक्षिण राजमार्ग त्रिभुवन राजपथ यसै उपत्यकाको पूर्वीक्षेत्र हेटौडा हुदै काठमाडौँ गएको छ भने उपत्यका लाई काठमाडौँ र पोखरा उपत्यका तथा देशको पहाडी क्षेत्र जोडने अत्यन्त चल्तीको नारयणगढ मुग्लिङ सडक रहेको छ। साथमा [[भरतपुर (नारायणी)|भरतपुर]] रामपुर भरतपुर माडी सडकको भरतपुर पटीहानी खण्ड हेटौडा हर्नामाडी टांडी (रत्ननगर) सौराह लगायतका साहायक मार्ग पक्की रहेका छन। त्यसै गरी [[भरतपुर (नारायणी)|भरतपुर]] [[हेटौंडा उपमहानगरपालिका|हेटौडा]] तथा रत्ननगर नगरपालिका भित्रका शहरी सडक सञ्जालको ठूलो हिस्सा पक्की रहेको छ। त्यसवाहेक कावसोती पहाडी क्षेत्र सडक भरतपुर शक्तिखोर [[उपरदांग गढी]] सहायक सडक मार्ग टाडी विरेन्द्रनगर शक्तिखोर सडक भरतपुर मेघोली सडकको केही खण्ड हेटौडा फापरवारी सडक कान्ती राजपथ लगायत ठुला कच्ची सडक मार्गले उपत्यका अन्य क्षेत्रसँग जोडीएको छ।
७४,१४८

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/890997" बाट अनुप्रेषित