"नौमती बाजा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''नौमती बाजा''' नौवटा बाजाहरूको सामुहिक बाजा हो । यो [[पञ्चे बाजा]]को ठूलो रूप हो जसमा चार वटा अरू बाजाहरू थपिएको हुन्छ ।
यस अन्तरगत [[दमाहा]], [[झ्याली]], [[ट्याम्को]], [[ढोलकीढोलक]], [[सहनाई]], [[कर्नाल]], [[नरसिंगा]] बाजा हुन्छन् जसमा सहनाई र दमाहाका दुई दुई वटा हुन्छन् ।सनही र नरसिङ्गा फुकेर, ठूलो दमाहा, सानो दमाहा, ढोलक र ट्याम्को ठोकेर तथा झ्याम्टा र मुजुरा एक आपसमा जुधाएर बजाइन्छ । नौजना बाद्यवादक लोककलाकारहरूले सुर र ताल मिलाएर एकैपटक बजाउने गरेकाले यो बाद्यसमूहलाई नौमति बाजा भरिएको हो ।
 
सहनाई अर्थात् सनई नौमति बाजाको प्रमुख आकर्षण हो जो जोडीमा हुन्छ र एकै बनावटमा हुन्छ । फुक्दै पौन फेर्दै यसमा मुरलीमाझैँ हरका आठवटा प्वालहरूमा औँला चाल्दै बजाइने यो बाजा निकै परिश्रमी लोककलाकारहरूले मात्र बजाउन सक्छन् । एउटा सनई औँला चाल्दै बजाउँदा अर्काले फुकेर सूर मात्र दिइरहन्छ त्यसैले सूर दिने सनईलाई भाले सनई र औँला चाल्दै भाखा हालेर बनाइने सनईलाई पोथी सनई पनि भनिन्छ । विशेष गरी सिल्वर र पित्तलबाट निर्मित सनईले आठवटा प्वालको भाखा निर्माणबाट छत्तीस राग रागीनीयुक्त धूनहरू प्रस्फुटन गर्दछ । यसैगरी नौमति बाजामध्ये ठूलो बाजाका रूपमा दमाहा पर्दछ । तामा र छालाले बनेको यो बाजालाई काठको गजाले ठोकेर बजाइन्छ । विशेष दमाई जातिले बजाउने भनेर समयक्रममा अपभ्रंस भएर यसलाई दमाहा भनिएको हुनुपर्दछ ।
"https://ne.wikipedia.org/wiki/नौमती_बाजा" बाट अनुप्रेषित